
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
लेखनाथ। पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ । देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अवलोकनका लागि आउने क्रम बढेसँगै लामो समयपछि आफन्त, साथीभाइ र चिनजानहरूसँग पुनर्मिलन हुने अवसर मिलेको छ ।
रुपा–२ का रामनाथ ओझाले १४ वर्षपछि आफ्ना पुराना साथी योगेन्द्र गुरुङलाई महोत्सवमै भेट्न पाउँदा खुसी व्यक्त गरे। यस्तै पोखरा–३३ का विष्णु आचार्यले २०६४ सालपछि आफ्ना आत्मीय मित्र नवराज दुरालाई यहीँ भेटे। महोत्सवमा धेरै दर्शकहरूले विद्यालय जीवनका साथी तथा टाढाटाढाका आफन्त भेटेर खुसी साटासाट गरिरहेका छन् ।
दिउँसो दोहोरी प्रस्तुति र साँझ पप कन्सर्टमा युवायुवतीहरूको बाक्लो उपस्थिति देखिने गरेको छ । यसले महोत्सवलाई बालबालिका, युवा, वृद्धवृद्धा, इष्टमित्र तथा परिवार सबैका लागि उपयुक्त भेटघाटको थलो बनाएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले महोत्सव केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक आत्मीयता बढाउने माध्यम बनेको बताइन् । “नयाँपन खोज्दै आउने दर्शकहरू पुराना सम्बन्धमा रमाउन पाउँदा निकै खुसी देखिन्छन्,” उनले भनिन् ।
महोत्सवमा चर्चित दोहोरी कलाकारहरूको प्रस्तुति, हास्यव्यंग्य कार्यक्रम, पप कन्सर्ट तथा आधुनिक नृत्यले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको छ। साथै, बाल उद्यानमा रहेका विभिन्न खेलप्रति अभिभावकहरूको आकर्षण बढेको छ । विदाका दिन बालबालिकालाई खेल खेलाउन घण्टौँसम्म पर्खनु पर्ने अवस्था रहेको बाल उद्यानका संयोजक भरत थापाले जानकारी दिए ।
शनिवार लोकदोहोरीतर्फ बद्री पँगेनी, आशा बिसी, चोलेन्द्र पौडेल, टेक क्षेत्री, कमला सुनार, पुजा गुरुङ लगायतको प्रस्तुत रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा आशिष राना (लाउरे), रितु कँडेल र सुजित सेवानको प्रस्तुतीले स्टेज तताएको थियो ।
महोत्सवमा आईतबार पशुपति शर्मा, शुष्मा शाहि ठकुरी, सरला पाण्डे, प्रेमराज अधिकारी, सम बस्याल, सरस्वती परियारर बेलुका सुगम संगिततर्फ सम बस्याल र राजेश वर्देवाको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक भरतराज अधिकारीले जानकारी दिए ।
महोत्सवमा शनिवार ३५ हजार दर्शकले अवलोकन गरेका छन भने ८० लाख बराबरको कारोबार भएको महोत्सवका कोषाध्यक्ष हरि वस्ताकोटीले जानकारी दिए । हालसम्म २ लाख ८५ हजार दर्शकले अवलोकन गरेका छन हालसम्म ९ करोड ३० लाखको कारोबार भएको आयोजकले वताएको छ ।
महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन
महोत्सवको दशौ दिन शनिवार कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका डा. बोधराज ढकाललाई अभिनन्दन गरिएको हो ।
स्याङ्जाको आँधीखोला–६ मा जन्मिएर हाल पोखरा–८ सिमलचौर निवासी ढकाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधामा अध्यापनरत छन् । उनले अनुसन्धानमूलक तथा समीक्षात्मक कृतिहरू प्रकाशन र शोध निर्देशनजस्ता महत्वपूर्ण योगदान गरेका छन्।
कार्यक्रममा साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक डा. कुशुमाकर न्यौपानेले नेपाली भाषा र साहित्यमा ढकालको योगदानको कदर गरिएकोमा खुसी व्यक्त गरे। महोत्सवका मूल संयोजक जानुका अधिकारीले लेखनाथ महोत्सव २०८२ का अवसरमा प्रदान गरिएको यो सम्मान कवि शिरोमणिप्रतिको श्रद्धाको प्रतीक भएको उल्लेख गरिन् ।
साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने पोखरा साहित्य प्रतिष्ठानका स्थापनाकालीन अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरूको वाचनसमेत गरिएको थियो।
अभिनन्दित स्रष्टा डा. बोधराज ढकालले सम्मानले आफूलाई थप जिम्मेवारी र प्रेरणा मिलेको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. जगन्नाथ रेग्मीलगायतले कवि शिरोमणिको साहित्यिक योगदानको स्मरण गरेका थिए। साथै, कवि लेखनाथसँग सम्बन्धित प्रश्नोत्तरमा सही उत्तर दिने सात जनालाई जनही एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । महोत्सवका अन्य नियमित कार्यक्रमहरू यथावत सञ्चालन भइरहेका छन् ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया