
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । सोमवार कुश्मामा पत्रकार सम्मेलन गर्दै गुरुङले पर्वत काँङ्ग्रेसलाई बृहद एकताबद्ध गर्दै प्रत्यक्ष तर्फको उम्मेदवार बन्ने संकेत गर्नुभएको हो । नेपाली काँग्रेस पर्वतले आज प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक तथा राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार सिफारीस गर्ने सम्वन्धमा छलफल गर्न बैठक आव्हान गरेको पुर्व सन्ध्यामा गुरुङले पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष निर्वाचनमा उम्मेदावारी दिने बताउनुभएको हो ।
नेपाली काँग्रेसभित्र बृहद एकताको खाँचो रहेको बताउँदै गुरुङले अहिलेको नेतृत्वले काँङ्ग्रेसलाई समेल्न नसकेको दावी गुर्नुभएको छ । गुरुङले केन्द्रमा पनि फेरी शेरबहादुर देउवाकै नेतृत्व आवश्यक रहेको बताउनुभयो । जेनजी आन्दोलनपछि कार्यवाहकको जिम्मेवारी दिएर सिंगापुर जाँदा पुर्णबहादुर खड्काले पार्टीलाई मिलाउन सकेनन् र फेरी सभापति देउवा आफै आएर काँग्रेसलाई निकास दिन खोजेको उहाँको भनाई छ । गुरुङले आगामी निर्वाचनमा पर्वतमा सवैभन्दा बढि मत ल्याउने उम्मेदवार आफु रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘पर्वतमा काङग्रेसलाई बलियो बनाउन मेरो ठुलो योगदान रहेको छ, मैले नबनाएको कुनै नेता र कार्यकर्ता छैनन् होला ।’ नेतृत्वले कसैलाई पाखा र कसैलाई काखा गर्न नपाईने बताउँदै गुरुङले नेपाली काँग्रेस पर्वतलाई एकतावद्ध गर्नका लागि आफु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो ।
गुरुङले पार्टीले पटक पटक समानुपातिक सांसद बन्न आग्रह गरेपनि आफु प्रत्यक्षमै निर्वाचन लड्दै आएको बताउँदै फेरीपनि फागुन २१ मा प्रत्यक्ष सांसद बन्ने घोषणा समेत गर्नुभयो । नेता गुरुङले जेनजी आन्दोलनपछि युवाको नेतृत्व स्थापित गर्नुपर्ने आवश्यकता देखिएपनि ५२ वर्षदेखि पार्टीमा आफुले गरेको योगदानको उचित कदर हुनुपर्ने भनाई राख्नुभयो । उहाँले पार्टीलाई मजबुट बनाउनका लागि उपयुक्त पात्रको खोजी गरी उपयुक्त जिम्मेवारी दिनुपर्ने बताउनुभयो । उहाँले कसैले पद र पावरको घमण्ड नगरी आवश्यक छलफल र संवादको माध्यमवाट पार्टीलाई एकतावद्ध बनाउने मार्गमा अघि बढ्नुपर्ने धारणा समेत राख्नुभएको छ । अहिलेको निकास भनेको प्रतिनिधि सभाको निर्वाचननै भएको बताउँदै उहाँले निर्वाचन हुन नसकेको खण्डमा संसद पुर्नस्थापना हुनुपर्ने बताउनुभयो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया