
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं.६, फलामखानी स्थित फलामखानी आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चितवन घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोग र समाजसेवी भोलानाथ शर्मा तथा मोती सामुदायिक पुस्तकालयको समन्वयमा मंगलबार एक कार्यक्रमको आयोजना गरि कपडा वितरण गरिएको हो ।
समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोगमा विद्यालयका ६६ जना विद्यार्थी र ११ जना शिक्षक कर्मचारीलाई १ लाख १५ हजार बराबरको न्यानो कपडा (ज्याकेट) वितरण गरिएको मोती सामुदायिक पुस्तकालय ट्याग परियोजना कोडिनेटर रमा भुसाल पोख्रेलले जानकारी दिनुभयो ।
केही दिन अगाडि समाजसेवी भोलानाथ शर्मा सहितको पुस्तकालयको भ्रमण टिममा फलामखानी पुग्नुभएका भट्टराईले विद्यार्थीहरुलाई चिसोबाट जोगिएर पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले न्यानो कपडा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धता अनुसार जाडोको समयमा बिद्यार्थीहरु तथा शिक्षकहरूलाई न्यानो कपडा उपलब्ध गराइएको हो ।
बिद्यालयका प्रधानाध्यापक सरस्वती थापा क्षेत्रीले बिद्यालयमा अध्ययनरत बिद्यार्थी र शिक्षक तथा कर्मचारीका लागि न्यानो कपडा उपलब्ध भएकोमा खुशी व्यक्त गर्दै सहयोगी व्यक्तित्व यादवमणी भट्टराई, समन्वय गर्नुहुने समाजसेवी भोलानाथ शर्मा तथा मोती सामुदायिक पुस्तकालय र सहयोगका लागि पहल गर्नुहुने पत्रकार लक्ष्मण बिसिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै फलामखानीका वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्मा,फलेवास नगरपालिका वडा नं.५ खानीगाउँका वडा अध्यक्ष नारायण प्रसाद लामिछाने, मोती सामुदायिक पुस्तकालयका सदस्य ल्याम बहादुर दर्जी, लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटा, पत्रकार लक्ष्मण बिसि र दिपेश बि पोख्रेल लगायतले सहयोगदाता यादवमणि भट्टराईको सामाजिक कार्यको प्रसंशा गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रमका अवसरमा फलेवास-५ खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयको तर्फबाट फलामखानी आधारभूत बिद्यालयमा विभिन्न किसिमका पुस्तक तथा बिद्यार्थीलाई शैक्षिक खेलौनाका सामाग्री हस्तान्तरण गरिएको छ ।
शैक्षिक तथा सामाजिक कार्यमा अग्रसर उक्त पुस्तकालयले फलमाखानी आधारभूत बिद्यालयमा पुस्तकालय स्थापना तथा विद्यालयको शैक्षिक उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै बिद्यालयको तर्फबाट पुस्तकालयलाई सम्मान गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य प्रेम बहादुर सुनारको स्वागत मन्तव्य र संचालन शिक्षक अनिल कुमार बिश्वकर्माले गर्नुभएको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया