
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले गणेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।
काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार भएको अधिवेशनले अध्यक्षमा पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका गणेश शर्मा, उपाध्यक्षमा फलेवास नगरपालिकाका ७ लिमिठानाका इश्वरी पन्त, महासचिवमा कुश्मा १३ का टिकाराम कार्की, कोषाध्यक्षमा फलेवास नगरपालिका वडा नं ४ का सुरेन्द्र तिवारी, सचिवमा कुश्मा नगरपालिका वडा नं ३ का अशोक पौडेल निर्वाचित हुनुभयो।
त्यसैगरी सदस्यहरुमा मोदी गाउँपालिका वडा नं ५, बाजुङका बन्दना ढकाल, मोदी ७ राम्जाका प्रकाश गौतम, कुश्मा ४ का रामचन्द्र श्रेष्ठ, जलजला गाउँपालिका ४ का मनिष सुवेदी, फलेवास नगरपालिकाका ७ गोपाल पौडेल, महाशिला गाउँपालिकाका भिमप्रसाद शर्मा र बिहानी गाउँपालिकाका प्रकाश कुमार पाण्डे निर्वाचित हुनुभयो।
समाजले आफ्नो साधरणसभा तथा अधिवेशनको अवसरमा प्रकाशित पर्वत चिनारी विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गरेको थियो।पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको सम्पादन मण्डलका संयोजक देवेन्द्र लामिछानेले जानकारी दिनुभयो। पुस्तकको विमोचन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना र समाजका अध्यक्ष गणेश शर्माले संयुक्तर रुपमा गर्नुभएको थियो।
त्यसैगरी सोही कार्यक्रममा समाजले पर्वतको मोदी गाउँपालिका ६ गिज्यानका स्थानीय प्रा.डा तेजबहादुर सिंह महतलाई ‘पर्वत विशिष्ट व्यक्तित्व सम्मान’, फलेवास नगरपालिका वडा नं ५ खानीगाउँका स्थानीय भोलानाथ शर्मालाई ‘पर्वत शिक्षा सेवा सम्मान’, जलजला गाउँपालिका वडा नं ३ माझफाँटका स्थानीय टेकबहादुर जिसीलाई ‘पर्वत समाज सेवा सम्मान’ र फलेवास नगरपालिका वडा नं ६, देवीस्थानका स्थानीय विनोद भुषाललाई ‘कृषि तथा उद्यम सम्मान’ प्रदान गरेको थियो।
समाजले सम्मानका लागि व्यक्ति छनौटलाई निस्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।उक्त समितिको सदस्यमा उच्च अदालतका पूर्व न्यायधीस जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहनुभएको थियो।
सम्मानका विधा र मापदण्ड समाजसँगको परामर्शमा समितिले निर्धारण गरेको थियो।जसअनुसार विशिष्ट व्यक्तित्व सम्मान छनौट समितिले पर्वतमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका व्यक्ति मध्येबाट छनौट गरेको हो।
त्यसैगरी पर्वत शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिस भएका उम्मेदवार मध्यबाट पर्वत जिल्लाका लागि पुर्याएको योगदानको मूल्याङ्कनका आधारमा छनोट गरिएको समाजका सदस्य अशोक पौडेलले कार्यक्रममा जानकारी दिनुभयो।
कार्यक्रममा पर्वत जिल्लाबाट काठमाडौं आएर बसोबास गर्दै आउनुभएका ३०० भन्दाबढी उपस्थिति पर्वतेलीको रहेको थियो।
त्यसैगरी पर्वतबाट फागुन २१ गते हुने प्रतिनिधि सभाका एमाले उम्मेदवार पदम गिरी, कांग्रेस उम्मेदवार अर्जुन जोशी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी तिमिल्सिनाले आफ्नो उम्मेदवारी बारे जानकारी दिनुभएको थियो।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया