
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले निलम्बित सांसद मोहम्मद अफताम आलम निर्दाेष रहेको जिकिर गरेका छन्। पत्रकार श्रीराम पौडेलको अन्तर्वार्तामा नेता सिटौलाले आलममाथिको अभियोग अविश्वसनीय भएको टिप्पणी गरे। ‘मलाई उहाँ (आलम)ले त्यत्रो जघन्य अपराध गर्नुभयो भन्ने कुरा कदाचित विश्वास हुन सकिरहेको छैन। मेरो नजरमा उहाँ निर्दाेष हुनुहुन्छ’, सिटौलाले आफ्नो स्पष्ट धारणा सुनाए, ‘लामो समयपछि यो घटनाबारे जुन कुरा आएका छन् यसले मलाई आश्चर्यमा पारेको छ। अब अदालतको अन्तिम निर्णयलाई पर्खिनुपर्छ।’
रौतहटकै नेता माधव नेपाल प्रधानमन्त्री हुने तथा आलम मन्त्री हुँदा पनि यति ठूलो घटना लामो समयसम्म गुपचुप रहनु आफैंमा आश्चर्यको कुरा भएको उनको भनाई छ। ‘माधव नेपाल प्रधानमन्त्री हुनुभयो। उहाँकै क्याविनेटमा आलम मन्त्री हुनुभयो। साथै उहाँहरु एउटै जिल्लाको हुनुहुन्छ। यो बीचमा धेरै प्रधानमन्त्री भए, अहिले मात्रै यो मुद्दा जसरी अगाडि आयो यसले मलाई लाग्दैन कि यो घटना आलमले गरेका हुन्’, सिटौलाले भने, ‘आश्चर्य लागेको छ। सरकारले जे भन्छ त्यहीँ सत्य हुँदैन। कानून, अदालतले भन्ला।’ सरकारले अदालतमा मुद्दा लगेको र अदालतले के गर्छ अहिले भन्न नसकिने बताउँदै उनले भने, ‘अदालतको अन्तिम फैसला नभएसम्म निर्दोष आँखाले हेर्छाैं। हाम्रो पार्टीको सांसद भएकाले मेरो सहानुभूति छ।’
यो घटना हुँदा गृहमन्त्रीसमेत रहेका सिटौलाले आफूलाई कुनै जानकारी नआएको पनि दाबी गरे। ‘त्यसबेला यो घटना गृह मन्त्रालयमा आएकै छैन, अहिले मलाई सोधपुछका लागि बोलाएको छैन, बोलाउनु आवश्यक छैन जस्तो लाग्छ। किनकी यो घटना प्रहरीसँग सम्बन्धित हुन्छ’, उनले भने। नेता सिटौलाले बलात्कार प्रयासको अभियोग मुद्दा खेपिरहेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई षडयन्त्रपूर्वक फसाइएको संकेत गरे। महरालाई नर्भिक अस्पतालमा आफूले भेटेको जानकारी दिँदै गिरफ्तारी, राजीनामा, हिरासत, विरामी अवस्थामा सहानुभूति व्यक्त गरेको बताए।
‘उहाँ मेरो नजिकको मित्र हो। शान्ति प्रक्रियाका क्रममा म सरकारी वार्ता टोलीको संयोजक, उहाँ विद्रोही माओवादी टोलीको संयोजकका रुपमा विस्तृत शान्ति सम्झौता, लडाकु समायोजनमा काम गर्यौं’, उनले भने, ‘उहाँको बारेमा भन्दा सगरमाथाको शिखरमा पुगेर लात्ताले हानेर खसालेको, बाटो विराएर लडेको मान्छेजस्तो लाग्छ। आफ्नो साथी अप्ठेरोमा पर्दा भेट्न गए। मानवीय कर्तव्य निर्वाह पुरा गरे।
नेता सिटौलाले महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा दुःख लागेको बताए। ‘त्यो घटनामा हो र होइन भन्ने एकिन गर्ने आधार छैन। जसरी महिलाको बयानबाजी वक्तव्य फरक फरक ढंगले आइरहेको छ, त्यसबाट विश्वास गर्ने आधार छैन। अदालतमा पनि महिलाको बयान टेस्ट होला। बकपत्र गराउला। बाँकी अदालतले भन्ला’, उनले भने। महराले गल्ती गरेको र षडयन्त्रपूर्वक फसाइएको कुरा आफूले सोच्न नसकिरहेको भन्दै सिटौलाले थपे, ‘गल्ती हो भने कसरी गर्नुभयो होला? षडयन्त्र हो भने यत्रो दुइतिहाइ कम्युनिस्ट सरकार छ?’, उनले प्रश्न गरे, ‘तर पनि उहाँप्रति मेरो सहानुभूति छ।’


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया