
१पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
९जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१२अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
६फेरि किन भयो ग्यास अभाव ?
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१२विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
पर्वत। पर्वतको महाशिला गाउँपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। विं.स. २०७४ साल असार २५ गते सम्पन्न पहिलो गाउँसभाको अवसर परेर मंगलबार पालिकाको स्थापना दिवस मनाईएको हो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाको विकास यात्रा, उपलब्धि तथा आगामी योजनाबारे समीक्षा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका संस्थापक अध्यक्ष राजुप्रसाद पौडेलले स्थानीय तह स्थापनापछिको अवधिमा महाशिलाले उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै विकास निर्माण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाको स्थापना र विकास यात्रामा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले महाशिलालाई कृषि, पर्यटन, शिक्षा र पूर्वाधार विकासको केन्द्रका रूपमा स्थापित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले जनताको अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाह र समृद्ध गाउँपालिकाको निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । विं.स २०७४ असार २५ गते महाशिला गाउँलिकाको ऐतिहासिक प्रथम गाउँसभा सम्पन्न भएको थियोे । सोही दिनलाई स्मरण गर्दै असार २५ गतेलाई गाउँपालिकाको स्थापना दिवस मनाउनको लागि गाउँपालिकाको २० औं गाउँसभाबाट निर्णय भए बमोजिम स्थापना दिवस मनाइएको भुसालले बताउनुभयो ।गाउँपालिकाका उपाध्यक्ष धनसुबा बिकले समावेशी विकास, सामाजिक न्याय र नागरिक सहभागितालाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले महिला, दलित, ज्येष्ठ नागरिक तथा पछाडि पारिएका समुदायको सशक्तीकरणमार्फत समतामूलक समाज निर्माणमा गाउँपालिका केन्द्रित रहेको धारणा राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा उत्तरदायी कार्यशैलीले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पारदर्शी, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाहलाई निरन्तरता दिइरहने बताउनुभयो । कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ५ का पुर्व वडा अध्यक्ष जीवन उचै ठकुरी, वडा नं. ५ का अध्यक्ष चन्द्र बहादुर मल्ल,रास्वपा महाशिला सभापति घैलेन्द्र केसी, नेकपा एमाले महाशिलाका अध्यक्ष एक बहादुर हमाल, नेपाली काँग्रेस महाशिलाका सचीव द्रोणराज पौडेल, पालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय,मदन आश्रति माबिका प्रधानाध्यापक खड्का बहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने पालिका तथा वडा कार्यालयका कर्मचारीहरु तथा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कृषकहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नर बहादुर बरालले गर्नुभएको थियोे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

प्रतिक्रिया