
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । वर्षौंदेखि आफ्नै ओत लाग्ने ठाउँविना कष्टकर जीवन बिताइरहेका पर्वतको मोदी गाउँपालिका–८ का पूर्ण अपाङ्गता भएका सुकुम्बासी वैषलाल कामीको परिवारका लागि स्थायी बसोबासको आधार तयार भएको छ। सामाजिक अभियन्ता तथा कलाकार आरसी पौडेलको नेतृत्व, सामाजिक अभियन्ता दीपक सुनारको सहकार्य तथा देश–विदेशमा रहेका सहयोगी मनहरूको साथबाट वैषलालका लागि जग्गा खरिद गरिएको हो।
शारीरिक रूपमा पूर्ण असक्त वैषलालसँग ११ वर्षीय छोरा र ७५ वर्षीया वृद्ध आमा छन्। लामो समयदेखि मामाघरमा आश्रित जीवन बिताउँदै आएका उनी पारिवारिक परिस्थितिका कारण त्यहाँबाट समेत विस्थापित हुने अवस्थामा पुगेका थिए। उनको दयनीय अवस्था सार्वजनिक भएपछि कलाकार तथा सामाजिक अभियन्ता आरसी पौडेलको अगुवाइमा सहयोग अभियान सुरु गरिएको थियो।
पौडेलको आह्वानमा पर्वत समाज जापान तथा देश–विदेशमा रहेका विभिन्न सामाजिक अभियन्ता र सहयोगीहरू एकजुट भई आर्थिक सहयोग जुटाएका थिए। उक्त सहयोगबाट कुल १ लाख ६० हजार रुपैयाँ लागतमा मोदी गाउँपालिकाको मल्काहा क्षेत्रमा वैषलालका लागि उपयुक्त जग्गा खरिद गरिएको छ।
खरिद गरिएको जग्गा स्थानीय नन्दलाल पाहीको नामबाट ५२ वर्षीय वैषलाल कामीको नाममा नामसारी गर्ने गरी दुवै पक्षबीच कानुनी तमसुक (कागजात) सम्पन्न भइसकेको छ। जग्गाको उत्तरतर्फ मोटरबाटो, दक्षिणतर्फ कल्पना विकको जग्गा, पूर्वतर्फ देवीप्रसाद पौडेलको जग्गा तथा पश्चिमतर्फ कल्पना विकको घर जाने बाटो रहेको छ।
तमसुकअनुसार मालपोत कार्यालयमार्फत नामसारी प्रक्रिया अगाडि बढाइनेछ। नामसारीको सम्पूर्ण प्रक्रिया पूरा हुनुअघि नै आपसी सहमतिअनुसार वैषलालले उक्त जग्गामा घर निर्माणको काम सुरु गर्न पाउने व्यवस्था गरिएको छ। यससँगै वर्षायामअघि नै परिवारले आफ्नै सुरक्षित बासस्थान पाउने अपेक्षा गरिएको छ।
उक्त कार्यका रोहवर तथा साक्षीका रूपमा यदुप्रसाद पौडेल, डण्डपानी शर्मा, रामप्रसाद शर्मा, लक्ष्मी विश्वकर्मा, निरु सुनार, दीपक सुनार, सन्दीप नेपालीलगायत स्थानीय व्यक्तिहरू रहेका छन्।
राज्यका जिम्मेवार निकायबाट बेवास्ता भएको अवस्थामा सामाजिक स्तरबाट भएको यस पहलले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको छ। आफ्नो नाममा जग्गा प्राप्त भएपछि वैषलाल कामी र उनका परिवारले भावुक हुँदै अभियानका नेतृत्वकर्ता आरसी पौडेल, पर्वत समाज जापान तथा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेका छन्।
अब वैषलालको परिवारका लागि घर निर्माणको अभियान अघि बढाइने र सुरक्षित बसोबासको व्यवस्था सुनिश्चित गर्न थप पहल गरिने जनाइएको छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया