
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
काठमाडौं– तिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ । अत्यन्त शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको हँुदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ ।
स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।
उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को वडाध्यक्षको लागि भएको मतदानमा १६ दशमलव ४ प्रतिशत मात्र मतदान भएको आयोगले आज साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
सुरक्षा अवस्था निकै सुदृढ रहेकाकारण केही सामान्य छिटफुट घटनाबाहेक मतदाताको व्यापक सहभागितामा उत्साह र अत्यन्त शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानारी दिनुभयो ।
यद्यपि, मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटीलगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य विस्फोटका छिटपुट घटना भएतापनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव परेको थिएन ।
उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने आम मतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निकाय तथा व्यक्ति सबैलाई आयोगले पत्रकार सम्मेलनमार्फत धन्यवाद ज्ञापन गरेको छ ।
कतिपय मतदान केन्द्रमा बिहान सबेरैदेखि निकै अनुशासित र उत्साहका साथ मतदाता पङ्त्तिबद्ध भएर बस्नुभएको थियो भने चिसोका कारण केही मतदान केन्द्रमा भने दिउँसो मतदाताको घुइँचो लागेको थियो । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्या उलेख्य रहेको देखिन्थ्यो ।
मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्यतर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष चयनका लागि यो निर्वाचन भएको हो । उपनिर्वाचनमार्फत ४३ वडाध्यक्ष पनि चुनिनु हुनेछ ।
यसैबीच, यसअघि भक्तपुर प्रदेशसभा सदस्य उपनिर्वाचनको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न मतदानस्थलमा पुगेर अवलोकन गर्नुभएको थियो ।
त्यस्तै, आयुक्त नरेन्द्र दाहाल र सचिव देवकुमारी गुरागाईंले काठमाडौँको दक्षिणकाली नगरपालिका–३ को वडाध्यक्ष पदको उपनिर्वाचनको अवलोकन गर्नुभयो । उपनिर्वाचनको अवलोकनका लागि काठमाडौँस्थित अमेरिका, जापन, युरोपियन युनियन र अष्ट्रेलियाका राजदूत एवं प्रतिनिधि विभिन्न मतदान केन्द्रमा पुग्नुभएको थियो ।
“मतदान सकिएलगत्तै मतपेटीका सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याएर केही स्थानमा मतगणनाको लागि आवश्यक प्रक्रियासमेत शुरु भएको छ । खासगरी वडाध्यक्ष पदको मतगणनाको नतिजा आजै राति अबेरसम्म आइसक्ने आयोगले आकलन गरेको छ”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो ।
खर्पनाथ गाउँपालिका बाहेक सबै मतपेटिका आजै राति ११ बजेसम्म मतगणनास्थलमा पु¥याइसक्ने व्यवस्था मिलाइएको छ । आगमी १२ घण्टाभित्र ५० प्रतिशतको नतिजा सार्वजनिक भइसक्ने अनुमान गरिएको छ ।
३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा शनिवार(आज) उपनिर्वाचन भएको छ । साँझ ५ बजे मतदान सकिएपछि विभिन्न स्थानका मतगणना शुरु भएको छ । विशेषगरि स्थानीय तह अन्तर्गतका वडाहरुको नजिता आउन शुरु भएको छ ।
शनिवार राति १० बजेसम्मको नतिजा अनुसार अहलेसम्म सत्तारुढ दल नेकपाले अधिकांश स्थानमा जीत हात पारेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिलेसम्म कुनै स्थानमा जीत हात पारेको छैन । समाजवादी पार्टी नेपालले एक स्थानमा जीत हात पारेको छ ।
सवा १० बजेसम्मको नतिजा अनुसार सत्तारुढ दल नेकपाले १० वटा वडामा जीत हात पारेको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ ।
नेकपाबाट वडा अध्यक्षका उम्मेदवार रहेका जनकबहादुर बुढामगर विजयी भएका हुन् । उनले १७४ मत पाए । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् ।
खानेपानी मन्त्री बीना मगरले मतदान गरेको यो वडामा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका हुन् । तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाए ।
सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेकपाका उम्मेदवार धर्म बुढाथोकी विजयी भएका हुन् । लमजुङको सुन्दरबजार–२ मा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् ।
लमजुङको सुन्दरबजार–२ का उम्मेदवार नवीनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४८२ मत ल्याएका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । उनले ८६७ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाएका थिए । शनिवार सम्पन्न उपनिर्वाचनमा १५०२ मत खसेको थियो ।
खोटाङको साकेला गाउँपालिका वडा नं(३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् । साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार विजयी भएका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार शिवभक्ति बलामी विजयी भएका हुन् । उनले ६१८ मत पाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारले २ सय ७८ मत पाएका थिए । मतदानमा १०३६ मत खसेको थियो ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा नेकपाका उमेदवार विजयी भएका छन् । शनिवार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका उमेदवार केदारनाथ आचार्य विजयी भएका हुन् । उनले ७१२ मत पाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार अशोक तामाङले ४३९ मत पाएका थिए । यसअघि उक्त वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।
इन्द्रावती गाउपलिका ८ को उपनिर्बाचनमा १४०४ मतदातामा ११७५ खसेको थियो । बडिगाड,२ बागलुङ नेकपाका उमेदवार विजयी भएका छन् । भोजपुर पौवादुम्मा १ मा नेकपाका उमेदवार विजयी । भएका छन् ।
नेपाली कांग्रेसले भने एक स्थानमा जीत हात पारेको छ । बैतडी, सुर्नया गा।पा। १ कांग्रेसका उमेदवार विजयी भएका छन् । त्यस्तै समाजवादी पार्टी नेपालले एक स्थानमा जीत हात पारेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा समाजवादी पार्टी नेपालका उमेदवार विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका हुन्


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया