
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
शिशिर उजाड,पोखरा ।नेपाल विद्युत प्राधिकरणले कास्कीको मर्दी हिमाल पदमार्गमा विद्युतीकरण गरेको छ । हालसम्म पनि राष्ट्रिय प्रशाारणको विद्युत लाईन पुग्न नसकेको सो हिमाली पदमार्गमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत बिस्तारको काम गरिएको पोखरा वितरण केन्द्रका ग्रामिण शाखा इन्चार्ज शोभाकर पौडेलले जानकारी दिए ।
पदमार्गको कालिमाटी, डुढ खर्क, मुसलबारी देखि कोकार फरेस्ट क्याम सम्मको ११ केभि लाइन निर्माण सम्पन्न गरी स्थानियलाई विद्युत सेवा उपलव्ध गराईएको इन्चार्ज पौडेलले बताए । उनका अनुसार सोहि पदमार्गको सिदिङ देखि लो क्याम्प बादल डाँडाँ हुदै हाईक्याम्पसम्मको लाईन निकट भविस्यमा नै सम्पन्न गरी सेवा प्रदान गर्ने कार्य भैरहेको छ।उनले भने, “निर्माण कार्य जारी छ, छिट्टै लाइन बिस्तार गरी, चार्ज गछौं ।”पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई विद्युत सेवा पुगेपछि थप सहज हुने विश्वास प्राधिकरणले लिएको छ ।
विद्युत सेवा बिस्तारमा स्थानीय जनप्रतिनिधि,त्यस क्षेत्रका होटल व्यवसायी र स्थानीय बासिन्दाको सहयोगले विकट क्षेत्रमा पनि सेवा बिस्तारमा सहज भएको इन्चार्ज पौडेलले बताए ।विद्युतीकरणसँगै त्यस क्षेत्रका स्थानीयबासी, होटल व्यबसायी र त्यहाँ पुग्ने पर्यटक हर्षित भएका छन् ।
मर्दी हिमाल इको भिलेज होटलका संचालक शिव भण्डारीले बिजुलीको अभावमा अन्धकार भएको यस क्षेत्र अब भने गुल्जार हुने भन्दै खुशी व्यक्त गरे । प्राधिकरणले अन्नपुर्ण पदमार्गको मच्यु, झिनु, छोम्रोङ हुँदै अपर सिनुवासम्मको विद्युतीकरणको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ ।यसअघि घान्दु्रक देखि कुम्रङ डाँडाँ, चुईले, टाडाँपानी तथा अन्नपुर्ण ९ को रामदुवाली, उल्लेरी वनठाँटीसम्म विद्युतीकरण गरी सेवा दिईसकेको इन्चार्ज पौडेलले जानकारी दिए । पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य रहेको छ ।समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । माछापुच्छ्र्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । मर्दी हिमालसहित माछापुच्छ्र्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया