
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
खुर्कोट,पर्वत । सत्य महाकाली भगवती मन्दिरको जग्गामा सडक खन्ने क्रममा भएको विवादले निकास पाएको छ । कुश्मा नगरपालिका वडा न २ साविक खुर्कोट ८ मा पर्ने उक्त सडकको वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाको मध्यस्ततामा निकास निस्केको हो अमलावुटामुनी देखि धनसारे सम्म गोरेटो वाटो निर्माण गर्ने क्षेत्र नजिक पर्ने र मन्दिरको जग्गा धेरै जाने भएकाले मन्दिर संचालक समितिले वडा कार्यलयमा वाटो निर्माण गर्ने कार्य रोक्का गर्न निवेदन दिएका थिए । तर वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाको सल्लाहमा काउरोटा, पात्रेढुड्गा,गैरा धनसारे टोल हुदै सडक ल्याएमा निकास दिन मन्दिर समितलाई आग्रह गर्ने वताए पछि सोहि अनुसार सडक निर्माण कार्य अगाडी वढाईएको थियो ।
सडक निर्माण कार्य अगाडी वढ्दै जांदा मन्दिरको जग्गामा आएपछि वडा अध्यक्षको सल्लाह वमोजिम मन्दिर संचालक समितिले निर्णय गरि निकासदिनु पुर्व नै सडक निर्माण अगाडी वढाएकाले विवाद सृजना भएको थियो । उक्त विवादलाइृ असार १५ गते वडा कार्यालयमा भेला गरि सडक निर्माणमा अगुवाई गर्ने वडा सदस्य क्षेत्रवहादुर क्षत्री र मन्दिर संचालक समिति विच वडा अध्यक्षको मध्यक्षतामा सडक निर्माणकार्यलाई मन्दिरको जग्गा र व्यक्तिको जग्गा वरावर हुनेगरि अगाडी वढाउने सहमती भए वमोजिम आज निर्माण कार्य अगाडी वढाईएको हो । सडकको दायांवांया पर्ने घरहरु जोगाएर निर्माण कार्य अगाडी वढाउने सहमती भए वमोजिम निर्माण कार्य अगाडी वढेको छ ।
सडक निर्माण गर्ने कार्य वर्षयामकाके सिजनमा भएको र वजेट पनि कम भएकाले पानीको निकास र जोखिममा परेका घरहरु जोगाउन गाह्रोहुने देखिएको छ । आगामी आर्थिक वर्षमा थप वजेट विनियोजन गरि हिउदको समयमा निर्माण कार्य पुरा गर्नुपर्ने वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले वताउनु भयो । वडा कार्यलयवाट आगामी वर्षमा केहि वजेट विनियोजन गर्न सकिने धाराणा राख्दै वडा कार्यालयको पहलमा नयां ट्याक निर्माण भएकाले त्यसको दिगो विकासका लागी सवैले सहयोग गर्नुपर्ने वताउनु भयो ।
सडक निर्माणमा सत्य महाकाली मन्दिर संचालक समितिको पनि निकास नदिने भन्ने कुनै कुरा नभएको र अव कसैको पनि विवाद नभएकाले सडक निर्माण कार्यलाई सवैको सल्लाहमा अगाडी वढाउनुपर्ने वताउनु भयो । वर्षाको समय भएकाले सडकलाई सकभर पानीको निकास दिनेगरि निर्माण कार्य अगाडी वढाउनुपर्ने मन्दिर संचालक समितिका सचिव ठाकुर वहादुर क्षेत्रीले वताउनु भयो । क्षेत्रीले असार १५ गते वडा कार्यालयमा भएको संझौता सवैले पालना गर्नुपर्ने वताउदै सडक निर्माण संगै मन्दिरको गरिमालाई पनि जोगाउनुपर्ने वताउनु भयो ।

प्रतिक्रिया