
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको लोकप्रियतावाद (Populism) ले मुलुकलाई झन्झन् अप्ठ्यारोमा पार्दै लगेको बताउनुभएको छ। पछिल्लो राजनीतिक अवस्थापछि शनिबार पर्वतको कुश्मामा पत्रकार सम्मेलन आयोजना गर्दै नेता जोशीले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
नेता जोशीले पुराना र नयाँ दलको नाममा वा पाका र युवा भन्ने वहानामा केही समूहले जनतालाई दिग्भ्रमित पारेर मुलुकको लोकतन्त्र र दलीय व्यवस्थालाई नै सङ्कटमा पारेको उल्लेख गर्नुभयो। उहाँले जिम्मेवार नागरिकलाई यस्ता विषयमा गम्भीर भएर सोच्न सुझाव दिनुभएको छ।
सोचले युवा हुने हो, उमेरले होइन जोशीले युवा पुस्तालाई लक्षित गर्दै भारत, चीन, अमेरिका र रुस जस्ता शक्तिशाली देशहरूमा पनि ७५ वर्ष माथिका उमेर समूहले शासन गरेको उदाहरण दिँदै नेपालमा मात्र प्रायोजित ‘युवावाद’ लाई अघि सारिएको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “युवा युवा भनेर आन्दोलन गरेको युवाहरूले पनि शासनमा उनै वृद्धहरूलाई लगेर राख्नुपरेपछि किन युवा भनिरहनु? फेरि, सोच र विचारले युवा हुने हो, उमेरले होइन।”
एक अर्को प्रसङ्गमा बोल्दै नेता जोशीले आफू फेरि पनि निर्वाचनमा उम्मेदवार बन्ने सङ्केत गर्नुभएको छ। आफू जेन-जी पुस्ताले अघि सारेका सबै शर्तहरूमा योग्य रहेको भन्दै राजनीतिबाट पर रहन नसक्ने तर्क उहाँले गर्नुभयो। ”मैले पहिला भन्ने गर्थे, ‘लौन काँध फेरौं, साथीहरू लड्नुस्’ तर पार्टी नेतृत्वले मलाई नै टिकट दियो,” जोशीले स्मरण गराउनुभयो।
जोशीले ‘जेन-जी आन्दोलन’ ले युवा नेतृत्वभन्दा सुशासन खोजेको भन्दै आफू उमेरका कारणले मात्रै अयोग्य नभएको बताउनुभयो।
आफू अहिलेसम्म भ्रष्टाचारको मामिलामा कतै पनि दाग नलागेको नेता भएको भन्दै आगामी निर्वाचनहरू लड्नका लागि योग्य रहेको जोशीको भनाई थियो।
सामाजिक सञ्जालमा आफ्नो सक्रियता निरन्तर रहेको भन्दै उहाँले युवा पुस्ताले खोजेबमोजिमको ‘डेलिभरी’ दिन आफू सक्षम रहेको जिकिर गर्नुभयो।
पार्टीको पदाधिकारीमा दाबी र संस्थापन पक्षमा उभिने
नेता जोशीले पार्टीको नेतृत्वमा अब आफू सदस्य मात्रै नहुने सङ्केत गर्दै १६ वर्षसम्म केन्द्रीय सदस्य भइसकेको स्मरण गराउनुभयो। यसअघि नै आफू सह-महामन्त्रीको आकांक्षी भइसकेको भन्दै जोशीले आगामी महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने बताउनुभयो।
उहाँले पार्टीको नेतृत्व परिवर्तनको पक्षमा आफू रहेको भन्दै नेताहरूको सुझावका आधारमा अघि बढ्ने बताउनुभयो।
आगामी १५औँ महाधिवेशनमा आफूलाई संस्थापन पक्षमै उभ्याउने स्पष्ट पार्दै आफ्नो समर्थन जहाँ रहन्छ, त्यो समूह नै पार्टीको संस्थापन पक्ष हुने समेत दाबी गर्नुभयो।
जोशीले आगामी माघ महिनामा हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन महिनामा तोकिएको प्रतिनिधि सभाको निर्वाचन दुईमध्ये एकमा आफूले दाबी गर्ने आशय व्यक्त गर्नुभयो। उहाँले दुवै निर्वाचनका लागि आफू योग्य भएको र तयार रहेको समेत बताउनुभयो। जोशी ५ पटकसम्म प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएकोमा ३ पटक विजयी बन्नुभएको थियो भने २ पटक निरन्तर पराजित हुनुभएको थियो।
जिल्लाको पार्टी नेतृत्वबीच विभाजन हुँदा यसअघिका निर्वाचनहरूमा काँग्रेसले पराजय भोग्नुपरेको स्मरण गर्दै अबबाट जिल्लामा सहमतिको वातावरण बनाउन आफूले प्रयास गर्ने जोशीको भनाई थियो।
उहाँले आफू पहिलो पटक चुनाव जितेर गाउँ जाँदा पर्वतमा पानी, बिजुली, बाटो केही नभएकोमा आज हरेक गाउँमा विकासका पूर्वाधार पुगेको र मानव विकास सूचकाङ्कमा समेत पर्वत आठौँ/नवौँ स्थानमा आएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले पर्वतको समग्र विकास र समृद्धिका लागि सबै पार्टी र नागरिक समाजको सहभागितालाई जोड दिनुपर्ने धारणा राख्नुभयो।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया