
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । मोदी गाउँपालिका गाउँसभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ । मंगलवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले विभिन्न कार्यक्रम संशोधन, ऐनहरु संशोधन तथा विधेयकहरु सर्वसम्मत पारित गरेको छ ।
सभामा उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गर्नुभएकोे आर्थिक वर्ष ०८२/०८३ को बजेट योजना कार्यक्रम संशोधन रकमान्तर तथा श्रोतान्तर सर्वसम्मत रुपमा पारित भएको हो । यसैगरी आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी सम्वन्धि विधेयक, आर्थिक ऐन २०८२ संशोधन प्रस्ताव, बिनीयोजन ऐन २०८२ संशोधन प्रस्ताव, विज्ञापन ब्यवस्थापन तथा नियमन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ सर्वसम्मत रुपमा पारित गरिएको छ ।
गाउँपालिकाले अबदेखि विज्ञापन, होर्डिङ्गबोर्ड, पर्चा पम्प्लेट, भित्तेलेखन लगायतका प्रचारमुखि सामाग्रीहरुलाई ब्यवस्थापन गर्ने भएको छ । गाउँपालिका भित्र विज्ञापन गर्नका लागि अब अनुमति लिनुपर्ने र पालिकाको नीति अुनसार बार्षिक रुपमा राजश्व भुक्तानी गर्नुपर्ने विधेयक सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो । सभावाट पारित भएसँगै चालु आर्थिक वर्षदेखिनै कार्यान्वयनमा ल्याईने पुरीको भनाई छ ।
यसैगरी गाउँसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन समेत पेश भएको छ भने सेवा करारमा कार्यरत कर्मचारहिरुको सेवा करार, दैनिक ज्यालादारी सम्झौता नविकरण सभामा निर्णयार्थ पेश गरिएको थियो ।
सभामा बोल्दै गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले मोदी गाउँपालिकालाई समृद्ध बनाउनका लागि कर्मचारी र जनप्र्रतिनिधिहरुले विभिन्न रचनात्मक काम गरिहेको बताउनुभयो । भौतीक पुर्वाधारको विकास सँगै शिक्षा, स्वास्थ्यको पहुँच तल्लो तहसम्म पुर्याउन र कृषक र उद्यमीलाई व्यावसायिक बनाउनका लागि विभिन्न प्रोत्साहनमुलक कार्यक्रम संचालन गरिएको बताउनुभयो । उहाँले नागरिकहरु आत्मनिर्भर हुने खालका कार्यक्रम पालिकाले संचालन गर्दै आएको बताउँदै पालिकावासी नागरिकका चाहाना र आवश्यकता पुरा गर्न हरदम प्रयासरत रहेको बताउनुभयो ।
सभामा चालु र पुँजीगत गरि झण्डै डेढ करोड रकम रकमान्तर र श्रोतान्तर गरिएको थियो ।

प्रतिक्रिया