
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
शिशिर उजाड,पोखरा ।नेपाल विद्युत प्राधिकरणले कास्कीको मर्दी हिमाल पदमार्गमा विद्युतीकरण गरेको छ । हालसम्म पनि राष्ट्रिय प्रशाारणको विद्युत लाईन पुग्न नसकेको सो हिमाली पदमार्गमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत बिस्तारको काम गरिएको पोखरा वितरण केन्द्रका ग्रामिण शाखा इन्चार्ज शोभाकर पौडेलले जानकारी दिए ।
पदमार्गको कालिमाटी, डुढ खर्क, मुसलबारी देखि कोकार फरेस्ट क्याम सम्मको ११ केभि लाइन निर्माण सम्पन्न गरी स्थानियलाई विद्युत सेवा उपलव्ध गराईएको इन्चार्ज पौडेलले बताए । उनका अनुसार सोहि पदमार्गको सिदिङ देखि लो क्याम्प बादल डाँडाँ हुदै हाईक्याम्पसम्मको लाईन निकट भविस्यमा नै सम्पन्न गरी सेवा प्रदान गर्ने कार्य भैरहेको छ।उनले भने, “निर्माण कार्य जारी छ, छिट्टै लाइन बिस्तार गरी, चार्ज गछौं ।”पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई विद्युत सेवा पुगेपछि थप सहज हुने विश्वास प्राधिकरणले लिएको छ ।
विद्युत सेवा बिस्तारमा स्थानीय जनप्रतिनिधि,त्यस क्षेत्रका होटल व्यवसायी र स्थानीय बासिन्दाको सहयोगले विकट क्षेत्रमा पनि सेवा बिस्तारमा सहज भएको इन्चार्ज पौडेलले बताए ।विद्युतीकरणसँगै त्यस क्षेत्रका स्थानीयबासी, होटल व्यबसायी र त्यहाँ पुग्ने पर्यटक हर्षित भएका छन् ।
मर्दी हिमाल इको भिलेज होटलका संचालक शिव भण्डारीले बिजुलीको अभावमा अन्धकार भएको यस क्षेत्र अब भने गुल्जार हुने भन्दै खुशी व्यक्त गरे । प्राधिकरणले अन्नपुर्ण पदमार्गको मच्यु, झिनु, छोम्रोङ हुँदै अपर सिनुवासम्मको विद्युतीकरणको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ ।यसअघि घान्दु्रक देखि कुम्रङ डाँडाँ, चुईले, टाडाँपानी तथा अन्नपुर्ण ९ को रामदुवाली, उल्लेरी वनठाँटीसम्म विद्युतीकरण गरी सेवा दिईसकेको इन्चार्ज पौडेलले जानकारी दिए । पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य रहेको छ ।समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । माछापुच्छ्र्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । मर्दी हिमालसहित माछापुच्छ्र्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया