
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ – नेकपाका स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलेको छ ।पार्टी र सरकारका गतिबिधिबारे खरो आलोचना गरिरहेका नेता रावललाई थापाले एक्लो बृहस्पति नबन्न चेतावनी दिएपछि रावलले त्यसको जवाफमा के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त ? भन्दै प्रतिप्रश्न गरेका छन् ।देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रधानमन्त्री केपी ओलीजी पनि त्यही हुनुहुन्थ्यो तर उहाँका सल्लाकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो। अतः मैले कुन सन्दर्भमा देशको पक्षमा कस्ता कविता, लेख, दस्तावेज लेखेँ र आन्दोलनमा नेतृत्व गरेँ भन्ने कुरा उहाँलाई थाहा नुहुनु स्वाभाविक हो । मैले नेपालको संविधान तथा नेकपाको राजनीतिक सिद्धान्त र नीति अनुरुप देश र जनताको पक्षमा बोल्दा मलाई “राष्ट्रवाद” को बहसमा उत्रेको हो भनी धम्कि दिएको पढ्दा २०३३ सालमा “श्री ५ को सरकारको घुँडा टेकुवा नीति मूर्दावाद” भन्ने पर्चा निकालेकोमा तत्कालिन निरंकुश शासकहरुले राजकाज मुद्दा लगाएर झ्यालखानामा थुनेको सम्झना भयो ।
मैले देशको पक्षमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओलीजीका सल्लाहकारले धम्की दिएपछि सम्पूर्ण नेपाली जनताको तर्फबाट म पनि प्रश्न गर्न चाहन्छुः के अब देश, जनता, विधि, सिद्धान्त, आदर्शको पक्षमा बोल्ने व्यक्तिहरुमाथि दमन गर्न खोजिएकै हो त ? के अब देश कुनै नयाँ रंगको निरंकुशतन्त्रको कुचक्रमा धेकेलिनै लागेको हो त ? म राष्ट्रिय हित, जनता, संविधान, पार्टी विधानको पक्षमा र कुनैपनि रंगको निरंकुशताको विरुद्ध अगाडि बढ्न तयार छु’, रावलको भनाई उद्धृत गर्दै उनका स्वकीय सचिव गोविन्द दुवालले फेसबुकमा लेखेका छन् ।नेता रावलले प्रधानमन्त्रीका सल्लाहकार थापाले आफूलाई धम्की दिएको उल्लेख गर्दै यस्ता धम्कीले सुकेको हाँगाको पात पनि नझर्ने बताएका छन् ।
‘सूर्य थापाजीले “एक्लो बृहस्पति” हुनलागेको भनेर पार्टी कार्यकर्ता र सदस्य तथा देशभक्त नेपाली जनतालाई दिनुभएको धम्किले सुकेको हाँगाको पात पनि झर्दैन । गत आम निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र बाट नेकपाको उम्मेदवार हुनुभएका कमरेड वामदेव गौतमलाई हराउनको लागि पार्टी केन्द्रीय कार्यालयमा बसेर षडयन्त्र गर्ने सूर्य थापालाई कावाई गर्नुपर्नेमा प्रधानमन्त्रीले पुरस्कृत किन गर्नुभयो, कारबाही होस् भनेर कमरेड वामदेव गौतमले स्थायी कमिटीको भर्खरै सम्पन्न चौथो बैठक लगायत अनेक पटक कुरा त्यतिकै उठाउनु भएको रहेनछ । निरंकुश राणा शासकहरु कवि शिरोमणि लेखनाथको पिँजडाको सुगा भन्ने कविताबाट तर्सेका थिए । मैले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको कविता पार्टी विधान, पद्धति, राष्ट्रिय हित र स्वाभिमानको पक्षमा कति शक्तिशाली रहेछ भन्ने मलाई महसूश भएको छ, सूर्य थापाजीले तर्सेर निन्दा गरेको पढ्दा ।
जबसम्म देशमाथि विगतका निरंकुश व्यवस्थाहरुले थोपरेका असमान सन्धि–सम्झौताहरु रहिरहने छन्, नेपालमा वाह्य हस्तक्षे भइरहनेछ, शासकहरु विधि, पद्धति र राष्ट्रिय हित प्रतिकूल काम गरिहने छन् तबसम्म मैले मात्र होइन देशभक्त–लोकतन्त्रवादी नेपालीहरुले मैले लेखेजस्ता कविता र गीत लेखिरहने छन्, मन्तव्य दिइनै रहनेछन् र आवश्यक परेमा अझ सशक्त रुपमा उत्रने छन्’ रावलले थपेका छन् ।होली वाइनदेखि, आइफाड पुरस्कार, तरकारीमा विषादी परीक्षणदेखि राजपासँग गरिएको सम्झौतासम्म मैले भनेको कुनैपनि कुरा तथ्यसँग मेल खाँदैन भनेर प्रमाणित गर्न सल्लाहकार थापालाई रावलले आग्रह गरेका छन् ।
‘ सल्लाहकारको सल्लाह भए २०३२ सालमा मैले झ्यालखाना देखि तत्कालीन नेकपा (एमाले) मा देखे भोगेका कुरा र गुटबन्टीका पत्र–पत्रहरु लगायत अन्य तथ्यहरुमा समेत बहस गरौँला । यद्यपि जुन देशमा सरकार चलाउनु पर्नेले गुट चलाउन थाल्छन्, त्यहाका सल्लाहकारहरुबाट धेरै अपेक्षा गर्नु शायद उचित हुँदैन होला’, रावलले अघि लेखेका छन् ।नेता रावलका दुई कवितामाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गरेका थिए । रावलले २०५६ सालमा लेखेको ‘लिम्पियाधुरा’ र उनले हालै स्थायी कमिटि बैठक चलिरहँदा बैठकमै सुनाएको ‘धुँवाले छोपिँदै दियो’ शीर्षकको कविता सामाजिक सञ्जालमा शेयर गर्दै थापाले कटाक्ष गरेका हुन् ।
पुरानो र नयाँ कवि तपाईँ नै हो भन्ने विश्वास नलागेर सार्वजनिक खपतका लागि दुवै कविता प्रस्तुत गरेको उल्लेख गर्दै थापाले रावललाई प्रश्न गरेका थिए, ‘राष्ट्रवाद’को बहसमा बुझेर नै उत्रिनुभएको हो त ?यसअघि पार्टी स्थायी कमिटि बैठकका निर्णय मिडियामा सार्वजनिक गरेको भन्दै थापाले रावलको आलोचना गरेका थिए । त्यसको जवाफ दिँदै रावलले आफूलाई जिम्मेबारीको उपदेश दिने धृष्टता नगर्न थापालाई सचेत गराएका थिए । रावल पछिल्लो समय पार्टी र सरकारका गलत क्रियाकलापविरुद्ध खरो रुपमा उत्रेका छन् । लगातार सरकार र पार्टीको विरोध गर्न थालेपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि सोमबार रावलको कटाक्ष गरेका थिए ।धनगढीमा आयोजित एक कार्यक्रममा बाँस्कोटाले रावलको नाम नलिएर चर्चित नेताहरुले आफ्नो जिल्लामा छाउपडी प्रथा उन्मुलन गर्न नसकेको बताएका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया