
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
पोखरा, । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन् । उनले केपी ओली सरकारलाई तिमी गलत बाटोमा छौं, अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक रहेको स्पष्ट पारे ।
नेपाली कांग्रेस, पोखरा–१६ ले आयोजना गरेको उपनिर्वाचन लक्षित चुनावी सभालाई संवोधन गर्दै सभापति देउवाले कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाए । सभापति देउवाले जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए ।
केपी ओलीको खोक्रा आश्वासन अब जनताले नपत्याउने भन्दै सभापति देउवाले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाए । ‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं, सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र खान खोल्न खोज्यौं तर सरकार मौन छ, कानमा तेल हालेर अझै बसिरहेको छ’, उनले भने । उनले सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिए ।
सभापति देउवाले तपस्वी नेता खेमराज पौडेलमाथि धेरै नै अन्याय भएको स्वीकार गरे । उनले भने, ‘उहाँ जत्तिको त्यागी नेतामाथि अन्याय भएकै हो । उहाँलाई न्याया दिने दायित्व कस्केली जनताको हातमा छ उहाँलाई अत्यधिक मतका साथ सदनमा पुर्याइदिनुस् ।’कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाजकम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने स्पष्ट पारे । उनले अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको बताए ।
उनले उम्मेदवार खेमराज पौडेललाई तपस्वी नेताको संज्ञा दिए । साथै खेमराजको सम्मानका लागि अत्यधिक मत दिएर जिताएर पठाउन आग्रह गर्दै नेता पौडेलले खेमराजको जितसंगै मुलुकको मुहार फेरिने दावी गरे । उनले भने, ‘खेमराजले चुनाव जितेर सांसद मात्रै बन्दैनन्, अधिनायकवादी कम्युनिष्ट सरकारलाई लोकतान्त्रिक बाटोमा हिंडाउन पनि सघाउँछन् ।’ महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्ट सरकारले मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागिपरेको आरोप लगाए । ‘सरकार मुलुकको हितमा, जनताको हितमा, लोकतन्त्र, संविधानको हितमा, संघीयता, गणतन्त्र, समावेशिताको हितमा छैन’, उनले भने, ‘सरकार सच्चिनका लागि पनि यो चुनाव कांग्रेसले नै जित्न आवश्यक छ ।’
केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले दुःख गरेर बनाएकोराज्यकोषमा कम्युनिष्ट सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाए ।‘सुशासन, समृद्धि, शान्ति र सुखको ठूला ठूला भाषण गर्ने कम्युनिष्ट कस्ता रहेछन् भन्ने यो २ वर्षमै देखिएको छ’, उनले भने, ‘कम्युनिष्ट देश रजनताको हितमा कहिल्यै हुन सक्दैनन् ।’युवा नेता गगनकुमार थापाले स्व। रवीन्द्र अधिकारीको सपना पूरा गर्नकालागि भोट दिने हो भने त्यो रवीन्द्रप्रति अपमान हुने बताए । हिजोका दिनमापृथ्वीनारायण शाहको पुस्ता भन्दैमा राजाले छुट पाउन हुँदैन भनेर रवीन्द्र
राजा विरुद्ध लागेका स्मरण गर्दै नेता थापाले अहिले रवीन्द्रकोउत्तराधिकारी हुँ, सपना पूरा गर्छु भन्दै हिंड्न नैतिक हैसियत नहुने बताए।नेता थापाले नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा कस्केली जनताले त्यो पूरा गर्ने उनले बताए । उनले यो चुनाव सिंगो देशको भविष्यसंग जोडिएकाले यो चुनावमा कांग्रेसलाई जिताएर देशको गति र मति फेर्ने अभियानमा लाग्न आग्रह गरे ।
उम्मेदवार खेमराज पौडेलले आफू सधैं कस्केली जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गरे । उनले आफूले जितेर गए पनि सधैं जनताकै साथमा हातेमालो गर्दै अघि बढ्न तयार रहेको स्पष्ट पारे । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले खेमराज पौडेललाई जिताएर कास्कीको मुहार फेर्न लागि पर्ने बताए । अर्का सांसद कुमार खड्काले सरकारको अधिकायकवाद अव धेरै दिन नटिक्ने चेतावनी दिए । उनले कांग्रेसको पक्षमा लहर बढेकाले खेमराज पौडेलको जित सुनिश्चित भएको बताए ।
कास्की कांग्रेसकी नेतृ लक्ष्मी पाण्डेले भ्रष्ट सरकारलाई सही बाटोमाहिंडाउनु कांग्रेसको कतव्र्य भएको भन्दै यो चुनाव कांग्रेसले जितेमात्रैमुलुक सही ढंगले अघि बढ्ने दावी गरिन् ।कार्यक्रममा शनिबार नै कांग्रेसमा प्रवेश गरेका वामपंथी नेता माधवप्रसादपराजुलीले विपिको प्रजातान्त्रिक समाजवाद अंगीकार गर्दै अघि बढ्नका लागि आफू नेपाली कांग्रेसमा प्रवेश गरेको भन्दै पार्टीले दिएको जिम्मेदवारी,निर्देशन सही र पूर्णरुपले पालना गर्ने प्रतिवद्धता जनाए ।उक्त अवसरमा ईन्द्रमान सिलवाल, सरु थापा र निर्मला थापा पनि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया