
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
पर्वत । सदरमुकाम कुश्मामा जारी ८ औँ पर्वत महोत्सव मा यतिबेला स्थानीय कृषि जन्य उत्पादनको प्रदर्शनी तथा बिक्री कक्षहरूमा दर्शकको भीड बढेको छ। स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनू भन्ने मुख्य उद्देश्यका साथ महोत्सवमा छुट्टै स्टलहरू व्यवस्थापन गरिएको छ।
महोत्सवको स्टाल नं। १३५ मा मोदी गाउँपालिकाको आधिकारिक कृषि उपज संकलन केन्द्रको मोदी खोला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत संचालित यस केन्द्रले महोत्सवमा स्थानीय स्तरमा उत्पादित शुद्ध दुग्धजन्य परिकारहरू कुराउनी र कृषि उपजको बिक्री गरिरहेको छ। चिसो मौसमका बावजुद पनि स्थानीय उत्पादित सामाग्री खरिद गर्न उपभोक्ताहरूको उत्साहजनक उपस्थिति रहेको छ।
महोत्सवमा पर्वतका विभिन्न गाउँपालिकाहरूबाट कृषकहरूले आफ्ना उत्पादन ल्याएका छन् । महोत्सवमा लप्सीका बिभिन्न परिकार साथै स्थानिय स्तरमा उत्पादित ढाका तथा अल्लोका सामग्रीहरु बिक्रीमा राखिएको छ ।
मौसमी फलफूलस् पर्वतको पहिचान बनेको गुलियो सुन्तला। कन्दमूल र तरकारीस् बारीमा उत्पादित ताजा धनिया, पिँडालु, र माघे संक्रान्ति विशेष तरुल लगाएतका उपजहरु राखिएको छ ।
महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई गाउँका किसानले उत्पादन गरेका सामाग्रीलाई बजारसँग जोड्ने पुल बनेको छ, । एक सहभागी कृषकले बताए।
यस प्रकारको प्रदर्शनीले स्थानीय स्तरमा उद्यमी बन्न चाहने युवाहरूलाई हौसला प्रदान गरेको छ। महोत्सवमा राखिएका यस्ता स्टलहरूले गाउँको उत्पादन सहरको भान्छासम्मू पुर्याउने अभियानलाई सार्थकता दिएका छन्। पुस ९ देखि१९ गतेसम्म चल्ने यस प्रदर्शनीमा हजारौँ दर्शकले अवलोकन गर्ने र लाखौँको कारोबार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया