
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । वर्षौंदेखि आफ्नै ओत लाग्ने ठाउँविना कष्टकर जीवन बिताइरहेका पर्वतको मोदी गाउँपालिका–८ का पूर्ण अपाङ्गता भएका सुकुम्बासी वैषलाल कामीको परिवारका लागि स्थायी बसोबासको आधार तयार भएको छ। सामाजिक अभियन्ता तथा कलाकार आरसी पौडेलको नेतृत्व, सामाजिक अभियन्ता दीपक सुनारको सहकार्य तथा देश–विदेशमा रहेका सहयोगी मनहरूको साथबाट वैषलालका लागि जग्गा खरिद गरिएको हो।
शारीरिक रूपमा पूर्ण असक्त वैषलालसँग ११ वर्षीय छोरा र ७५ वर्षीया वृद्ध आमा छन्। लामो समयदेखि मामाघरमा आश्रित जीवन बिताउँदै आएका उनी पारिवारिक परिस्थितिका कारण त्यहाँबाट समेत विस्थापित हुने अवस्थामा पुगेका थिए। उनको दयनीय अवस्था सार्वजनिक भएपछि कलाकार तथा सामाजिक अभियन्ता आरसी पौडेलको अगुवाइमा सहयोग अभियान सुरु गरिएको थियो।
पौडेलको आह्वानमा पर्वत समाज जापान तथा देश–विदेशमा रहेका विभिन्न सामाजिक अभियन्ता र सहयोगीहरू एकजुट भई आर्थिक सहयोग जुटाएका थिए। उक्त सहयोगबाट कुल १ लाख ६० हजार रुपैयाँ लागतमा मोदी गाउँपालिकाको मल्काहा क्षेत्रमा वैषलालका लागि उपयुक्त जग्गा खरिद गरिएको छ।
खरिद गरिएको जग्गा स्थानीय नन्दलाल पाहीको नामबाट ५२ वर्षीय वैषलाल कामीको नाममा नामसारी गर्ने गरी दुवै पक्षबीच कानुनी तमसुक (कागजात) सम्पन्न भइसकेको छ। जग्गाको उत्तरतर्फ मोटरबाटो, दक्षिणतर्फ कल्पना विकको जग्गा, पूर्वतर्फ देवीप्रसाद पौडेलको जग्गा तथा पश्चिमतर्फ कल्पना विकको घर जाने बाटो रहेको छ।
तमसुकअनुसार मालपोत कार्यालयमार्फत नामसारी प्रक्रिया अगाडि बढाइनेछ। नामसारीको सम्पूर्ण प्रक्रिया पूरा हुनुअघि नै आपसी सहमतिअनुसार वैषलालले उक्त जग्गामा घर निर्माणको काम सुरु गर्न पाउने व्यवस्था गरिएको छ। यससँगै वर्षायामअघि नै परिवारले आफ्नै सुरक्षित बासस्थान पाउने अपेक्षा गरिएको छ।
उक्त कार्यका रोहवर तथा साक्षीका रूपमा यदुप्रसाद पौडेल, डण्डपानी शर्मा, रामप्रसाद शर्मा, लक्ष्मी विश्वकर्मा, निरु सुनार, दीपक सुनार, सन्दीप नेपालीलगायत स्थानीय व्यक्तिहरू रहेका छन्।
राज्यका जिम्मेवार निकायबाट बेवास्ता भएको अवस्थामा सामाजिक स्तरबाट भएको यस पहलले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको छ। आफ्नो नाममा जग्गा प्राप्त भएपछि वैषलाल कामी र उनका परिवारले भावुक हुँदै अभियानका नेतृत्वकर्ता आरसी पौडेल, पर्वत समाज जापान तथा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेका छन्।
अब वैषलालको परिवारका लागि घर निर्माणको अभियान अघि बढाइने र सुरक्षित बसोबासको व्यवस्था सुनिश्चित गर्न थप पहल गरिने जनाइएको छ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया