
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतका पहिलो चरणको कार्यक्रम सकिएको छ । कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको चुनाव प्रचार समितिका मूल संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको कार्यक्रम अन्तर्गत बाँकी वडामा घरदैलो सक्ने र पुनः घरदैलो दोहोर्याउने कार्यक्रम छ ।
‘पार्टीका सबै संयन्त्रलाई सक्रिय बनाएर मतदाता समक्ष पठाएका छौं । अबको २÷३ दिनमा सबै संगठनका संयोजकसंग बैठक बसेर मतादाताको गुनासो र सुझाव बारे छलफल गर्छौं । त्यसपछि पार्टीको धारणा लिएर पुनः मतदाता समक्ष नै पठाउँछौं’, सभापति केसीले भने । उनले आफ्ना कुरा निर्धक्कसंग राख्न मतदातासंग आग्रह समेत गरेका छन् । ‘मतदाताका गुनासा र सुझाव हाम्रा लागि अमूल्य हुनेछन् । कांग्रेस जनताकै पार्टी हो र जनताकै भावना अनुरुप अघि बढ्न तयार छ । त्यसैले मतदाताले आफ्नै पार्टी सम्झिएर भन्दा हुन्छ’, सभापति केसीले भने ।
घरदैलो अभियान जारी
कांग्रेस उम्मेदवार खेमराज पौडेल मंगलबार र बुधबार पोखरा–१७ का मतदाता भेट्न र मत माग्न व्यस्त रहे । यस क्षेत्रमा उनको अभियान अझै सकिएको छैन । बिहीबारबाट उनी पोखरा–२० तर्फ लाग्दैछन् । वडा नं. १७ मा बाँकी रहेका मतदातालाई पुनः समय मिलाएर भेट्ने तयारी गरेका छन् । ‘पोखरा–१७ निकै ठूलो छ, १÷२ दिनले केही पनि हुँदैन । दोस्रो चरणमा समय मिलाएर बाँकी मतदाता भेट्छु’, उनले भने ।
पोखरा–१७ उनको छिमेकी वडामात्र होइन, उनको गाउँ पुम्दीभुम्दीका अधिकांशको बसोबार यसै क्षेत्रमा छ । त्यसैले पनि उनी प्रत्येकको घरमा पुग्ने प्रयत्न गर्दैछन् । कास्की कांग्रेसले पनि सभापति केसीलाई नै यस क्षेत्रमा खटाएको छ । सभापति केसी पनि ठूलो वडामा चुनाव जित्न सकिए राहत हुने भएकाले यस क्षेत्रमा निकै खटिएका छन् ।
उम्मेदवार पौडेलसंगै पार्टी सभापति केसीसंग पनि भेट्न पाउँदा मतदाता निकै उत्साहित भएको सभापति केसीले बताए । मतदाताले आफ्ना र टोलका समस्या निर्धक्कसंग आफूहरुसंग राखेको उनले बताए । ‘कतै खानेपानी, कतै बाटो, कतै पुल लगायतका समस्या आफूहरुसंग मतदाताले राखेका छन्, ती समस्या सुन्नेमात्र होइन समाधानका लागि पनि प्रयत्न गर्नेछौं’, सभापति केसीले भने ।
यता, पोखरा ४ मा पनि घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । चुनाव प्रचार समितिका उपसंयोजक एवं कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेका अनुसार पोखरा–४ मा घरदैलो अभियान लगभग सकिएको छ । ‘प्रत्येक मतदाताका घरघरमा पुग्ने काम भइरहेको छ । यो कार्यलाई दोस्रो चरणमा पनि निरन्तरता दिनेछौं’, उनले भनिन् । यो क्षेत्रमा कास्की कांग्रेसले यज्ञबहादुर थापालाई खटाएको छ ।
पोखरा–१५ मा ५ दिनदेखि निरन्तर रुपमा खटिरहेकी छन् सांसद विन्दादेवी राना पनि । उनले यस वटाको कमाण्डिङ गरिरहेकी छन् । वडाभित्र ६ वटा क्षेत्र छुट्याएर प्रत्येक घरमा पुग्ने काम भइरहेको र अझै केही बाँकी रहेको उनले बताइन् । ‘मतदातासंग भेट्दा निकै राम्रो उत्साह पाएका छौं । जनताले कम्युनिष्ट सरकारप्रति निकै गुनासो गरेका छन् । ती गुनासोको संवोधन कांग्रेसले गर्नुपर्छ अब’, उनले भनिन् । अब उम्मेदवारसहितको घरदैलो अभियानलाई थप विशेष बनाउने संयोजक रानाको लक्ष्य छ ।
यता, कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पनि ५ दिनदेखि पोखरा–३३ छाडेका छैनन् । उनी लगायत उनको टिमले मतदाता भेटघाट र छलफललाई तीव्रता दिएको छ । यो वडामा पनि पार्टीका सबै संयन्त्रलाई क्रियाशिल बनाइएको संयोजक परियारले जानकारी दिए । ‘५ वटा कलष्टर र ५ वटै वुथ केन्द्रित सम्पर्क कार्यालय पनि स्थापना गरेका छौं । पार्टीका सबै संयन्त्र परिचालन गरेका छौं’, उनले भने, ‘युवा भेट्न तरुण दललाई पठाएका छौं, महिला भेट्न महिला संघका नेता कार्यकर्ता र विद्यार्थी भेट्न नेविसंघलाई खटाएका छौं ।’
यता, पोखरा–२० मा मतदाता भेट्ने कार्यतालिका दोस्रो चरण्मा पर्यो । यो क्षेत्रमा बिहीबार र शुक्रबार उम्मेदवार खेमराज पौडेल, पार्टीका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, कास्की कमाण्डर कृष्ण केसी, सांसद एवं यो क्षेत्रका संयोजक विन्दुकुमार थापासहितको टोलीले घरदैलो गर्नेछन् ।
‘प्रत्येक मतादातालाई भेट्ने गरी तयारी गरेको छु’, संयोजक थापाले भने, ‘२ दिन लगाएर भए पनि जनताक समस्या र गुनासा सुन्ने काम गर्छौ ।’ यो क्षेत्रमा पनि पार्टीका सबै संयन्त्र परिचालन गरेर चुनाव प्रचार गरिने उनले बताए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया