
१कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
३फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
४दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
८पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०फेरि किन भयो ग्यास अभाव ?
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
बाग्लुङ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुरुङ गत वर्ष चैतदेखि बाग्लुङको सिडिओ छन्। मुद्दासँगै उनी पदबाट स्वतः निलम्बित भएका छन्।
आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको वडा नं ७ को स्थित खरेहामा ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेकेदारसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको अख्तियारको दावी छ। अख्तियारले गुरुङलाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो। उनीविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम भएको छ।
त्यस्तै, नगरपालिकाका तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्माविरुद्ध १७ लाख दुई हजार ३४१, तत्कालीन इन्जिनियर आशिष शाक्यलाई ९६ लाख ४१ हजार ८७४ र ठेकेदार मल्ल कन्स्ट्रक्सन तथा त्यसका प्रोपाइटर लालबहादुर मल्लसँग एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो मागदावी छ।
आव २०७८÷७९ मा संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक भवन निर्माणका लागि एक करोड ६६ लाख विनियोजन भएको थियो। भवन निर्माणका लागि एक करोड ४४ लाख १० हजारको लागत अनुमान तयार गरिएको थियो। ९६ लाख ३० हजारमा भवन निर्माण सम्पन्न गर्ने गरी ७ पुस ०७८ मा मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग खरिद सम्झौता भएको थियो। २४ असार ०७९ मा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख थियो।
सम्झौतापश्चात पेस गरेको अग्रिम भुक्तानी जमानतका आधारमा ०७८ को १३ र २९ पुसमा दुई पटक गरी २१ लाख ७६ हजार पेश्की ठेकेदारलाई पेश्की भुक्तानी गरेको देखिएको छ। तर, तोकिएको समयसीमामा निर्माण कार्य नगरी ठेकेदार फरार भएको थियो। यस्तो अवस्थामा ठेकेदार र सप्लायर्ससँगको ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने थियो। तर, आव ०७९÷८० मा नेपाल सरकारको विशेष अनुदान विनियोजन भएको भनी पुरानो ठेक्का सम्झौताबाट गर्नुपर्नेसमेतको कामका लागि नयाँ ठेक्का गरी निर्माण कार्य गराएको देखिएको छ।
निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा पहिलो बिलअनुसार मूल्यांकित रकमभन्दा पेश्कीसहित १२ लाख ५६ हजार बढी भुक्तानी गरेको अख्तियारको दावी छ। सार्वजनिक खरिद नियमावली, २०६४ मा आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकले खरिद सम्झौताबमोजिमको काम समयसीमाभित्र सम्पादन नगरेको कारणले पेश्की फर्स्योट हुन नसकेमा बैंक जमानतको रकम सम्बन्धित बैंकबाट प्राप्त गरी पेश्की फर्स्योट गर्ने व्यवस्था छ। र, निजबाट त्यस्तो पेश्की रकमको सयकडा १० प्रतिशत ब्याजसमेत असुल गर्नुपर्ने व्यवस्था छ।
तर, यसविपरित पेश्कीका लागि राखिएको अग्रिम भुक्तानी जमानतको म्याद २९ मंसिर ०७९ सम्म रहेकामा जमानतको म्याद समाप्त हुनुअघि नै अग्रीम भुक्तानी जमानत जफत नगरी अन्य प्रतिवादीसँग मिलेमतो गरी बैंक जमानतको म्याद गुज्रिन दिई १२ लाख ५६ हजार रुपैयाँ पेश्की रकम बढी भुक्तानी दिएको प्रस्टै देखिएको अख्तियारको आरोप छ।
उक्त रकम भुक्तानी गर्दा कर्मचारी र ठेकेदारबीचको आपसी बदनियतपूर्ण साँठगाँठमा गैरकानुनी लाभ र स्वार्थका लागि भुक्तानी भएको देखिएको छ । सार्वजनिक खरिद नियमावलीबमोजिम पेश्कीको ब्याज चार लाख ४६ हजार ३३५ समेत १७ लाख दुई हजार ३४१ रुपैयाँ सरकारी हानीनोक्सानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
ठेकेदार मल्ल कन्स्ट्रक्सनले सम्झौतामा तोकिएबमोजिम निर्माण कार्य पूरा नगरेपश्चात सार्वजनिक खरिद ऐन बमोजिम खरिद सम्झौता अन्त्यगरी सम्झौताको सर्तअनुसार कार्यसम्पादन जमानत जफत गरी बाँकी कार्य पूरा गर्न जेजति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौता बमोजिम कार्य नगर्ने निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल उपर गरेपश्चातमात्र नयाँ खरिद कार्य गर्नुपर्ने कानुनी प्रक्रिया जानीजानी बदनियतपूर्वक गैरकानुनी स्वार्थ लाभ प्राप्तिका लागि सम्झौताबमोजिम बाँकी कार्य गर्न लाग्ने रकम असुलउपर नगरी ९६ लाख ४१ हजार ८७४ रुपैयाँ सरकारी हानीनोक्सानी गरेको अख्तियारको दावी छ ।
ठेकेदारलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखी पठाउनुपर्नेमा सोसमेत नगरी बदनियतपूर्वक मिलेमतोमा गैरकानुनी लाभ र स्वार्थका लागि खरिद सम्झौता अन्त्य गरी सम्पन्न हुन बाँकी कार्य बराबरको रकम असुलउपर नगरी दोहोरो दायित्व सिर्जना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । दोहोरो दायित्व सिर्जना गरेको रकम र ठेकेदारलाइ उपलब्ध गराएको पेश्की फस्र्योट नगरी सोको बैंक जमानतको म्याद नवीकरण गर्ने वा रकम दावी गर्ने कार्यसमेत नगरी कुल एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ हानीनोक्सानी गरेको अख्तियारको दावी छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया