
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
मिन राज अबिरल कुश्मा, पर्वत — प्रदेश अस्पताल कुश्मा, पर्वतको आयोजनामा सिन्टिनल साइटमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि EWARS (Early Warning, Alert and Response System) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
असार १७ गते प्रदेश अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परिवार शिव, मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. ढुन्डिराज पौडेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सिन्टिनल साइटमा कार्यरत स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा रिपोर्टिङ, सम्भावित महामारीको पूर्वचेतावनी तथा प्रभावकारी प्रतिकार्यका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, रोग निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउँदै जनस्वास्थ्य सुरक्षामा स्वास्थ्यकर्मीहरूको भूमिका थप सुदृढ बनाउने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा अध्यक्ष तथा मेसु डा. ढुन्डिराज पौडेलले जनस्वास्थ्य सुरक्षाका लागि प्रभावकारी रोग निगरानी प्रणाली अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले प्रदेश अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा जनस्वास्थ्य सुदृढीकरणका लागि यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
अस्पतालका सूचना अधिकारी प्रकाश शर्माका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै रोगको समयमै पहिचान, निगरानी र नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया