
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको लोकप्रियतावाद (Populism) ले मुलुकलाई झन्झन् अप्ठ्यारोमा पार्दै लगेको बताउनुभएको छ। पछिल्लो राजनीतिक अवस्थापछि शनिबार पर्वतको कुश्मामा पत्रकार सम्मेलन आयोजना गर्दै नेता जोशीले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
नेता जोशीले पुराना र नयाँ दलको नाममा वा पाका र युवा भन्ने वहानामा केही समूहले जनतालाई दिग्भ्रमित पारेर मुलुकको लोकतन्त्र र दलीय व्यवस्थालाई नै सङ्कटमा पारेको उल्लेख गर्नुभयो। उहाँले जिम्मेवार नागरिकलाई यस्ता विषयमा गम्भीर भएर सोच्न सुझाव दिनुभएको छ।
सोचले युवा हुने हो, उमेरले होइन जोशीले युवा पुस्तालाई लक्षित गर्दै भारत, चीन, अमेरिका र रुस जस्ता शक्तिशाली देशहरूमा पनि ७५ वर्ष माथिका उमेर समूहले शासन गरेको उदाहरण दिँदै नेपालमा मात्र प्रायोजित ‘युवावाद’ लाई अघि सारिएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “युवा युवा भनेर आन्दोलन गरेको युवाहरूले पनि शासनमा उनै वृद्धहरूलाई लगेर राख्नुपरेपछि किन युवा भनिरहनु? फेरि, सोच र विचारले युवा हुने हो, उमेरले होइन।”
एक अर्को प्रसङ्गमा बोल्दै नेता जोशीले आफू फेरि पनि निर्वाचनमा उम्मेदवार बन्ने सङ्केत गर्नुभएको छ। आफू जेन-जी पुस्ताले अघि सारेका सबै शर्तहरूमा योग्य रहेको भन्दै राजनीतिबाट पर रहन नसक्ने तर्क उहाँले गर्नुभयो। ”मैले पहिला भन्ने गर्थे, ‘लौन काँध फेरौं, साथीहरू लड्नुस्’ तर पार्टी नेतृत्वले मलाई नै टिकट दियो,” जोशीले स्मरण गराउनुभयो।
जोशीले ‘जेन-जी आन्दोलन’ ले युवा नेतृत्वभन्दा सुशासन खोजेको भन्दै आफू उमेरका कारणले मात्रै अयोग्य नभएको बताउनुभयो।
आफू अहिलेसम्म भ्रष्टाचारको मामिलामा कतै पनि दाग नलागेको नेता भएको भन्दै आगामी निर्वाचनहरू लड्नका लागि योग्य रहेको जोशीको भनाई थियो।
सामाजिक सञ्जालमा आफ्नो सक्रियता निरन्तर रहेको भन्दै उहाँले युवा पुस्ताले खोजेबमोजिमको ‘डेलिभरी’ दिन आफू सक्षम रहेको जिकिर गर्नुभयो।
पार्टीको पदाधिकारीमा दाबी र संस्थापन पक्षमा उभिने
नेता जोशीले पार्टीको नेतृत्वमा अब आफू सदस्य मात्रै नहुने सङ्केत गर्दै १६ वर्षसम्म केन्द्रीय सदस्य भइसकेको स्मरण गराउनुभयो। यसअघि नै आफू सह-महामन्त्रीको आकांक्षी भइसकेको भन्दै जोशीले आगामी महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने बताउनुभयो।
उहाँले पार्टीको नेतृत्व परिवर्तनको पक्षमा आफू रहेको भन्दै नेताहरूको सुझावका आधारमा अघि बढ्ने बताउनुभयो।
आगामी १५औँ महाधिवेशनमा आफूलाई संस्थापन पक्षमै उभ्याउने स्पष्ट पार्दै आफ्नो समर्थन जहाँ रहन्छ, त्यो समूह नै पार्टीको संस्थापन पक्ष हुने समेत दाबी गर्नुभयो।
जोशीले आगामी माघ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन महिनामा तोकिएको प्रतिनिधि सभाको निर्वाचन दुईमध्ये एकमा आफूले दाबी गर्ने आशय व्यक्त गर्नुभयो। उहाँले दुवै निर्वाचनका लागि आफू योग्य भएको र तयार रहेको समेत बताउनुभयो। जोशी ५ पटकसम्म प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएकोमा ३ पटक विजयी बन्नुभएको थियो भने २ पटक निरन्तर पराजित हुनुभएको थियो।
जिल्लाको पार्टी नेतृत्वबीच विभाजन हुँदा यसअघिका निर्वाचनहरूमा काँग्रेसले पराजय भोग्नुपरेको स्मरण गर्दै अबबाट जिल्लामा सहमतिको वातावरण बनाउन आफूले प्रयास गर्ने जोशीको भनाई थियो।
उहाँले आफू पहिलो पटक चुनाव जितेर गाउँ जाँदा पर्वतमा पानी, बिजुली, बाटो केही नभएकोमा आज हरेक गाउँमा विकासका पूर्वाधार पुगेको र मानव विकास सूचकाङ्कमा समेत पर्वत आठौँ/नवौँ स्थानमा आएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले पर्वतको समग्र विकास र समृद्धिका लागि सबै पार्टी र नागरिक समाजको सहभागितालाई जोड दिनुपर्ने धारणा राख्नुभयो।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया