News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६

    पर्वत । कुश्मा नगरपालिकास्थित शिवालय गुठी परिसरमा रहेको करिब दुई सय वर्ष पुरानो ऐतिहासिक इनारको उत्खनन तथा संरक्षण कार्य सुरु गरिएको छ। लामो समयदेखि कंक्रिटको ढलानले पुरिएको इनारलाई पुनः पुरानै स्वरूपमा संरक्षण गर्न थालिएको हो।

    कुश्मा नगरपालिका–६ शिवालयचोक नजिक रहेको करिब ५० फिट गहिरो इनार विगतमा कुश्मा बजारवासीको प्रमुख खानेपानीको स्रोत थियो। स्थानीयका अनुसार २०४५ सालसम्म यसै इनारको पानी पिउने गरिएको थियो भने सार्वजनिक धाराको सुविधा विस्तार भएपछि यसको प्रयोग घट्दै गएको थियो। पछि जोखिमको कारण देखाउँदै इनारलाई कंक्रिटले पुरिएको थियो।

    इनार ठूलो छपनी ढुंगाले निर्माण गरिएको छ भने भित्र ढुंगाका सिँढीसमेत रहेको पाइएको छ। स्थानीय इतिहासअनुसार प्राचीन समयमा खरेहाबाट कुलोमार्फत पानी ल्याई इनारमा जम्मा गरिन्थ्यो। मुक्तिनाथ जाने साधुसन्तहरूले समेत यही इनारको पानी प्रयोग गर्ने गरेको इतिहास रहेको बताइन्छ।

    कुश्मा नगरपालिका–६ का वडा अध्यक्ष ईश्वर गिरीका अनुसार जिल्लाको ऐतिहासिक सम्पदा जोगाउने उद्देश्यले ८ लाख रुपैयाँको लागतमा इनारको पुनर्निर्माण तथा संरक्षणको काम सुरु गरिएको हो। स्थानीयले पनि ऐतिहासिक सम्पदाको संरक्षणले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ