
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
गोबिन्द रिजाल,पर्बत।पर्बतमा पहिलोपटक सबैभन्दा धेरै पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका,स्याङ्गजाले उचाल्यो । आज भएको फाईनल भिडन्तमा बिरुवा गाउँपालिका,स्याङ्गजाले ३-२ को सनसनीपूर्ण सेटमा हराउदै उपाधि उचालेको हो । उपाधि संगै बिरुवा गाउँपालिकाले सर्बाधिक पुरस्कार २,२२,२२२/ (दुईलाख बाईसहजार दुईसय बाईस रुपयाँ ,सिल्ड मेडल र प्रमाणपत्र) पाप्त गर्यो भने उपविजेतामा सिमित गलकोट सुजाता होटलले १,११,१११/ (एकलाख एघारहजार एकसय एघार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
पर्वत उधोग वाणिज्य संघको स्वर्ण जयन्तिको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय औधोगिक व्यापार मेला तथा आठौ पर्बत महोत्सबमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाईनलखेल निकै रोचक र प्रतिस्पर्धात्मक भयको थियो । पहिलो सेट बिरुवा गाउँपालिकाले २५-२३ ले जित निकाल्दा दोस्रो सेट गलकोट सुजाता होटलले खेलमा फर्किदै २५-१९ ले जित निकाल्यो भने तेस्रो सेट पनि २५-२३ ले जित निकाल्दै खेलमा अग्रता लियो ।
त्यसपछि चौथो र पाचौ सेटमा उत्कृस्ट खेल पस्कदै बिरुवा गाउँपालिका,स्याङ्गजाले २५-१९ र १५-८ को जित निकाल्दै उपाधि माथि कब्जा गर्न सफल भयो ।
बेस्ट अफ फाईप लिगकम नकआउट चरणमा खेलाएको खेलमा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,२२,२२२/ (दुईलाख बाईसहजार दुईसय बाईस रुपयाँ) सिल्ड मेडल र प्रमाणपत्र दोश्रो लाई १,११,१११/ (एकलाख एघारहजार एकसय एघार रुपयाँ) सिल्ड मेडल र प्रमाणपत्र तृतीय हुने लाई नगद ५५,५५५/ (पचपन्न हजार पाँचसय पचपन्न रुपयाँ) सिल्ड मेडल र प्रमाणपत्र र सान्त्वना टिमलाई पनि २२,२२२/ (बाईस हजार दुईसय बाईस रुपयाँ) सिल्ड मेडल र प्रमाणपत्र रहेको छ। तृतीय स्थान यस अगाडीनै भएको खेलमा कुश्मा नगरपालिका र सान्त्वना फलेबास नगरपालिका भएको महोत्सवका खेलकुद संयोजक प्रदिप तिमिल्सिनाले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो।

प्रतिक्रिया