
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने बसाइका लागि बुधवार झापा पुगेका छन् । चन्द्रगढी विमानस्थल भद्रपुरमा अवतरण गरेका पूर्वराजा शाहलाई स्वागत गर्न सयौँको सङ्ख्यामा उनका समर्थक भेला भएका थिए । शाहका निकटवर्तीहरूका अनुसार उनी करिब एक महिना प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा रहेको आफ्नो स्वामित्वमा रहेको चिया बगानमा रहनेछन् । हिउँद सुरु भएपछि पूर्वराजा शाहले प्रायः हरेक वर्ष पूर्वी पहाडी जिल्लाहरूमा बिताउने गरेको बताइन्छ ।
गत वर्ष पनि यही बेला पूर्वराजा शाहले झापाको दमकलाई मुकाम बनाई पाँचथर र इलामको भ्रमण गरेको २०६२ सालमा उनको शासनकालमा सहायकमन्त्री रहेका टेकनारायण राजवंशीले बताए । शाह वंशीय राजाहरू बर्सेनि दमकमा रहेको चिया बगानमा अवस्थित निवासमा आएर महिना दिन बिताउने परम्परा रहेको दमकका ‘राजावादी’ नेता राम थापाले बताए ।उनले भने, ‘कुनै वर्ष छुट्यो होला तर प्रायः बर्सेनि शाह राजाहरूको जाडोको समयमा आएर दमकमा बस्ने परम्परा नै छ।’ अर्का ‘राजावादी’ नेता तथा शाहको प्रत्यक्ष शासनकालमा अञ्चल प्रशासक भएका प्रजापति कोइरालाका अनुसार केही हदसम्म पूर्वराजाको भ्रमण ‘राजनीतिक’ पनि हो ।
कोइरालाले भने, ‘यहाँ आएका बेला आफ्ना समर्थकका कुरा सुन्ने र अब मैले के गर्नुपर्छ भनेर सोध्ने काम पनि हुन्छ । त्यो बेला हामी हाम्रा सुझाव राख्ने गर्छौँ ।’ पूर्वसहायक मन्त्री राजवंशी पूर्वराजा शाह झापा आएर बस्नुका मुख्य तीन कारण भएको मान्छन् ।गत वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह झापा रहेका बेला इलाम, पाँचथर तथा झापाका देवस्थलको भ्रमण गरी मन्दिरहरूमा पूजाअर्चना गरेका थिए । देवस्थलहरूमा पूजा गर्न गएका बेला उनका समर्थकहरूले उनलाई घेरा हालेर पुष्पगुच्छा दिने गर्छन् ।
यस पटक शाहको भ्रमण तालिका सार्वजनिक भइनसकेकाले कुन(कुन स्थानको भ्रमण हुन्छ भनेर भन्न नसकिने शाहका निकट रहेका फणिराज पाठकले बताए । उनले भने, ‘पहिला दमकलाई केन्द्र बनाएर उहाँ बस्नुहुन्छ । त्यसपछि भ्रमण तालिका बन्छ ।’राजवंशीले यस पटक संखुवासभा तथा धनकुटाका देवस्थलहरूको भ्रमण र त्यहाँका शुभचिन्तकहरूका कुरा सुन्ने योजना बनाउन आफूहरू प्रयासरत रहेको बताए।पूर्वराजा शाह आउँदा ‘जनता’सँग प्रत्यक्ष कुराकानी गरेर उनीहरूका सुझाव लिने गरेको राजवंशीले बताए।
उनले शाहले आफ्ना कुरा भन्नुभन्दा पनि समर्थकका कुरा सुन्ने गरेको बताए। राजवंशीले भने, ‘जनतासँगको सम्बन्ध सधैँ यथावत् रहोस् वा बढोस् भन्ने कामनाले जनताको कुरा सुन्न रुचाउनुहुन्छ।’ ‘देशको राजनीतिक वातावरणका बारेमा चासो राख्ने पनि गर्नुहुन्छ।’पूर्वराजा शाह जाडोयाममा नै झापा आएर बस्ने गरेका छन्।
गत वर्ष पनि फागुनमा एक महिना उनी झापा बसेका थिए । काठमाण्डूमा जाडो बढेका कारण पूर्वी तराईलाई केन्द्र बनाएर पूर्वी नेपालको भ्रमण गर्ने उनको परम्परा रहेको उनका निकटवर्तीहरूले बताएका छन् । राजवंशी भन्छन्, ‘काठमाण्डूभन्दा यहाँ अलि न्यानो नै हुन्छ।त्यही भएर पनि जाडो छल्नका लागि उहाँको यता सवारी हुन्छ।’ दमकका राप्रपाका नेता राम थापाका अनुसार आफ्नो सम्पत्तिको हेरचाह तथा रेखदेखका लागि पनि पूर्वराजा दमक आएर बस्ने गरेका हुन् । बीबीसी


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया