
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
३राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
४अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
५ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
६हिमपातले अलपत्र यात्रुको उद्धार
७नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
८आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
९पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
१०कहिले सुधार होला मौसम ?
११प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१२सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१०होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
पोखरा ।बाँझापाटनकी ईश्वरा लिम्बुले ५ सय रुपैया तिरेर दुई वटा कुसन किनिन् । उनलाई कुसनको आवश्यकता थिएन, तर कास्की मोर्डनाइज्डमा भएको महोत्सवमा जव उनि पुगिन् उनको मन मानेन व्याग बाट ५ सय रुपैया निकलिन र दुई वटा कुसन लिएर हिडिन्। उनी विद्यालयकी अभिभावक हुन् । विद्यालयले आयोजना गरेको महोत्सव अवलोकन गर्न उनि पुगेकी थिईन् ।
महोत्सवमा विद्यालयका विद्यार्थीले आफैले निर्माण गरेका सामाग्री वेच्दै थिए । ‘महोत्सव अवलोकन गर्न जाँदा विद्यालयका विद्यार्थीले विभिन्न खालका समाग्री निर्माण गरेर वेच्न लागेको देखे’ उनले भनिन्, ‘आफ्नै छोरा छोरीहरुले निर्माण गरेका सामाग्री देखेपछि प्रोत्सान गर्न आवश्यकता नभए पनि किने।’
उनी जस्तै महोत्सवमा पुगेका सवै अभिभावकहरु आफ्ना छोराछोरीले निर्माण गरेका सामाग्री अवलोकन गर्थे र समाग्री किनेर घर लगेका छन् । विद्यालयले गरेको यो पहिलो महोत्सव अभिभावक क्रेता र विद्यार्थी विक्रेताको रुपमा देख्न पाइन्थ्यो ।
महोत्सवमा विद्यालयलका विद्यार्थीले वनाएका विभिन्न किसिमका वस्तु तथा परिकारहरु अभिभावकले किन्थ्य । जुन वस्तु तथा परिकार विक्री गरेपछि खर्च कटाएर वचेको रकम स्वयम् विद्यार्थीले नै पाउने व्यवस्था विद्यालयले गरेको थियो ।
विद्यालयले गरेको यो महोत्सवले पढाईसँगै रोजगारीमा जोडिने बाटो सिर्जन गरेको कक्षा ८ मा अध्ययनरत विद्यार्थी मानुषी भण्डारीले जानकारी दिईन् । ‘विद्यालयले महोत्सव गरेर हामीलाई रोजगारीमा कसरी जोडिन सकिन्छ भने असल अभ्यास सिकाएको छ’ उनले भनिन्, ‘महोत्सव विद्यालयका सवै विद्यार्थीले आफ्नो प्रतिभा देखाउने थलो बन्यो।’ महोत्सवमा उनी सँगै कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीले हस्तकला निर्माण गरी विक्रि गरेका थिए ।
महोत्सव अवलोकन गर्न आउने अभिभाकहरु आफ्ना छोरा छोरीका प्रतिभा देखेर अचम्मित परेका थिए । विद्यालयका विद्यार्थीले आफ्ना प्रतिभाहरु देखाउने प्लेट फर्म महोत्वम बनेको विद्यालयका अभिभावक पोखर– ८ न्यूरोडका रमन गिरिले बताए ।
महोत्सवमा शैक्षिक सामाग्री प्रदर्शन र विक्री, चित्रकाल प्रदर्शन विक्री, हस्तकाला निर्माण तथा विक्रि, खेलकुदका कार्यक्रम, खाजाका परिकार, पुस्तक प्रदर्शन तथा विक्री गर्न विद्यार्थीहरुलाई भ्याइनभ्याइ भएको थियो । महोत्सवमा १ हजार सम्मको सामान किन्ने अभिभावकलाई कुपनको व्यवस्था गरि गोला प्रथाद्धारा पुरस्कार पनि प्रदान गरिएको थियो । गोला प्रथाद्धारा उत्कृष्ट २० जनालाई पुरस्कार प्रदान गरिएको थियो ।
शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको विद्यालयका संस्थापक प्रध्यानाध्यापक राम बहादुर मोचीले जानकारी दिए ।
‘पहिलो पटक आयोजना गरेको यो महोत्सव यति सब्य र भव्य रुपमा सम्पन्न भयो विद्यालय यो अभियानमा साथ दिने सवैलाई आभार तथा धन्यवाद व्यक्त गर्दछ’ उनले भने,‘ आगामि दिनमा हुने विद्यालयका यस्तै खालका गतिविधिमा यहाँहरुको साथको अपेक्षा गर्दछौं ।’
कला, साहित्य, शिक्षा, खेल, सृजना र मनोरञ्जनको संगम स्थलको रुपमा हेरिएको उक्त महोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावकको जमघटको थलो बनेको थियो ।
शुक्रबार भएको महोत्सवमा कक्षा नर्सरी देखि २ सम्म र कक्षा ८ देखि १० सम्मका विद्यार्थी पूर्व विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो भने शनिबार कक्षा ३ देखि ७ सम्म र कक्षा ११, १२ सम्मका विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको सहभागिता कार्यक्रम संयोजक तथा विद्यालयका सहायक प्रध्यानाध्यापक शिवलाल उपाध्यायले जानकारी दिए । महोत्सवमा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी तथा अभिभावकको प्रस्तुति रहेको थियो ।
महोत्सवको समापन कार्यक्रममा बोल्दै प्रमुख शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीलाई आत्मा निर्भर बनाउनका लागि यो महोत्सव उदाहरणीय भएको बताए । ‘विद्यार्थीका प्रतिभालाई उजागर गरेर आत्मा निर्भर बनाउने काम विद्यालयको हो जुन महोत्सवले परिपूर्ति गरेको छ ’ उनले भने, ‘अभिभावक र विद्यालयबीचको आत्मीय सम्बन्धले यो सफल हुन्छ, त्यो आत्मिय सम्बन्ध यो विद्यालयमा रहेको छ ।’
जिपिए फोर ल्याउँदैमा विद्यार्थी सफल हुन नसक्ने बताउँदै उनले जिवन जिउन सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको औल्याए । ‘विद्यार्थीसँग उत्कृष्ट सर्टिफिकेट छ तर जिवन जिउने, संस्कार र समाज प्रति प्रेम भाव छैन भने विद्यार्थीलाई त्यो सर्टिफिकेटले गिजाएको हुन्छ’ उनले भने, ‘त्यसैले उत्कृष्ट सर्टिफिकेट सँगै जिवन जिउने खालको शिक्षा आवश्यकता छ त्यो यो विद्यालयमा पाईन्छ ।’
महोत्सवमा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलावको पुरस्कार वितरण गरिएको थियो भने महोत्सवमा हुने हरेक प्रस्तुतिको प्रतियोगिताको रुपमा निर्णय गरि विजयी हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अमरसिंह उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइराला, विद्यालयका शैक्षिक विभाग प्रमुख शिवु ढकाल, शिक्षक अनुराग अधिकारी, विद्यार्थी शिक्षा खड्का, सुप्रिया भण्डारीले बोलेका थिए ।

प्रतिक्रिया