
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा सम्पन्न गरेको छ । पोखरा–४ गैहपाटनस्थित कलेज परिसरमा शुक्रबार आयोजना भएकोे कार्निभलमा खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताका प्रस्तुतिहरु रहेका थिए ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. विश्वकल्याण पराजुलीले एक कार्यक्रमका वीच बेलुन उडाएर कार्निभलको उद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरुदेखि निरन्तर हुँदै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न सफल भएको क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखेर स्थानीय उत्पादनहरु मह, अचार, सातु, हस्तकला, सजावट सामग्री, कपडाका झोलाको प्रदर्शनी र बिक्री गरिएको थियो ।
कलेजका विद्यार्थीहरुले स्वयंसेवकरुपमा खानाका परिकारहरू—सेलरोटी, मम, चाउमिन, चटपट, पानीपुरी, अचार लगायतका लोकप्रिय व्यञ्जनहरूका स्टलहरु संचालन गरेका थिए । स्टल व्यवस्थापनमा कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा पूर्वविद्यार्थीहरू सक्रिय सहभागी बनेको क्याम्पस प्रमुख श्रेष्ठको भनाइ छ ।
कलेजका ईसीए संयोजक अमोद प्रसाद कोइरालाले दिएको जानकारी अनुसार कार्यक्रमलाई अझ मनोरञ्जक बनाउन विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, लाखेनाच लगायतका आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको कला, सिर्जनशीलता र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्निभल कलेजको महत्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै आएको कोइरालाको भनाइ छ ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय पोखरेलीहरुको उल्लेख्य सहभागिता रहेको थियो । साँझ भएको लाइभ कन्सर्टमा ख्यातिप्राप्त स्थानीय ब्यान्डहरूको प्रस्तुतिले सहभागीहरुलाई थप मनोरञ्जन दिएको थियो । कार्निभललाई विभिन्न व्यक्तिहरू, संस्थाहरू र कलेजका साझेदारहरूले प्रायोजन तथा सहयोग गरेका थिए । कार्यक्रमकाे सचालन कलेजका विद्यार्थी सफल सुवेदी र पूर्वविद्यार्थी सपना गायकले गरेका थिए ।
कलेजले हरेक वर्ष शैक्षिक भ्रमण, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, वर्कशप तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले जानकारी दिएका छन् । सामाजिक विज्ञान केन्द्रले सञ्चालन गर्ने मासिक कचहरी कार्यक्रम कलेजकै मौलिक पहिचान बनेको उनको भनाइ छ ।
लेकसिटी वि.सं. २०६४ मा स्थापना भएको त्रिविबाट सम्बन्धनप्राप्त कलेज हो । कलेजले विविएस, विएएसडब्लु (समाजसेवा), र विए (समाजशास्त्र, पत्रकारिता, अंग्रेजी साहित्य) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । वार्षिक सय विद्यार्थी भर्ना क्षमता रहेको कलेजमा हाल ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया