
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । मोदी गाउँपालिकाले सञ्चालन गरेको तिलाहार बोरिङ खानेपानी आयोजना सफल भएको छ। गाउँपालिकाकै पहिलो बोरिङ प्रविधिमा आधारित खानेपानी आयोजनाबाट करिब १६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका तिलाहारका स्थानीयका लागि आयोजना महत्वपूर्ण उपलब्धि बनेको छ। परम्परागत मुहान सुक्दै जानु, सुक्खायाममा पानीको चरम अभाव हुनु तथा जलवायु परिवर्तनका कारण बढ्दो खानेपानी संकटलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको उपयोग गरी आयोजना सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु स्थानीय सरकारको पहिलो दायित्व भएको बताउनुभयो। तिलाहार बोरिङ खानेपानी आयोजना ‘एक घर–एक धारा’ अभियानको महत्वपूर्ण सफलता भएको उल्लेख गर्दै उहाँले खानेपानी नागरिकको आधारभूत आवश्यकता मात्र नभई आधारभूत अधिकार पनि भएकाले गाउँपालिकाले यस क्षेत्रमा निरन्तर लगानी गरिरहेको बताउनुभयो।
उहाँले तिलाहारमा बोरिङमार्फत सफलतापूर्वक पानी निकाल्न सफल हुनु गाउँपालिकाका लागि ठूलो उपलब्धि भएको बताउँदै आवश्यकता र सम्भाव्यताका आधारमा अन्य खानेपानी संकटग्रस्त बस्तीमा पनि यस्ता दिगो योजना विस्तार गरिने बताउनुभयो।
गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले तिलाहारको वर्षौंदेखिको खानेपानी समस्या समाधानतर्फ आयोजना प्रभावकारी बनेको बताउनुभयो। सुरक्षित खानेपानीले स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने भन्दै स्थानीय सरकार नागरिकको दैनिक आवश्यकतासँग प्रत्यक्ष जोडिएका योजनालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले प्राविधिक अध्ययनपछि तिलाहार क्षेत्रमा पर्याप्त भूमिगत जलस्रोत रहेको पुष्टि भएपछि बोरिङमार्फत पानी निकाल्ने योजना अघि बढाइएको बताउनुभयो। परीक्षण सफल भएसँगै अब करिब १६० घरधुरीले नियमित र सुरक्षित खानेपानी सुविधा प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार बोरिङ प्रविधिबाट प्राप्त पानीले वर्षायाम र सुक्खायाम दुवै समयमा नियमित आपूर्ति गर्न सक्ने भएकाले परम्परागत मुहानमा निर्भरता घट्ने अपेक्षा गरिएको छ। यससँगै खानेपानी अभावका कारण दैनिक घण्टौँ समय पानी बोक्नुपर्ने स्थानीय महिला, ज्येष्ठ नागरिक र बालबालिकाले राहत महसुस गर्ने विश्वास गरिएको छ।
मोदी गाउँपालिकाले सुरक्षित खानेपानीलाई विकासको आधारभूत पूर्वाधारका रूपमा प्राथमिकता दिँदै मुहान सुक्दै गएका तथा खानेपानी संकट भएका अन्य बस्तीमा पनि बोरिङसहित वैकल्पिक प्रविधिमा आधारित आयो


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया