
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पोखरा । मुद्रण उद्योग संघ कास्कीको १६ औँ साधारणसभा तथा छैठौँ अधिवेशनबाट दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
पोखरा लेखनाथ स्थित होटल डे ब्रेकमा शनिबार सम्पन्न अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष बास्तोलाले संघको गरिमा र व्यवसायिक प्रतिष्ठा अझ उचो बनाउने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने निर्वाचन मण्डल तथा सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गरे ।
नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल, द्वितीय उपाध्यक्षमा पदम श्रेष्ठ, महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झंकनाथ अधिकारी (नारायण) तथा सह–कोषाध्यक्षमा मनोज बास्तोला चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन् ।
नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय परिपत्र अनुसार यसपटक ३ वर्षे कार्यकाललाई घटाएर २ वर्षमा नै निर्वाचन गरिएको हो । निर्वाचन संयोजक पदमलाल श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचन मण्डल सदस्यमा महासंघका केन्द्रीय उपाध्यक्ष महेन्द्र बजिमया, केन्द्रीय सदस्यहरू चिन्तामणी बास्तोला, बसन्त बास्तोला र कोपिला श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा निर्वाचन संयोजक पदमलाल श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आवश्यक सहयोगका लागि आफू सधैँ तयार रहने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आगामी पुष २६ गते हुने नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय निर्वाचनमा द्वितीय उपाध्यक्ष पदको उम्मेदवार समेत रहेको जानकारी गराए ।
संघका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा सम्पन्न १६ औँ साधारण सभाको बन्द सत्रमा महासचिवको प्रतिवेदन पदम श्रेष्ठ, कोषाध्यक्षको प्रतिवेदन अनन्त प्रधानाङ्ग तथा प्रथम उपाध्यक्ष रामप्रसाद भुर्तेलले विधान संशोधनको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरू साधारण सभाबाट सर्वसम्मत रूपमा पारित भएको मुल आयोजक उपसमितिका संयोजक बसन्त बास्तोलाले जानकारी दिए ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा बोल्दै अध्यक्ष तिवारीले मुद्रण पेशालाई राज्यले अझै स्पष्ट रूपमा नचिन्नु दुःखद भएको उल्लेख गर्दै व्यवसायीको हक–हितका लागि निरन्तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा महासंघका केन्द्रीय पूर्व अध्यक्ष माधव केसी, बरिष्ठ उपाध्यक्ष गोपाल ढकाल, निवर्तमान महासचिव कमल पोखरेल, केन्द्रीय सदस्यहरू कोपिला श्रेष्ठ र बसन्त बास्तोला, गण्डकी प्रदेश अध्यक्ष मनोहर दाहाल, पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला लगायतले मन्तव्य राखेका थिए ।अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको साधारण सभाको प्रथम सत्र महासचिव पदम श्रेष्ठ र बन्द सत्र सचिव राजन कुमालले सञ्चालन गरेका थिए ।
मुद्रण उद्योग संघ कास्कीको ११ र १२ गते सम्पन्न अधिवेशनअन्तर्गत शुक्रबार नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको साधारण सभा तथा लेले भेन्चर बी–टु–बी समिट २०८२ आयोजना गरिएको थियो । भने शनिबार नीति, प्रविधि र योजना विषयक “मुद्रण सम्वाद” कार्यक्रम सम्पन्न भएको थियो । उपेन्द्र पौडेलले सञ्चालन गरेको सम्वाद कार्यक्रममा गण्डकी प्रदेश सरकारका नीति तथा योजना आयोग सदस्य दुर्गा लामिछाने, महासंघका अध्यक्ष विष्णुप्रसाद तिवारी, एक्स रोल्याण्डका प्रमुख दिनेश अर्याल तथा साउथ एसिया बिजनेस हाउसका प्रमुख आर.पी. महतो सम्वाद वक्ताका रूपमा सहभागी भएका थिए ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया