
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याउन लागेको सूचना प्रविधिसम्बन्धी विधेयक रोक्नका लागि साथ दिन आह्वान गरेका छन्। संसदको विकास तथा प्रविधि समितिबाट पास भइसकेको उक्त विधेयक अब संसदमा जाने र संसदमा पनि बहुमतका आधारमा पास हुन सक्ने अवस्था रहेको भन्दै उक्त विधेयक रोक्न प्रतिपक्षी नेपाली कांग्रेसलाई साथ दिन थापाले आह्वान गरेका हुन्। सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत लाइभ गरी थापाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी ल्याइएको विधेयक पारित भए यसले संविधानकै बैधतामाथि प्रश्न उठाउने आशंका व्यक्त गरे।
नेता थापाले संविधानकै अधिनमा रहेर ल्याइने यस्तो कानूनले उक्त कानुनमाथि मात्रै नभई देशकै मुल कानूनमाथि प्रश्न उठ्ने टिप्पणी गरे।थापाले यो विधेयकले सामाजिक सञ्जालहरु दर्ताको नाममा बन्द गर्न खोजिएको र सामाजिक सञ्जालमार्फत् अभिव्यक्त गर्ने नागरिकका विचारहरु कुन्ठित गर्न खोजिएको आरोप लगाए।उनले अहिले सूचना प्रविधि विधेयकमा राखिएका प्राबधानहरु फौजदारी संहितामै राखिएकाले यो नितान्त नागरिकको प्रश्न गर्ने अधिकार खोस्नका लागि ल्याइएको दाबी गरे।
थापाले आफूहरुले विधेयकमाथिको छलफलकै क्रममा पनि पटकपटक यस विषयमा कुरा राखेको स्मरण गर्दै यो विधेयकले लोकतन्त्र र जनआन्दोलनको मर्ममाथि प्रहार गर्न खोजको बताए।उनले जनआन्दोलनको मुटु नै अभिव्यक्ति स्वतन्त्रता भएको स्मरण गरे।थापाले यो विधेयकमार्फत् जनताको स्वतन्त्र रुपमा बोल्ने अधिकार खोसेर सरकारले चाहेको कुरा, सरकारले चाहेको समयमा मात्र बोल्न पाउने व्यवस्था गर्न खोजेको आरोप लगाए। उनले साइबर बुलिङ विद्यालयमा पढाउने विषय भएको भन्दै कानुनमार्फत् ल्याउन आवश्यक नभएको बताए।
https://www.facebook.com/thapagk/videos/1047374145597999/
थापाले यसअघि पूर्व राजा ज्ञानेन्द्रको पालामा बोल्न नदिनेलाई प्रहरीले पक्राउ गरी थुनामा राखे पनि अदालतले अभिव्यक्ति स्वतन्त्रताको कुरा भएको भन्दै छुटाएको स्मरण गर्दै अब सरकारले कानुनले नै बोल्न नपाउने व्यवस्था गरेपछि अदालतले पनि छोड्न नसक्ने स्पष्ट पारे।थापाले विधेयकको पक्षमा बोल्नेले समाजमा अराजकता बढेकाले नियन्त्रण गर्न यो विधेयक आएको ठिक भएको बताए पनि पछि आफूहरु नै त्यो फन्दामा पर्न सक्ने भन्दै सचेत गराए।सरकारले चाहेको विषय बोल्ने, चाहेको कुरा सोच्ने अवस्था आए यो निक पीडादायी हुने बताए। पशुपति शर्माको गीतलाई सरकारले अघोषित रुपमा ‘ब्याण्ड’ गरेको स्मरण गर्दै थापाले यो कानून पारित भए यस्तो शिलशिला पटकपटक दोहोरिने बताए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया