
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । सोमवार कुश्मामा पत्रकार सम्मेलन गर्दै गुरुङले पर्वत काँङ्ग्रेसलाई बृहद एकताबद्ध गर्दै प्रत्यक्ष तर्फको उम्मेदवार बन्ने संकेत गर्नुभएको हो । नेपाली काँग्रेस पर्वतले आज प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक तथा राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार सिफारीस गर्ने सम्वन्धमा छलफल गर्न बैठक आव्हान गरेको पुर्व सन्ध्यामा गुरुङले पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष निर्वाचनमा उम्मेदावारी दिने बताउनुभएको हो ।
नेपाली काँग्रेसभित्र बृहद एकताको खाँचो रहेको बताउँदै गुरुङले अहिलेको नेतृत्वले काँङ्ग्रेसलाई समेल्न नसकेको दावी गुर्नुभएको छ । गुरुङले केन्द्रमा पनि फेरी शेरबहादुर देउवाकै नेतृत्व आवश्यक रहेको बताउनुभयो । जेनजी आन्दोलनपछि कार्यवाहकको जिम्मेवारी दिएर सिंगापुर जाँदा पुर्णबहादुर खड्काले पार्टीलाई मिलाउन सकेनन् र फेरी सभापति देउवा आफै आएर काँग्रेसलाई निकास दिन खोजेको उहाँको भनाई छ । गुरुङले आगामी निर्वाचनमा पर्वतमा सवैभन्दा बढि मत ल्याउने उम्मेदवार आफु रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘पर्वतमा काङग्रेसलाई बलियो बनाउन मेरो ठुलो योगदान रहेको छ, मैले नबनाएको कुनै नेता र कार्यकर्ता छैनन् होला ।’ नेतृत्वले कसैलाई पाखा र कसैलाई काखा गर्न नपाईने बताउँदै गुरुङले नेपाली काँग्रेस पर्वतलाई एकतावद्ध गर्नका लागि आफु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो ।
गुरुङले पार्टीले पटक पटक समानुपातिक सांसद बन्न आग्रह गरेपनि आफु प्रत्यक्षमै निर्वाचन लड्दै आएको बताउँदै फेरीपनि फागुन २१ मा प्रत्यक्ष सांसद बन्ने घोषणा समेत गर्नुभयो । नेता गुरुङले जेनजी आन्दोलनपछि युवाको नेतृत्व स्थापित गर्नुपर्ने आवश्यकता देखिएपनि ५२ वर्षदेखि पार्टीमा आफुले गरेको योगदानको उचित कदर हुनुपर्ने भनाई राख्नुभयो । उहाँले पार्टीलाई मजबुट बनाउनका लागि उपयुक्त पात्रको खोजी गरी उपयुक्त जिम्मेवारी दिनुपर्ने बताउनुभयो । उहाँले कसैले पद र पावरको घमण्ड नगरी आवश्यक छलफल र संवादको माध्यमवाट पार्टीलाई एकतावद्ध बनाउने मार्गमा अघि बढ्नुपर्ने धारणा समेत राख्नुभएको छ । अहिलेको निकास भनेको प्रतिनिधि सभाको निर्वाचननै भएको बताउँदै उहाँले निर्वाचन हुन नसकेको खण्डमा संसद पुर्नस्थापना हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया