
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
बाग्लुङ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुरुङ गत वर्ष चैतदेखि बाग्लुङको सिडिओ छन्। मुद्दासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्।
आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको वडा नं ७ को स्थित खरेहामा ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेकेदारसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको अख्तियारको दावी छ। अख्तियारले गुरुङलाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो। उनीविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम भएको छ।
त्यस्तै, नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्माविरुद्ध १७ लाख दुई हजार ३४१, तत्कालीन इन्जिनियर आशिष शाक्यलाई ९६ लाख ४१ हजार ८७४ र ठेकेदार मल्ल कन्स्ट्रक्सन तथा त्यसका प्रोपाइटर लालबहादुर मल्लसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो मागदावी छ।
आव २०७८÷७९ मा संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक भवन निर्माणका लागि एक करोड ६६ लाख विनियोजन भएको थियो। भवन निर्माणका लागि एक करोड ४४ लाख १० हजारको लागत अनुमान तयार गरिएको थियो। ९६ लाख ३० हजारमा भवन निर्माण सम्पन्न गर्ने गरी ७ पुस ०७८ मा मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग खरिद सम्झौता भएको थियो। २४ असार ०७९ मा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख थियो।
सम्झौतापश्चात पेस गरेको अग्रिम भुक्तानी जमानतका आधारमा ०७८ को १३ र २९ पुसमा दुई पटक गरी २१ लाख ७६ हजार पेश्की ठेकेदारलाई पेश्की भुक्तानी गरेको देखिएको छ। तर, तोकिएको समयसीमामा निर्माण कार्य नगरी ठेकेदार फरार भएको थियो। यस्तो अवस्थामा ठेकेदार र सप्लायर्ससँगको ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने थियो। तर, आव ०७९÷८० मा नेपाल सरकारको विशेष अनुदान विनियोजन भएको भनी पुरानो ठेक्का सम्झौताबाट गर्नुपर्नेसमेतको कामका लागि नयाँ ठेक्का गरी निर्माण कार्य गराएको देखिएको छ।
निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा पहिलो बिलअनुसार मूल्यांकित रकमभन्दा पेश्कीसहित १२ लाख ५६ हजार बढी भुक्तानी गरेको अख्तियारको दावी छ। सार्वजनिक खरिद नियमावली, २०६४ मा आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकले खरिद सम्झौताबमोजिमको काम समयसीमाभित्र सम्पादन नगरेको कारणले पेश्की फर्स्योट हुन नसकेमा बैंक जमानतको रकम सम्बन्धित बैंकबाट प्राप्त गरी पेश्की फर्स्योट गर्ने व्यवस्था छ। र, निजबाट त्यस्तो पेश्की रकमको सयकडा १० प्रतिशत ब्याजसमेत असुल गर्नुपर्ने व्यवस्था छ।
तर, यसविपरित पेश्कीका लागि राखिएको अग्रिम भुक्तानी जमानतको म्याद २९ मंसिर ०७९ सम्म रहेकामा जमानतको म्याद समाप्त हुनुअघि नै अग्रीम भुक्तानी जमानत जफत नगरी अन्य प्रतिवादीसँग मिलेमतो गरी बैंक जमानतको म्याद गुज्रिन दिई १२ लाख ५६ हजार रुपैयाँ पेश्की रकम बढी भुक्तानी दिएको प्रस्टै देखिएको अख्तियारको आरोप छ।
उक्त रकम भुक्तानी गर्दा कर्मचारी र ठेकेदारबीचको आपसी बदनियतपूर्ण साँठगाँठमा गैरकानुनी लाभ र स्वार्थका लागि भुक्तानी भएको देखिएको छ । सार्वजनिक खरिद नियमावलीबमोजिम पेश्कीको ब्याज चार लाख ४६ हजार ३३५ समेत १७ लाख दुई हजार ३४१ रुपैयाँ सरकारी हानीनोक्सानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
ठेकेदार मल्ल कन्स्ट्रक्सनले सम्झौतामा तोकिएबमोजिम निर्माण कार्य पूरा नगरेपश्चात सार्वजनिक खरिद ऐन बमोजिम खरिद सम्झौता अन्त्यगरी सम्झौताको सर्तअनुसार कार्यसम्पादन जमानत जफत गरी बाँकी कार्य पूरा गर्न जेजति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौता बमोजिम कार्य नगर्ने निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल उपर गरेपश्चातमात्र नयाँ खरिद कार्य गर्नुपर्ने कानुनी प्रक्रिया जानीजानी बदनियतपूर्वक गैरकानुनी स्वार्थ लाभ प्राप्तिका लागि सम्झौताबमोजिम बाँकी कार्य गर्न लाग्ने रकम असुलउपर नगरी ९६ लाख ४१ हजार ८७४ रुपैयाँ सरकारी हानीनोक्सानी गरेको अख्तियारको दावी छ ।
ठेकेदारलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाउनुपर्नेमा सोसमेत नगरी बदनियतपूर्वक मिलेमतोमा गैरकानुनी लाभ र स्वार्थका लागि खरिद सम्झौता अन्त्य गरी सम्पन्न हुन बाँकी कार्य बराबरको रकम असुलउपर नगरी दोहोरो दायित्व सिर्जना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । दोहोरो दायित्व सिर्जना गरेको रकम र ठेकेदारलाइ उपलब्ध गराएको पेश्की फस्र्योट नगरी सोको बैंक जमानतको म्याद नवीकरण गर्ने वा रकम दावी गर्ने कार्यसमेत नगरी कुल एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ हानीनोक्सानी गरेको अख्तियारको दावी छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया