
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पोखरा । परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।
भौगोलिक रूपमा विकट क्षेत्र मानिने खबाङका विपन्न परिवारका ४१ जना विद्यार्थीलाई स्कूल ब्याग, कपी, पेन्सिल, भलिबल, स्किपिङलगायत आवश्यक शैक्षिक सामग्री तथा भलिबल, फुटबल, स्किपिङजस्ता खेलकुद सामग्री वितरण गरिएको हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस किसिमका सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास गरीएको छ ।
स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताउनुभयो । उहाँका अनुसार वि.सं. २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको वन्तले जानकारी दिनुभयो ।
यस्ता किसिमका संस्थाद्वारा गरिने सहयोगबाट गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानध्यापक फुन कुमारी बुढाथोकी र मालिका गाउँपालिका वडा नं. २ का वडाध्यक्ष उदय कुमार वुढाथोकीले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरबहादुर बुढाथोकी, हेड्स नेपाल गण्डकीका उपाध्यक्ष हिराप्रसाद भट्टराई, सदस्य भीम पौडेल लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
हेड्स नेपालले यसअघि लमजुङ, तनहुँ, स्याङ्जा लगायत गण्डकीको ६ ओटा जिल्लामा शैक्षिक सामाग्री वितरण गरिसकेको छभने अन्य जिल्लामा समेत वितरण गर्ने योजना बनाएको छ । स्वास्थ्य, शिक्षा, कृषि तथा विपद् व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्याउने लक्ष्यसहित संस्था निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया