
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा। नमस्ते ब्याण्डले ३७ औं वार्षिक उत्सव र नेपाल जापान मैत्री सम्बन्ध ७० वर्षको उपलक्ष्यमा १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ ।
विगत ३६ वर्षदेखि नेपालमा मात्र नभएर विश्वमा नै एक अमिट छाप राख्न सफल भएको नमस्ते ब्याण्डले फागुन १ गते काठमाडौँमा, फागुन ३ गते आईतबार लेकसाईड पोखरामा र मार्च महिनामा जापानको टोकियोमा महाशिवरात्रीको छेको पारी सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको संयोजक एवम् नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङले जानकारी दिएका छन ।
नमस्ते ब्याण्डले महाशिवरात्री पर्वको अवसरमा आयोजना गर्ने विश्व संगीत महोत्सवको यो १९ औं संस्करण हो । फागुन ३ गते साँझ ६ बजेदेखि पोखराको लेकसाईडमा आतिसबाजी, शिवधुनी सहित नमस्ते ब्याण्डसँगै राजु लामा एण्ड मंगोलिएन हर्ट, राजेश पायल राई, दिप श्रेष्ठ लगायतको प्रस्तुति रहने उनले जानकारी गराए । नेपाल सहित अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ बताइएको छ ।
महाशिवरात्रीको अवसरमा ब्याण्डले निरन्तर कार्यक्रम विश्वसंगीत महोत्सव गर्दै आएको छ । नेपाल तथा जापानका विभिन्न ठाउँमा हुने सांगितिक महोत्सवमा दशर्कको व्यापक सहभागीता रहने अपेक्षा
गुरुङको छ । ५० को दशकमा पोखराका पप ब्याण्डको सक्रियता र चर्चाका कारण नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण उपस्थिति रहेको स्मरण गर्दै पुनः पोखराको सांगीतिक क्षेत्र पुरानै अवस्थामा फर्कन सक्ने आशा थपिएको उनले बताए ।
महोत्सव अवलोकनका लागि एक सय र दुई सयको टिकट राखिएको छ । महोत्सवले पोखराको सांस्कृतिक उचाईलाई थप मजबुत बनाउने आशा गरिएको छ । पोखराको नै ब्याण्ड भएकाले उक्त महोत्सवलाई सफल पार्न पोखरेलीको साथ रहनेमा आयोजक आशावादी देखिन्छ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सुरेश सुनारले गरेका थिए ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया