
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतका नवनियुक्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल र पर्वतमा क्रियाशील पत्रकारहरूबीच परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यही पुस १९ गते मात्रै पर्वतमा सरुवा भई आउनुभएका प्रजिअ पौडेलले पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको हो।
अन्तरक्रियाका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकारिता क्षेत्रलाई समाजको मार्गदर्शक र ऐनाको रूपमा परिभाषित गर्नुभयो। आगामी निर्वाचनको सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो: ”पर्वत जिल्लाको शान्ति, सुरक्षा र समृद्धिका लागि सकारात्मक सन्देश प्रवाह गर्न पत्रकारहरूको भूमिका ठुलो रहन्छ। निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जनमानसमा उत्साहजनक र सकारात्मक सूचना सम्प्रेषण गरिदिन म आग्रह गर्दछु।”
कार्यक्रममा सहभागी पर्वतका क्रियाशील पत्रकारहरूले नयाँ प्रजिअलाई स्वागत गर्दै जिल्लाको सुशासनका लागि विभिन्न सुझावहरू दिएका थिए। पत्रकारहरूले मुख्य गरी निम्न बुँदामा प्रशासनको ध्यानाकर्षण गराए:
प्रशासनिक सुधार: सरकारी सेवा प्रवाहलाई ढिलासुस्तीमुक्त र चुस्त-दुरुस्त बनाउनुपर्ने।
नागरिक पहुँच: राज्यले दिने सेवामा सबै नागरिकको समान पहुँच पुर्याउन विशेष पहल हुनुपर्ने।
सुशासन: भ्रष्टाचार न्यूनिकरण र पारदर्शी प्रशासनमा जोड दिनुपर्ने।
नवनियुक्त प्रजिअ पौडेलले पत्रकारहरूबाट आएका सुझावलाई मनन गर्दै प्रशासनले नागरिकको हितमा काम गर्ने र सूचना प्रवाहमा सधैँ खुला रहने प्रतिबद्धता जनाउनुभयो।
परिचय कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन साहेक प्रजिअ गणेश प्रसाद पाैडेलले गर्नुभएकाे थियो।

प्रतिक्रिया