
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
मंसिर १९ र २० गते सातै प्रदेश सभाका सभामुख र उपसभामुख पोखरामा भेला भए। भेलामा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालसहित सात वटै प्रदेश सभाका उपसभामुखले छुट्टै अनौपचारिक भलाकुसारी गरे। भलाकुसारीमा प्रतिनिधी सभाको रिक्त सभामुखमा हालका उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने सबैको साझा धारणा बन्यो। प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि सभामुख पद रिक्त छ। अहिले सत्तारुढ दल नेकपा सभामुख कसलाई बनाउने भन्ने बारे अनिर्णित छ। सातै प्रदेश सभामा सभामुख महिला नभएको भन्दै उनीहरूले प्रतिनिधी सभामा महिला हुनुपर्ने साझा धारणा रहेको बताए।
त्यतिबेला हामी सबैले अनौपचारिक छलफल गरेका थियौं, गण्डकी प्रदेश सभाकी उपसभामुख सिर्जना शर्माले भनिन्, हामीले कुनै पार्टीलाई दबाब दिन मिल्दैन, तर दुई वर्ष अभ्यास गरेको, योग्यता र क्षमता पनि भएकाले तुम्बाहाम्फेलाई नै सभामुख बनाउँदा केही फरक पर्दैन। सभामुख चयन चुनावी प्रक्रियाबाट हुने भएकाले पार्टीहरूले महिलालाई नै अघि सारोस् भन्ने आफूहरूको धारणा रहेको उनले बताइन्। सातवटै प्रदेशमा महिला सभामुख छैनन्, प्रतिनिधी सभामा भइदिए राम्रो हुन्थ्यो, उनले भनिन्। उनले यसअघि ओनसरी घर्ती सभामुख भएर काम गरेको उदाहरण दिँदै महिला सभामुख हुनै नसक्ने भन्ने नरहेको बताइन्।
जिम्मेवारी पायो भने महिलाले गर्न सक्छन्, उनले भनिन्, महिलाले जिम्मेवारी पाएको ठाउँमा विवादै नगरी काम गरेका उदाहरण छन्। सातै प्रदेशमा उपसभामुख र अधिकांश स्थानीय तहमा पनि महिलालाई उपप्रमुख बनाइएको भन्दै उनले संविधानले दिएको अधिकार लिन महिला पनि अघि सर्नुपर्ने धारणा राखिन्। महिलाले धेरै संघर्ष गरेर संविधानमै ३३ प्रतिशत सहभागिता लेखाउन सफल भएको हो, उनले भनिन्, संविधानमा लेखिएको कुरा लागू गराउन हामी पनि अघि सर्नुपर्छ। सुदुरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीले सभामुख नभएको अवस्थामा उपसभामुख नै सभामुख बनाउनु स्वभाविक र सुल्टो हुने बताइन्।
हरेक ठाउँमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष राख्ने चलन छ, उनले भनिन्, सेकेण्ड पर्सन भनेको भोलिको वैकल्पिक नेतृत्व हो। हरेक ठाउँमा उप भनेको महिला हो भन्ने गलत बुझाई स्थापित भएको भन्दै उनले दुखेसो पोखिन्। गाउँपालिकादेखि सहकारी र निर्माणका समितिमा पनि उप पदलाई महिलाको भनेर गलत बुझाइ छ उनले भनिन्। प्रतिनिधी सभाको उपसभामुखलाई पदच्युत गर्ने वा राजीनामा गराउने संवैधानिक आधार नभएको उनको तर्क छ। कुनै पार्टीको वा व्यक्तिको स्वार्थ होला, तर उहाँलाई हटाएर अन्त लैजानु संविधानको उल्लंघन हुन्छ उनले भनिन्, कुनै पार्टीले उपसभामुख हटाउने संवैधानिक व्यवस्था छैन।
पोखरामा भेला हुँदा आफूले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई समेत यो कुरा भनेको जानकारी दिइन्। उहाँले त्यति बेला पार्टीको कुरा हो भन्नुभयो, हामी सातै जना उपसभामुखले तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्छ, हटाउनुहुँदैन भन्यौं। प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले पनि तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने आफ्नो निजी धारणा रहेको बताइन्। उहाँ सक्षम र प्रखर महिला हुनुहुन्छ, महिलाको नेतृत्व विकास गर्न पनि तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्छ, उनले भनिन्। प्रदेश २ की उपसभामुख उपमा देवले महिला भएकै कारण तुम्बाहाम्फे सभामुख हुन नहुने भन्ने कुरा गलत भएको बताइन्। उहाँलाई सभामुख बनाउनैपर्छ, किन नबनाउने ? उनले भनिन्, महिला कुनै प्रमुख पदमा छैनन्, यसैले पनि उहाँ हुनैपर्छ।
प्रदेश ३ की उपसभामुख राधिका तामाङले क्षमता नै नभएमा कसैलाई पद देऊ भनेर आफूहरूले कहिल्यै नभनेको बताउँदै तुम्बाहाम्फे सभामुखका लागि सक्षम रहेको बताइन्। उहाँले प्रतिनिधी सभा चलाउन सक्नुहुन्छ, अनुभव पनि छ, क्षमता पनि छ, उनले भनिन्। प्रदेश ५ की उपसभामुख कृष्णा थारूले तुम्बाहाम्फेको काम हेर्दा पनि अब्बल देखिएको बताइन्। उनले भनिन्, उहाँलाई सभामुख मानेर जाँदा केही फरक पर्दैन भन्ने लाग्छ, पार्टीका मान्छेले सही निर्णय गरून्। कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्ती विष्टले महिला भएकै कारण सभामुख हुनबाट रोक्न नहुने बताइन्। तुम्बाहाम्फेलाई नै सभामुख बनाइनुपर्ने हाम्रो मान्यता कार्यान्वयन होस्। सेतोपाटीबाट साभार


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया