
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए । एक कुराकानीमा नेता रिजालले भने, ‘भ्रष्टाचार व्याप्त भएको छ । सरकारका कुनै पनि काम आहा भन्न लायकका छैनन्, सरकारको अर्कमण्यतालाई हामीले हेरेर मात्रै बस्न पनि भएन । अब नागरिकले भ्रष्टाचार सहदैनन्, उनीहरूमा विश्वास गुमेको बेलामा उपनिर्वाचनलाई सदुपयोग गर्नुपर्छ ।’
‘जनताले विकास चाहियो, देश भ्रष्टाचारमूक्त हुनुपर्यो भनेका छन्, निर्मला हत्या काण्डको कार्बाही कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन्, चिकित्सा शास्त्रको अध्ययनमा भईरहेको विसंगतिलाई सरकारले रोक्न सकेको छैन’, नेता रिजालले भने, ‘हामीले सरकारको यस्तै गलत रबैयालाई चिर्दै, एकताको सन्देश प्रवाह गर्न चाहेका छौं ।’ सीमा अतिक्रमणको बारेमा सरकार समयमा प्रष्ट हुन नसकेको नेता रिजालले आरोप लगाए । ‘आफ्नो भूमिको रक्षा गर्न सकेको छैन । खरो रुपमा राष्ट्रवादको नारा दिएको सरकार खोक्रो भएको छ’, उनले भने, ‘संवैधानिक अंगहरूमा राम्रा मान्छे पठाउनु पर्ने हो, त्यो पनि सबै पार्टीको सहमतिमा पठाउनु पर्ने हो । त्यसो नगरेकोले सरकारको चरित्र लोकतन्त्रवादी छैन । सरकारले संविधान मिचेर काम गरिरहेको छ ।’
एनले निरन्तर ६० वर्षको निस्कलंकित ईमान्दारीको राजनीति गरेका कांग्रेस उम्मेदवार खेमराज पौडेललाई कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा जिताउनुको विकल्प नभएको बताए । ‘अहिले मतदाता जवान पनि धेरै छन् । हामी ठाउँठाउँमा जाँदा त्यो जमातलाई पाका उम्मेदवार पौडेलको उम्मेदवारीले हौसला बढाएको छ’, उनले भने । ‘कास्कीमा धेरै मानिससंग भेट गरें, सबैलाई करको चिन्ता छ, व्यवसाय फस्टाउन सकेको छैन भनिरहेका छन्, पर्यटन क्षेत्र खाली भएको व्यवसायीले गुनासो गरीरहेका छन्’, नेता रिजालले भने, ‘होटलहरू खाली भएका छन्, पर्यटनको नारा दिएको सरकारले पर्यटन क्षेत्र नै आक्रान्त बनिरहेका छ, उपभोगमा समस्या भएको छ, हरेक बस्तु आयात गर्नुपरेको छ, बिप्रेसन आउने क्षेत्रमा कसैलाई हौसला दिन सकिएको छैन र पर्यटक आउने बेलामा यो क्षेत्र मुर्झाएर बसेको छ, अब भन्नोस् सरकारले अरु के गर्छ ?’ उनले हरेक चुनाव पहिलो हुने भएकोले यो चुनाव पनि पहिलो हो, यो पहिलो उपनिर्वाचनमा जनताले कांग्रेस उम्मेदवार पौडेललाई जिताएर पहिलो नै हुने दावी गरे ।
खेमराजलाई जिताउने प्रतिवद्धता
स्याङ्जा घर भई हाल पोखराका विभिन्न स्थानमा वसोवास गर्दै आएका स्याङ्जालीहरूले यो पटक कांग्रेस उमेद्वार खेमराज पौडेललाई भारी मतले जिताउने बताएका छन् । नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समितिले बुधवार पोखरामा आयोजना गरेको चुनावी भेलामा यस्तो प्रतिवद्धजा जनाइएको हो ।
उनीहरूले नेपाली कांग्रेसले खेमराज पौडेल जत्तिको निष्ठावान राजनीतिकर्मीलाईउम्मेदवार बनाएकाले यो पटक सबै स्याङ्जालीहरूको भोट एकै ठाउँमा केन्द्रीत हुने बताए । सो अवसरमा उम्मेदवार खेमराज पौडेलले अहिलेको निर्वाचन हार्नु जित्नुसँग नभइ देशकै प्रतिष्ठा र इमान जमानसँग जोडिएको बताए । उनले यो निर्वाचनले देशमा मौलाएको वेथितिको अन्त्य गर्ने दावी गरे । ‘म नजिकै कास्कीको पुम्दीको तपाइँहरू छिमेकी जिल्ला स्याङ्जावाट कास्कीको पोखरा आउनुभएको यो नै तपाइँ हाम्रो सम्वन्ध हो । मुलुकमा अधिनायकवादले प्रजातन्त्र मास्न खोजेको आभाष भैरहेको छ । तपाइँहरू सचेत हुनुहुन्छ यो नै मेरालागि र राष्टको लागि काफी छ म त केवल प्रतिनिधी पात्र मात्र हुँ’, उम्मेदवार खेमराजले स्याङ्जालीलाई संवोधन गर्दै भने ।
उक्त अवसरमा कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले देशमा बढिरहेको अधिनायक चरित्रको अन्त्य गर्नुपर्ने बताए । उनले देशमा अहिले २ तिहाईको वलमा लुट्ने काम भएको वताउँदै कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा खेमराज पौडेललाई जिताउनु पर्ने बताए । कांग्रेस नेता धनराज गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि भए पनि यो चुनाव कांग्रेसले जित्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट सरकारले लोकतन्त्र मासेर अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समाजका संयोजक पवन नेपालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, पूर्व सांसद राजु थापा, नेतृ सरिता तिवारी, महासमिति सदस्य देवराज चालिसे, सचिव धु्रवबन्धु पोखरेल लगायतले वोलेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया