
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा सम्पन्न गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा तनहुँ जिल्ला समग्रतर्फ प्रथम भएको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तनहुँले ३ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा पार्यो। स्याङ्जाले २ स्वर्ण र १ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दा आयोजक पर्वतले २ रजत र १ कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ।
प्रतियोगितामा म्याग्दी र कास्की संयुक्त रूपमा चौथो, नवलपुर पाँचौं, बागलुङ छैटौं, लमजुङ सातौं तथा मुस्ताङ आठौं स्थानमा रहेका छन्।
जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंगबहादुर पुन (बुद्ध) ले प्रतियोगिताले गण्डकी प्रदेशमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच अनुभव आदान–प्रदान तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित, गुणस्तरीय र प्रभावकारी रूपमा सञ्चालन गर्दै खेलाडी उत्पादनमा जोड दिइने विश्वास व्यक्त गर्नुभयो।
समितिका उपाध्यक्ष राजन गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशका जिल्लाहरूबीच खेलकुद सम्बन्ध थप सुदृढ बनाएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीहरूको पहिचान, क्षमता अभिवृद्धि र राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा अझ व्यापक सहभागितासहित प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, निर्णायक, स्वयंसेवक, प्रायोजक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
युवा ब्याडमिन्टन खेलाडी सुनिल थापाका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। उहाँले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको जानकारी दिनुभयो।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताले प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीहरूबीच आपसी सम्बन्ध विस्तार तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया