
१कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
३फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
४दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
८पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०फेरि किन भयो ग्यास अभाव ?
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
काठमाडौं ।यस पटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २२औं संस्करणमा हुनेछ । यसअघिका संस्करणभन्दा यसपल्टको कार्यक्रम ठ्याक्कै एउटा कारणले छुटिन्छ । यो हो, आयोजक सहर रूपमा पोखरा । अहिलेसम्म जति पनि कार्यक्रम भए, ती काठमाडौंमै भए । अब भने कार्यक्रम केन्द्रीय राजधानीभन्दा बाहिर पुग्ने भएको छ । यस्तोमा प्रश्न हुन्छ, पोखरा नै किन त ? पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त ? सम्भवतः यसको उत्तर भने सजिलो छ ।
घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, राष्ट्रिय खेलकुद । यसको सुरुआत भएको थियो, २०३८ सालमा । त्यसयताको दोस्रो संस्करण २०४० मा पोखरामै भएको थियो । अहिले पनि राष्ट्रिय खेलकुदको इतिहास कोट्याउनुपर्छ, चार दशकभन्दा बढी समय अगाडि पोखरामा भएको त्यो प्रतियोगिता खुसी र गर्वले सम्झनेहरू धेरै छन् । पोखरा नै २०७९ पनि फेरि एकपल्ट नवौं राष्ट्रिय खेलकुद आयोजना भयोे ।
त्यसो त यो राष्ट्रिय प्रतियोगिताको मूल आयोजक राष्टिय खेलकुद परिषद थियो, तर पोखरा त्यसको मुख्य आधारस्थल थियो । त्यस अर्थमा पोखरा नेपाली खेलकुदको केन्द्र हो, खेलको भाषामा भन्दा ‘स्पोर्टस हब’ । पोखरासँग विशाल भौतिक संरचनाहरू रहेको छ । यत्तिको संरचना अन्यत्र पाइन्न भन्दा नै हुन्छ । अझ केही खेल पोखरामै मात्र हुन सक्ने स्थिति समेत छ । जस्तो केही साहसिक खेलहरू । त्यसमा सबैभन्दा अगाडि आउने नाम त ट्रायथलन र प्याराग्लाइडिङ नै भए ।
पोखराले केही असाध्यै नाम चलेका खेलाडी पनि जन्माएका छन् । तिनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । यस्ता खेलाडीको उत्पादनमा सहयोग पुराइरहेको छ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र यस्तै खालका स्पोर्टस अवार्ड कार्यक्रमले ।
विगतदेखि स्पोर्टस अवार्ड गर्दै आएको संस्था नेपाल खेलकुद पत्रकार मञ्च पनि हो । छोटकरीमा एनएसजेएफ । नेपाली खेलकुद पत्रकारको छाता संगठन मञ्चको नेपाली खेलकुदको सबैभन्दा ठूलो जिम्मेवारी भन्नु नै यो अवार्ड कार्यक्रमको आयोजना गर्नु हो । मञ्चको के मान्यता रहेको छ, यो अवार्ड कार्यक्रम अब काठमाडौंमै मात्र सीमित हुन्न । कार्यक्रम मोफसलमा हुने हो भने यो अवार्डको महत्व अझ बढ्नेछ । मञ्चको खास उद्देश्य त क्रमशः यो अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा गर्ने रहेको छ, यसकै पहिलो खुड्किलो हो, पोखरा ।
मञ्चको के पनि तर्क रहेको छ, यो अवार्ड कार्यक्रम मोफसलमा पुगेपछि यसले एकातर्फ नेपाली खेलकुदको महत्व नजानिँदो तरीकाले बढ्ने छ नै, अर्कोतर्फ आम खेलाडीलाई स्टार हुनुको महत्व पनि थाहा हुनेछ । अहिलेसम्म जतिले यो अवार्ड जितेका छन्, त्यसमध्ये सबैको भनाइमा एउटा समानता पाइन्छ र यो हो, स्टार हुनुको अनुभव । मोफसलमा अवार्ड कार्यक्रम हुँदा त्यस क्षेत्रका खेलाडीले स्टारडम महसुस गर्नेछन् र यसैकै लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित हुनेछन् ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आईरहेको अवस्थामा यसपल्ट केन्द्रले गर्ने अवार्ड कार्यक्रम पहिलो पटक राजधानी बाहिर पोखरामा ल्याउनुमा महत्वपूर्ण भूमिका खेल्नेमा पर्छन्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । उनी आफै नेपाली खेलकुदलाई मन पराउने व्यक्ति हुन् । उनकै शब्दमा भन्ने हो भने पोखरामा अहिलेसम्म धेरै खाले गतिविधि भए । खेलकुदका ठुल्ठूला प्रतियोगिता भए, त्यसमा १३ औं दक्षिण एसियाली खेलकुद पनि पर्छ । अनि उत्तिकै संख्यामा साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका हुँदै आइरहेको छ । साथै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा निरन्तर हुने पोखरा स्पोर्टस् अवार्डको १० औं संस्करण पनि वैशाखमा हुदैंछ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया