
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाण्डौं ।नेपालीको दोश्रो ठूलो चाड तिहार अगावै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । परिस्थितमा केही ठूलै फेरबदल नआए वर्तमान सरकारका धेरैजसो मन्त्री तिहारअघि नै सरकारबाट बाहिरिने करिब निश्चितजस्तै छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठनबारे सहमति भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली नयाँ मन्त्रिपरिषदका सदस्यहरुको सपथ गराएर मात्र आगामी कात्तिक पहिलो साता हुने असंलग्न राष्ट्रहरुको बैठकमा सहभागी हुन अजरबैजान जाने मनस्थितिमा छन् ।यसअघि पनि पटकपटक मन्त्रिपरिषद पुनर्गठनको हल्ला चल्दै आएको थियो । तर, नेकपाभित्रको आन्तरिक समीकरणका कारण प्रधानमन्त्री ओलीले निर्णय लिन सकेका थिएनन् । यसपटक भने मन्त्रिपरिषदको पुनर्गठन हुने निश्चित रहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।
सबैलाई राजीनामा गराउने वा केहीलाई हटाउने ?
स्रोतका अनुसार मन्त्रिपरिषद विस्तार कसरी गर्ने भन्नेमा शीर्ष नेतृत्व तहमा छलफल भइरहेको छ । एउटा कोणबाट सबैलाई राजीनामा गर्न लगाएर नयाँ ल्याउने र अर्को कोणबाट कार्यक्षमता कमजोर भएका र सुशासनका मामिलामा कमजोर केहीलाई मात्र हटाउनुपर्ने भन्ने विचार आइरहेको नेकपाका एक सचिवालय सदस्यले काठमाण्डुटुडेलाई जानकारी दिए ।
केहीलाई मात्र हटाउँदा उनीहरुमाथि ‘कारबाही’ गरिएको सन्देश जाने र राजनीतिक ‘करियर’ बिग्रिन सक्ने भएकाले सबैलाई राजीनामा गराउने र पूरानामध्येबाट केहीलाई पुनः मन्त्री बनाउने विकल्प प्रधानमन्त्री ओलीले अघि सारेका छन् । प्रधानमन्त्री ओली अहिलेका सबै मन्त्री बिदा गर्ने सोचमा छन् । सरकारबाहिर रहेका नेकपाका कतिपय नेता पनि सबैलाई बिदा गर्नुपर्नेमा एकमत छन् ।
स्रोतका अनुसार प्रचण्डले भने आधा कार्यकालपछि सरकारको नेतृत्व परिवर्तन गर्ने दुई पार्टी एकताका बेलाको सहमतिअनुरुप वर्तमान प्रधानमन्त्री र मन्त्रीहरु एकैपटक बिदा हुँदा राम्रो हुने सोचमा छन् । त्यसैले उनले सबैलाई राजीनामा गराएर नयाँलाई ल्याउने विकल्पमा सहमति जनाएका छैनन् ।
प्रधानमन्त्रीले काम गर्न सहहज ठानेका र जनताबाट आलोचित केहीलाई हटाउनुपर्ने प्रस्ताव उनको छ । ‘सबैलाई हटाउने होइन, प्रधानमन्त्रीसँग ‘स्प्रिट’ नमिल्ने र जनस्तरबाटै आलोचित भएकाहरुलाई हटाएर बाँकी सबै आधा कार्यकालमा एकैपटक बिदा हुँदा राम्रो हुन्छ भन्ने उहाँको भनाइ छ’, प्रचण्डका एक निकट सहयोगीले काठमाण्डुटुडेसँग भने । यद्यपि जसरी भए पनि मन्त्रिपरिषद पुनर्गठन गर्ने भन्नेमा चाहिं दुवै नेता सहमत भएका छन् । पार्टी सचिवालय बैठक डाकेर केही दिनमै त्यसबारे निर्णयमा पुग्ने तयारी छ । काठमाण्डौं टुडेबाट साभार


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया