
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
ललितपुर,। वैदेशिक रोजगार विभागअन्तर्गत ई.पी.एस. कोरिया शाखा, ग्वार्को, ललितपुरले EPS-TOPIK 2026 अन्तर्गत Point Based Selection System को पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले जारी गरेको सूचनाअनुसार आवेदन दर्ता आगामी साउन ११ गतेदेखि साउन १७ गतेसम्म (जुलाई २७ देखि अगस्ट २, २०२६) अनलाइनमार्फत गर्न सकिनेछ। आवेदन eoers.epsnepal.gov.np वेबसाइटमार्फत भर्नुपर्ने व्यवस्था गरिएको छ।
सूचनाअनुसार पहिलो चरणको भाषा परीक्षाबाट कुल ७ हजार २०० जना उम्मेदवार छनोट गरिनेछन्। क्षेत्रगत रूपमा उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जना उत्तीर्ण गराइने जनाइएको छ।
परीक्षार्थीले एक व्यक्तिले एक क्षेत्र मात्र रोज्न पाउनेछन् भने पहिलो चरण उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन। भाषा परीक्षा उत्तीर्ण उम्मेदवारले दोस्रो चरणको Skill Test र Job Capacity Assessment मा पनि सहभागी हुनुपर्नेछ।
उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने, फौजदारी अभियोगमा सजाय नपाएको तथा दक्षिण कोरियाबाट गैरकानुनी रूपमा फिर्ता नभएको हुनुपर्ने जस्ता योग्यता तोकिएको छ। साथै, Color Blindness वा Color Weakness नभएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ।
परीक्षा UBT (Ubiquitous Based Test) प्रणालीमार्फत भैंसेपाटी, ललितपुरस्थित UBT भवनमा सञ्चालन हुनेछ। परीक्षा पाँच सिफ्टमा हुने र प्रत्येक सिफ्टमा २५ मिनेट Reading तथा २५ मिनेट Listening परीक्षा लिइनेछ।
आवेदन फारम भर्दा राहदानीको फोटो भएको पृष्ठको JPG प्रतिलिपि, इमेल ठेगाना, मोबाइल नम्बर तथा ३.५ x ४.५ से.मी.को सेतो पृष्ठभूमि भएको पासपोर्ट साइज फोटो अपलोड गर्नुपर्नेछ। परीक्षा शुल्क २८ अमेरिकी डलर तोकिएको छ, जुन अनलाइनमार्फत नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिनेछ।
परीक्षाको नतिजा HRD Korea बाट सूचना प्राप्त भएपछि सार्वजनिक गरिने विभागले जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया