
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन । उनको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । यसै आधारलाई मानेर पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ४४ औं जन्मदिन साथि भाई इस्टमित्र आफन्तका साथ मनाउँदैछिन् । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो ।
उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् । उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् ।
त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे ,‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’
आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’
निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’
पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरे । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने,‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’
पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताए । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ ।‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’
सोनिका पारस सम्बन्ध
केही दिनयता पूर्वयुवराज पारस शाह र सोनिकाबीचको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । पोखरामा खिचिएको भनिएको भिडियोमा पारस बाइकमा बसेका छन् । उनले देशमा कुनै वादी नभएको र आफूलाई राजवादी नभन्न भनेको भिडियोमा सुन्न सकिन्छ । यसो भनिरहँदा पारसको मोटरसाइकलको पछाडि सोनिका आएर बस्छिन् र पासरले बाइक हुइँकाउँछन् ।
यो भिडियो एकाएक भाइरल भएसँगै सामाजिक सञ्जालमा पारस ट्रोल भइरहेका छन् । पारस ट्रोलको शिकार बन्नुको पछाडि उनका यसअघिका हर्कत हुन् । उनी थाइल्याण्डमा रहँदा थाइ महिलासँग जोडिएका थिए भने नेपालमा पनि उनका विभिन्न काण्डहरु सार्वजनिक भएका थिए ।
पछिल्लो चरण सोनिकासँगको प्रकरण बाहिरिएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई ट्रोल गरिरहेका हुन् । सोनिकाले भने आफू र पारस तीन महिनादेखि नजिक रहेको प्रतिक्रिया स्वीकारेकी छिन् । खबरहबसँगको कुराकानीमा सोनिकाले पारस र आफ्नो सम्बन्ध एक अभिभावक जस्तै भएको प्रतिक्रिया दिएकी छिन् ।
त्यस्तै पूर्व युवराज पारस शाहको आनीबानीले परिवारका सदस्यहरु आजित बनेका छन् । पारस पत्नी हिमानी शाह र छोराछोरीहरुको छवि लोकप्रिय बनिरहेका बेला पारसको उदण्ड स्वभावले उनीहरुलाई पनि असर गर्ने हो कि भन्ने चिन्तामा पूर्व राजपरिवार रहेको छ ।
यता पारसले भने ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? ‘म राजा बन्दिनँ, अब साधु बन्छु’भन्दै जोगी जीवन बिताएको दाबी गरिरहेका छन् । पारसको यसकिसिमको उदण्ड शैलीप्रति उनीहरु आजित बनेका हुन् । उनीहरु चिन्तित पनि त्यत्तिकै छन् । सन्ततिहरुले पारसको यस किसिमको पाठ नसिकुन् भनेर छोराछोरीलाई अलग राखिएको स्रोतले जनाएको छ ।
पारसको विगतभन्दा वर्तमान झन बर्बादीतिर धकिलिएको भन्दै परिवारका सदस्यहरुलाई पारसबाट अलग्गै राखिएको हो । पछिल्लो पटक युट्युबर सोनिकासँग हिमचिम बढेको विषयलाई लिएर यस्तो हर्कद गर्न नहुने राजाबादीहरु बताउँछन् । राजसंस्थाप्रति सहानुभूति राख्नेहरुले पनि पारसको उदण्डताले पूर्व राजाप्रति बढ्दो समर्थनमा धक्का पुग्नेतर्फ सचेत गराएका छन् ।
पूर्व राजपरिवारमा पारसलाई हृदयन्द्रबाट टाढा राखिएको छ । पारसको बानीकै कारण लामो समयदेखि पत्नी हिमानी पनि टाढा छिन् । हिमानी समाजसेवामा सक्रिय छिन् । उनको समाजमा लोकप्रियता बढ्दो छ । हिमानीले छोरा हृदयन्द्रलाई साथमा लिएर परोपकारी काम सिकाइरहेकी छिन् । छोरी पूर्णिका शाह र किर्तिका शाह पनि परोपकारी काममा लागिरहेका छन् ।
आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसले बताएका छन् । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’
निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ।’
पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ खबरहब बाट


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया