
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल लामो समयदेखि वर्षौं अघि भारतसँग गाभिएका भू भाग नेपालले फिर्ता पाउनुपर्छ भन्ने विषयमा लागिपरिरहेका छन् । नेपालको धेरै जमिन भारतले कब्जा गरेको छ, देखिनेगरि नै भारतले सिमा अधिक्रमण गरेको छ भन्ने विषय उठिरहँदा नेपालको धेरै ठूलो भू भाग, त्यो पनि धेरै वर्ष अघि ब्रिटिसले लगेको हुँदा,फिर्ता पाउने ग्रेटर नेपालको उद्देश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यस विषयमा अध्यक्ष नेपाल भन्छन्, ‘हामीले बिना काम र चर्चाका निमित्त भू भाग मागेको हैन । नेपालले सुगौली सन्धी ब्रिटेनसँग गरेको थियो । ब्रिटेनले पछि उक्त सन्धी नै रद्द गर्दा त्यो कुरा भारतसँग लागू हुँदैन भनेको कारण हामीले यो कुरा उठाएका हौं ।
’नेपालका अनुुसार सन् १९५० को नेपाल भारत सम्बन्धको धारा ८ ले नेपाल र बेलायतले गरेका सबै सम्झौता रद्द हुन्छन् भनेको थियो । त्यसमा सुगौली सन्धी पनि पर्यो । यही सिद्धान्तमा अडिग रहेर भारतको कब्जामा रहेको ६० हजार बर्ग किलोमिटर जमिन वैधानिक रुपमा ग्रेटर नेपालले माग गरिरेहको उनले बताए ।भारतले उक्त भूू भाग ब्रिटेनले दिएको उपहार मान्ने गर्छ ।यसरी भारतले उक्त भू भाग उपहार मान्ने कुरा तथ्यमा आधारित नभएको उनले जानकार गराए । ‘इन्डिया इन्डिपिन्डेन्ट एक्ट’अनुुसार ब्रिटेनले जुन अवस्थामा आएका थियौं त्यही अवस्थामा जाँदै छौं , ब्रिटिस क्राउनले प्रयोग गरेको अधिकार इन्डियामा आउने कसैले प्रयोग गर्न पाउँदैन भनिएको थियो’, उनले थपे ।
नेपालको तुलनामा आणविक शक्ति सम्पन्न भारतले वार्ताको आधारमा नेपालको भू भाग फिर्ता दिँदैन । नदिए पनि युद्ध गर्ने क्षमता नेपालसँग छैन । यसबारेमा प्रश्न गर्दा नेपाल भन्छन्, ‘वार्ता नै भएको छैन । वार्ता त हुनुुपर्छ नि । संवाद सुुरु गर्नेवित्तिकै भारतले कि हुन्छ कि हुन्न भन्नुपर्यो । हुन्न भन्यो भने नेपालले किन भनेर प्रश्न गर्दा भारतसँग उत्तर नै छैन ।’ हाल नेपालको राजनीतिलाई तरंगित गरेको भेनेजुएला प्रकरणले नेकपाको आलोचना भइरहेको छ । यो प्रकरण ‘इन्डो प्यासेफिक’ स्ट्राटिजिसँग जोडिएको भन्दै उनले भने,‘यसमा नेपालले नेतृत्व गर्ने होइन, नेपाललाई उपयोग गर्ने हो ।
नेपालको भूमि प्रयोग गर्न अमेरिकालाई सहज हुने भयो । चीन आज प्रतिस्पर्धाको आधारमा हेर्दा आँखामा आँखा जुधाएर कुरा गर्न सक्छ । किनभने चीन साहसी छ । हतियार उठाउनु पहिला साहस चाहिन्छ । चीनको तिब्बत टुक्राउन जतिसुकै रणनीति अपनाए पनि इतिहासमा हेर्दा नेपालसँग तिब्बतको पटक पटक लडाइ भएको छ । प्रत्येक लडाईमा चीनपछाडि आएको छ । आफ्नो भू भाग बचाउनको निमित्त चीन आएको छ ।’ चीनको अभिन्न अंगको रुपमा रहेको तिब्बतलाई टुुक्राउने खेलको अभिन्न अंग भएको भन्दै उनले वास्तावमा राजनीतिक रुपमा तिब्बत र चीन नटुक्रिने दाबी गरे । उनले भने, ‘चीनको कुनै पनि क्षेत्र अमेरिकाले चाहँदैमा टुक्रिदैन ।
’भेनेजुएलाको तेलकोे सबैभदा ठूलो ग्राहक नै अमेरिका हो । तेलको धेरै भण्डार भएको मुलुुकमा भेनेजुएला पनि पर्छ । यसकै रणनीतिमा षड्यन्त्र रचेको कुुरमा कुनै शंकै नभएको उनको धारणा छ । यसबारे प्रचण्डले बोल्नुपर्ने जरुरी नभएकको भन्दै उनले प्रश्न गरे, ‘कतार, इराकमा नाकाबन्दी हुँदा नेपाल बोलेन । भेनेजुएला प्रकरणमा किन बोल्नु ? आफ्नो जमीन सुरक्षा र पीडाको बारेमा खै बोलेको ?अमेरिकालाई साम्राज्यवादी भारतलाई विस्तारवादी देश भन्दै आएका प्रचण्डले गरेका माओवादी आन्दोलन नै नाटकीय भएको उनको जिकिर छ । जनता भड्काउन, माओवादी भनेको राष्ट्रवादी हो भन्ने भ्रम फैलाउनका निमित्तमात्रै माओवादी आन्दोलन भएको उनले आरोप लगाए ।
भारतको प्रभाव चीनमा समेत भएको एक घटना उनले सुनाए । केही समयअघि चीनका एक चर्चित लेखकसँग उनको भेट भएको रहेछ । ती लेखकले चीनमा पनि भारतको ठूूलो प्रभाव रहेको बताउँदै आफ्नो किताबबाट भारतको बिरोधबारे लेखिएको च्याप्टर नै गायब पारिएको बताए । प्रकाशकसँग कुरा भएर उनकोे किताबबाट भारत बिरोधमा लेखिएको उक्त च्याप्टर नै गायब बनाइएको थियो ।ठिक यस्तै घटना नेपालमा भएको अध्यक्ष नेपालले बताए ।राष्ट्रकवि माधव प्रसाद घिमिरेको किताब किन्नर किन्नरीबाट ‘गाउँछ गीत नेपाली’ मा पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिको सामुुमा कहिले हामी झुकेथ्यौं, हामीले हिमाल उठायौंं एशियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यही साँझमा । यि चार हरफ नै हटाइएको उनले बताए ।
नेपाल टेलिभिजनमा गीत भिज्वलाइज हुँदा पनि त्यो चार पंक्ति थिएन । त्यसपछि उनले कान्तिपूर दैनिकमा यसविरुद्ध लेख नै लेखे । पछि त्यो पंक्ति थपिएर भिजुअल बनाइएको थियो । चर्चामा रहेको भेनेजुएला प्रकरणमा नेपाल जानेर या नजानेर चीन विरोधी मोर्चामा सामेल हुन गइरहेको कुरा एकदम प्रतिउत्पादक भएको उनले बताए । नेपाल सरकारले यसको गम्भीरतालाई बुझ्नुपर्ने भन्दै उनले भने, ‘हामी चीन, अमेरिका र भारतको त्रीकोणको संघर्षको मैदानमा किन मिसिने ? यो विषमा नेपल सरकार, नेपाली सेना र तमाम पार्टीहरुका् पनि ध्यान जानुपर्छ ।’स्बदेश नेपालबाट


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया