
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । जिल्लाको उच्च भू–भागमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको कालाञ्जर–हम्पाल क्षेत्रमा ताल निर्माणका स्थलगत निरीक्षण गरिएको छ।
तालको निर्माणको अवस्थाका बारेमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी उद्देश्यले स्थलगत निरीक्षण गरिएको हो। जलजला गाउँपालिका, मोदी गाउँपालिका, म्याग्दी र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएका करिब तीन हजार दुई सय मिटर उचाइका खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रूपमा धार्मिक तथा पर्यटकीय आकर्षण केन्द्र बनाउने लक्ष्यसहित निरीक्षण गरिएको हो।
सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा आएको टोलीमा जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य सहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीहरू सहभागी भएका थिए। टोलीले प्रस्तावित ताल निर्माण स्थलको भौगोलिक स्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावहरूको प्रत्यक्ष अवलोकन गरेको छ।
निरीक्षणका क्रममा क्षेत्रको प्राकृतिक बनावट ताल निर्माणका लागि उपयुक्त देखिएको र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायहरूका बारेमा पनि विस्तृत छलफल भएको सहभागीहरूले बताएका छन्। यसअघि पनि स्थानीयले ताल निर्माणका बारेमा निरन्तर माग गर्दै आएका थिए। जसले क्षेत्रको धार्मिक पहिचानसँगै पर्यटन प्रवर्द्धनमा मद्दत गर्ने अपेक्षा गरिएको छ।
निरीक्षण टोलीका सदस्यहरूले ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल क्षेत्र धार्मिक धामका रूपमा मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने उल्लेख गरेका छन्। उनीहरूका अनुसार परियोजना कार्यान्वयन भएपछि आवास, पदमार्ग, दृश्यावलोकन, चरन व्यवस्थापन तथा स्थानीय व्यापारमा समेत प्रत्यक्ष प्रभाव पर्ने छ। गाउँपालिका उपाध्यक्ष दीपक आचार्यका अनुसार स्थानीयवासीले लामो समयदेखि स्थानीय सरकारमार्फत प्रदेश र सङ्घीय सरकारसँग पर्यटन प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै आएका थिए। निरीक्षणपछि आउने अन्तिम डिपिआर प्रतिवेदनले ताल निर्माणको काम अघि बढ्ने उनको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले सङ्घीय मन्त्रालयमा डिपीआरका लागि बजेट माग गरेपछि ४० लाख रुपैयाँ विनियोजन भएको बताए। यो रकमबाट आवश्यक अध्ययनको काम पूरा गरेपछि आउने अध्ययन प्रतिवेदनको आधारमा ताल निर्माणको निर्णय हुने उनको भनाइ छ। अध्ययन प्रतिवेदनको आधारमा सङ्घीय सरकारसँग बजेट माग गरेर ताल निर्माण गरिने र यसले जलजला तथा हम्पाल क्षेत्रमा पर्यटन प्रवर्द्धनको लागि बल पुग्ने बताए।
कालाञ्जर–हम्पाल क्षेत्र पर्वतको उच्च भू–भागमा पर्ने प्रख्यात घाँसे मैदान तथा धार्मिक स्थल हो। समुन्द्र सतहबाट करिब ३२ सय मिटरको उचाइमा रहेको उक्त स्थानबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ। वर्षाको समयमा फुल्ने रङ्गीचङ्गी जडीबुटी, जङ्गली फूल, फूलपाती र चरन क्षेत्रले उक्त क्षेत्रलाई आकर्षक बनाउने गरेको छ । कालाञ्जर सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ। स्थानीय समुदायले धार्मिक अनुष्ठान, पूजा र सांस्कृतिक क्रियाकलापहरू समेत गर्दै आएका छन्।
हम्पाल क्षेत्रमा खुलेका घाँसे मैदान, चरन क्षेत्र, पैदल मार्ग र मौलिक जीवनशैली अवलोकन गर्न चाहने पदयात्रीको रोजाइमा पर्ने गरेको छ। धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्वका कारण कालाञ्जर–हम्पाल क्षेत्र वातावरण अनुकूल र उच्च सम्भावनायुक्त पर्यटन स्थलका रूपमा पहिचान बन्दै आएको छ। ताल निर्माण परियोजना सम्पन्न भएमा यो क्षेत्रमा पोखराबाट विभिन्न स्थानमा पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई जलजलामा आकर्षित गर्न सकिने छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया