
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक बनाउने उद्देश्यका साथ एक दिने ‘आन्तरिक वृहत शैक्षिक प्रदर्शनी’ आयोजना गरेको छ।
शनिबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले आफ्ना सृजनाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले भाषा, सामाजिक शिक्षा, गणित, विज्ञान, स्वास्थ्य, कम्प्युटर र समसामयिक ज्ञानमा आधारित भौतिक, प्राविधिक तथा चित्र दृश्य सामग्रीहरू कक्षागत र सामूहिक रूपमा प्रदर्शन गरे।
प्रदर्शनीमा विभिन्न विषयका १४ वटा स्टलहरू राखिएका थिए। प्रयोगात्मक प्रस्तुति: विद्यार्थीहरूले आफूले तयार पारेका सामग्रीबारे आगन्तुकहरूलाई व्याख्या गर्ने र जिज्ञासाको मेटाउने काम गरेका थिए। कार्यक्रमलाई व्यवस्थित बनाउन विद्यालयका शिक्षक तथा कर्मचारीहरूले व्यवस्थापकीय सहयोग पुर्याएका थिए।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका पूर्व डिन प्रा.डा. कपिल अधिकारी प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। उहाँले प्रत्येक स्टलमा पुगेर विद्यार्थीहरूसँग संवाद र प्रश्नोत्तर गर्दै विद्यालयको यो प्रयासको प्रशंसा गर्नुभयो। यस्ता प्रयोगात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी, एनप्याब्सन कास्कीका अध्यक्ष रोशन कोइराला, सैनिक आवासीय माविका उपेन्द्र प्रसाद पौडेल, नेपाल स्काउटका जलन खत्री, समाजसेवीहरू, स्थानीय टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।
अभिभावकहरूले आफ्ना छोराछोरीको मेहनत र सीप देख्न पाउँदा खुसी व्यक्त गर्दै शनिबारको बिदालाई रचनात्मक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
विद्यालयका निर्देशक तथा एनप्याब्सन कास्कीका सचिव इजिना के.सी. ले बिदाको दिनमा पनि विद्यार्थी, शिक्षक र अभिभावकहरूको उत्साहजनक सहभागिताले विद्यालयलाई थप हौसला मिलेको बताउनुभयो। उहाँले सम्पूर्ण आमन्त्रित महानुभावहरू र सहयोगी हातहरूलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो।
कार्यक्रममा विद्यालयका सञ्चालक अध्यक्ष इन्द्रमान खत्री, भाइस प्रिन्सिपल प्रशन्न के.सी. लगायतको सक्रिय सहभागिता रहेको थियो।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया