
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रामेछाप, । द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्। जिल्लाको उमाकुण्ड गाउँपालिका–लमा पर्ने सो दुर्गम गाउँलाई गृहमन्त्री थापाले बिर्सिए पनि गाउँलेले उनलाई सम्झिरहेको स्थानीयले बताएका छन्।
‘हाम्रो गाउँमा लामो समय बसेर रामबहादुर थापाले युद्धको रणनीति बनाए, मोर्चा परिचालन गरे, त्यसैको आधारमा अहिले गृहमन्त्रीसम्म बनेका छन्,’ स्थानीय तेण्डी शेर्पाले, ‘त्योबेला हाम्रो गाउँमा उनको राम्रो खेलखोर थियो तर अहिले उनले त्यो सबै सबै बिर्सिएजस्तो लाग्छ।’ लाच्छोर गाउँलाई थापाले बिर्से पनि आफूहरूले भने उनलाई सम्झिरहेको शेर्पाले बताए। उनका अनुसार थापालगायत नेताहरूले बिर्सिएकै कारण लाच्छोर गाउँ यतिबेला विकासको दृष्टिले अोझेलमा परेको छ। थापा बस्दा लाच्छोर गाउँ जस्तो दुर्गम थियो आज पनि त्यस्तै दुर्गम छ।
सशस्त्र द्वन्द्वको समयमा थापाले पाँच वर्षभन्दा बढी समय सोही गाउँलाई आफ्नो सेल्टरका रूपमा प्रयोग गरेका थिए। उनले चार महिना त एउटै घरमा बसेर युद्धको रणनीति बनाउने र मोर्चाहरू परिचालन गर्ने काम गरेको स्थानीय बताउँछन्। सरकारी सुरक्षाकर्मी हत्तपत्त पुग्न नसक्ने भएकाले माओवादीलेत स्थानको रूपमा त्यसलाई प्रयोग गरेको स्थानीयको भनाइ छ। द्वन्द्वकालीन समयमा माओवादीले सो गाउँमा ठुलो संख्यामा सैन्य तालिमसमेत सञ्चालन गरेका थिए। त्यो बेला गाउँलेले प्रति घर ३० देखि ४० हजार रुपैयाँसम्म चन्दा दिएर माओवादीलाई सहयोग गरेका थिए। सो क्षेत्रको कमान्ड सम्हालेर मोहन वैद्य, कृष्णबहादुर महरालगायत नेता पनि सो गाउँमा केही समय बसेको स्थानीय बताउँछन्।
द्वन्द्वको समयममा माओवादीले रामेछाप, ओखलढुंगा, सोलुखुम्बु जिल्लालगायत पूर्वको कमान्ड र मोर्चा परिचालन यही लाच्छोर गाउँबाटै गर्ने गरेको स्थानीय बताउँछन। तर त्यहीं डेरा जमाएर, युद्धमा होमिएर सफल बनेका नेताले त्यस ठाउँको भौगोलिक विकटता बुझेर पनि सम्झनासमेत नराखेकोमा स्थानीय दुःखी भएको तेण्डी शेर्पा बताउँछन्। उनले भने पञ्चायतकालमा नाम कहलिएका नेता नवराज सुवेदी, नेकपाका नेता देवशंकर पौडेलसमेत लाच्छोर पुगेर गाउँलेको दुःख देखे पनि कसैले फकेर नहेरेको शेर्पाको गुनासो छ। ‘माननीयको चुनावमा मान्छे नै नचिनी गाउँको अगुवाले भनेकै भरमा पार्टीलाई भोट हाल्यौं,’ उनले भने, ‘तर नेताले भने कहिल्यै यो दुर्गम गाउँलाई फर्केर हेरेनन।’
फिजारिएको बस्ती भए पनि लाच्छोरमा ३२ घरधुरीको बसोबास रहेको छ। सरकारी सेवा सुविधाको ओझेलमा परेको उक्त बस्तीमा लिखु खोला हाइड्रो पावरका कारण सडकको ट्र्याक सवारीसाधन राम्ररी कुद्न सक्ने स्तरको छैन। कुनामा लुकेको लाच्छोरको बस्तीबाट वडाको केन्द्रसम्म पुग्न पैदल करिब चार घण्टा लाग्छ। न सडकको सुविधा छ, न त वडा, पालिका र जिल्लासँग सीधा सञ्चार सुविधा नै छ। आपतविपत प¥यो भने तत्काल सम्बन्धित निकायमा खबर गर्न सक्ने अवस्था छैन। मानिस बिरामी भए वा केही अप्ठेरो पर्दा खर्च गरेर हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको स्थानीय आङभाइ शेर्पाले बताए। उनका अनुसार आयस्रोत कम भएकाहरू उपचार नपाई गाउँमै मर्नुपर्ने अवस्था छ। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया