
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको २ घण्टा नबित्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् । मन्त्री राईले आफ्नो आधिकारिक लेडरप्याडमै लेखेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । समाजवादी पार्टीबाट सरकारमा शहरी विकास मन्त्री भएका राईले पार्टीको निर्णयानुसार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वर्तमान सरकारमा सहभागी समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयानुसार उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिला रहेका उपेन्द्र यादवले पनि प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाइसकेका छन् । समाजवादी पार्टीका अध्यक्ष रहेका यादवले संविधान संशोधनका विषयमा सरकार गठनका बेला भएको सहमति पालना नगरेको भन्दै राजीनामा दिएका छन् भने मन्त्री राईले राजीनामाको कारण उल्लेख गरेका छैनन् । शहरी विकास मन्त्री राईले भने आफूलाई मन्त्रीमा नियुक्त गरी काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई ‘विशेष धन्यवाद’ दिँदै राजीनमा दिएका छन् ।
यसअघि सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका हुन् । मन्त्री यादवले आफैं उपस्थित नभएर ‘प्रतिनिधि’मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यसअघि मन्त्रिपरिषद पुनर्गठनका बेला बिना कुनै जानकारी (भारत)मा रहेका बेला स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा ‘सरुवा’ गर्दा पनि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्न चाहेका थिएनन् । तर, मंगलबार बिहानको पदाधिकारी बैठकमा भने यादव आफैंले नै सरकार छाड्ने विषयमा छलफल गर्ने प्रस्ताव अगाडि सारेका थिए । मंगलबारको पदाधिकारी बैठकमा सहभागी समाजवादी पार्टीका एक नेताका अनुसार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘धेरै पेल्न खोजेको’ भन्दै अब सरकारमा रहिरहन उपयुक्त नहुने बताएका थिए । पछि, पार्टीका अन्य पदाधिकारीले पनि तत्काल सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनुपर्ने बताएका थिए ।
समाजवादी पार्टीका एक नेताका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवको ‘अपमान’ गरेका थिए । मन्त्री यादवले सरकार गठनका बेला आफूहरुसँग भएकै सहमतिअनुसार सोमबारको मन्त्रिपरिषद बैठकमा ‘संविधान संशोधन तथा सुधार’का लागि उच्चस्तरीय समिति गठन गर्ने प्रस्ताव राख्न खोजेका थिए । तर, प्रधानमन्त्री ओलीले प्रस्ताव नै नसुनेर ठाडै अस्वीकार गरेको विषय सार्वजनिक भएको छ । समाजवादी पार्टीका एक नेताका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले आफूसँग ‘तुच्छ’ व्यवहार देखाएको उपेन्द्र यादवको भनाइ छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको अन्तिमतिर उपप्रधानमन्त्री यादवले आफ्नो पनि केही प्रस्ताव रहेको भन्दै टेबुलमा एउटा खाम राखेका थिए ।
प्रधानमन्त्रीले प्रस्तावबारे जिज्ञासा राख्दा मन्त्री यादवले संविधान संशोधनसँग सम्बन्धित रहेको बताएका थिए । तर, प्रधानमन्त्री ओलीले संविधान संशोधनको कुरा गरेर बेमौसमे बाजा बजाउन खोजेको भन्दै उपेन्द्र यादव उक्त प्रस्ताव पेश गर्न दिएनन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुन नदिएको प्रस्ताव अहिले उपप्रधानमन्त्री यादवकै सचिवालयका कर्मचारीले सञ्चारमाध्यमलाई उपलब्ध गराइरहेका छन् । उक्त प्रस्तावमा संविधान ‘संशोधन तथा सुधार’का लागि उच्चस्तरीय समिति गठन गर्ने भनिएको छ । नेपालको ख्यातिप्राप्त संविधानविद् वा सर्वोच्च अदालतका पूर्व न्यायाधीशमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति अध्यक्ष रहने भनेर कल्पना गरिएको उक्त समितिमा अध्यक्षसहित ५ जना सदस्य रहने भनिएको छ ।
४ महिने कार्यकाल रहने भनिएको उक्त समितिले संविधान संशोधन तथा सुधारका लागि भनेर सरकारलाई सुझाव दिने गरी कार्याविधिको कल्पना गरिएको थियो । तर, प्रधानमन्त्रीले प्रस्तावको विषय सुन्न नै नचाहेपछि अन्तत: उपेन्द्र यादव सरकारबाट बाहिरिन बाध्य भएका छन् । अब सरकारलाई दिएको समर्थन फिर्ता लिन सम्बन्धमा बुधबार निर्णय लिइने समाजवादी पार्टीका नेता गंगा श्रेष्ठले जानकारी दिए । सरकारबाट समर्थन फिर्ता लिनका लागि बुधबार बिहान कार्यकारिणी समितिको बैठक बोलाइएको पनि श्रेष्ठले जानकारी दिए । सत्ता साझेदार दल समाजवादीले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरे नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाउने छ । सरकार गठनका लागि नेकपा एक्लैको स्पष्ट बहुमत भएपनि समाजवादीको समर्थनपछि सरकारले दुईतिहाइको समर्थन पाएको थियो । सरकार गठनका बेला राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समर्थन जनाए पनि संविधान संशोधनकै विषयमा पछि समर्थन फिर्ता लिएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया