
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
लेखनाथ। पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ । देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अवलोकनका लागि आउने क्रम बढेसँगै लामो समयपछि आफन्त, साथीभाइ र चिनजानहरूसँग पुनर्मिलन हुने अवसर मिलेको छ ।
रुपा–२ का रामनाथ ओझाले १४ वर्षपछि आफ्ना पुराना साथी योगेन्द्र गुरुङलाई महोत्सवमै भेट्न पाउँदा खुसी व्यक्त गरे। यस्तै पोखरा–३३ का विष्णु आचार्यले २०६४ सालपछि आफ्ना आत्मीय मित्र नवराज दुरालाई यहीँ भेटे। महोत्सवमा धेरै दर्शकहरूले विद्यालय जीवनका साथी तथा टाढाटाढाका आफन्त भेटेर खुसी साटासाट गरिरहेका छन् ।
दिउँसो दोहोरी प्रस्तुति र साँझ पप कन्सर्टमा युवायुवतीहरूको बाक्लो उपस्थिति देखिने गरेको छ । यसले महोत्सवलाई बालबालिका, युवा, वृद्धवृद्धा, इष्टमित्र तथा परिवार सबैका लागि उपयुक्त भेटघाटको थलो बनाएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले महोत्सव केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक आत्मीयता बढाउने माध्यम बनेको बताइन् । “नयाँपन खोज्दै आउने दर्शकहरू पुराना सम्बन्धमा रमाउन पाउँदा निकै खुसी देखिन्छन्,” उनले भनिन् ।
महोत्सवमा चर्चित दोहोरी कलाकारहरूको प्रस्तुति, हास्यव्यंग्य कार्यक्रम, पप कन्सर्ट तथा आधुनिक नृत्यले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको छ। साथै, बाल उद्यानमा रहेका विभिन्न खेलप्रति अभिभावकहरूको आकर्षण बढेको छ । विदाका दिन बालबालिकालाई खेल खेलाउन घण्टौँसम्म पर्खनु पर्ने अवस्था रहेको बाल उद्यानका संयोजक भरत थापाले जानकारी दिए ।
शनिवार लोकदोहोरीतर्फ बद्री पँगेनी, आशा बिसी, चोलेन्द्र पौडेल, टेक क्षेत्री, कमला सुनार, पुजा गुरुङ लगायतको प्रस्तुत रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा आशिष राना (लाउरे), रितु कँडेल र सुजित सेवानको प्रस्तुतीले स्टेज तताएको थियो ।
महोत्सवमा आईतबार पशुपति शर्मा, शुष्मा शाहि ठकुरी, सरला पाण्डे, प्रेमराज अधिकारी, सम बस्याल, सरस्वती परियारर बेलुका सुगम संगिततर्फ सम बस्याल र राजेश वर्देवाको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक भरतराज अधिकारीले जानकारी दिए ।
महोत्सवमा शनिवार ३५ हजार दर्शकले अवलोकन गरेका छन भने ८० लाख बराबरको कारोबार भएको महोत्सवका कोषाध्यक्ष हरि वस्ताकोटीले जानकारी दिए । हालसम्म २ लाख ८५ हजार दर्शकले अवलोकन गरेका छन हालसम्म ९ करोड ३० लाखको कारोबार भएको आयोजकले वताएको छ ।
महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन
महोत्सवको दशौ दिन शनिवार कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका डा. बोधराज ढकाललाई अभिनन्दन गरिएको हो ।
स्याङ्जाको आँधीखोला–६ मा जन्मिएर हाल पोखरा–८ सिमलचौर निवासी ढकाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधामा अध्यापनरत छन् । उनले अनुसन्धानमूलक तथा समीक्षात्मक कृतिहरू प्रकाशन र शोध निर्देशनजस्ता महत्वपूर्ण योगदान गरेका छन्।
कार्यक्रममा साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक डा. कुशुमाकर न्यौपानेले नेपाली भाषा र साहित्यमा ढकालको योगदानको कदर गरिएकोमा खुसी व्यक्त गरे। महोत्सवका मूल संयोजक जानुका अधिकारीले लेखनाथ महोत्सव २०८२ का अवसरमा प्रदान गरिएको यो सम्मान कवि शिरोमणिप्रतिको श्रद्धाको प्रतीक भएको उल्लेख गरिन् ।
साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने पोखरा साहित्य प्रतिष्ठानका स्थापनाकालीन अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरूको वाचनसमेत गरिएको थियो।
अभिनन्दित स्रष्टा डा. बोधराज ढकालले सम्मानले आफूलाई थप जिम्मेवारी र प्रेरणा मिलेको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. जगन्नाथ रेग्मीलगायतले कवि शिरोमणिको साहित्यिक योगदानको स्मरण गरेका थिए। साथै, कवि लेखनाथसँग सम्बन्धित प्रश्नोत्तरमा सही उत्तर दिने सात जनालाई जनही एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । महोत्सवका अन्य नियमित कार्यक्रमहरू यथावत सञ्चालन भइरहेका छन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया