
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
हुम्ला ।नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियान लिएर देशभर यात्रा गरिरहेका प्राज्ञ नगेन सिंह ठकुरी हुम्लाको चंखेली गाउँपालिकामा पुगेका छन्।
उनले त्यहाँ हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ स्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण निग्ल हिमालको छायाँमा अवस्थिति दार्मा गाउँ र कर्णाली प्रदेशकै ठूलो खेतीयोग्य दार्मा जिउलो, कैलाश मानसरोवर देखि राराताल जाने लोकमार्गलाई आफ्नो “त्रिकोण क्यानभासमा”उतारेका छन्।
चंखेलीलाई क्यानभासमा उतार्दै उनले भने,” चंखेली अब केवल एउटा गन्तव्य मात्र होइन, नेपालको सम्पदालाई विश्वभर पुर्याउन ‘नेपाल कला यात्रा’को सशक्त क्यानभास बनिसकेको छ ।”
चंखेली केन्द्रमा आयोजित लाईभ–चित्रण कार्यक्रममा गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, वडा अध्यक्ष वृष बहादुर सिंह, चंखेली शिक्षक संघका अध्यक्ष जगत बहादुर शाहीसहित स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।
स्थानियहरूले चंखेलीको ऐतिहासिक गरिमा, सांस्कृतिक पहिचान र प्राकृतिक संरचना सम्बन्धी प्राज्ञ ठकुरीलाई जानकारी समेत गराएका थिए ।ठकुरीले आफ्नो क्यानभासमा उतारेको चंखेली विश्वमञ्चमा चिनिनेमा त्यहाँका स्थानीयहरू विश्वस्त रहेका छन् ।
चंखेली गाउँपालिका अध्यक्ष शाहीले “दार्मा गाउँ र निग्ल हिमालको अद्भुत सौन्दर्य विश्वभर फैलिनु नै चंखेलीकै ठूलो उपलब्धि हो” भन्दै प्रकृतिसँग रमाउन चाहने पर्यटन थप आकर्षित हुनेमा आशावादी रहेको बताए।ठकुरीले लुम्बिनी, सगरमाथादेखि पशुपतिनाथ, मुक्तिनाथ तथा राष्ट्रिय निकुञ्जसम्मका थुप्रै सम्पदाहरू विश्वसामु कला मार्फत चिनाइसकेका छन्।
उनकाे लक्ष्य भनेको ७७ वटै जिल्लाका कम्तीमा ३–३ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा त्रिकोण क्यानभासमा उतारेर ‘नेपाल कला यात्रा’ पुस्तकको दोस्रो संस्करण तयार गर्ने रहेको छ।
उक्त कृतिलाई १ सय ९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा पठाइने उनले बताए। यसै अभियानमार्फत २०८७ सम्म १ करोड पर्यटक नेपाल भित्र्याउने लक्ष्य कलाकार ठकुरीको छ।
वि. सं.२०७१मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत भइसकेका उनले लामो समयदेखि कला सिर्जना तथा प्रर्वद्धनमा सक्रिय छन् ।यसै सक्रियताका कारण नै उनले हालसम्म डेढ सयभन्दा धेरै सम्पदा स्थल क्यानभासमा चित्रण गरिसकेका छन्।
स्वर्ण पदक, अरनिको युवा पुरस्कार, राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कारलगायत अन्य धेरै सम्मान प्राप्त गरिसकेका उनी २०८० वैशाख १ गते राष्ट्रपतिबाट प्रबल जनसेवाश्री मानपदवीले पनि सम्मानित भईसकेका छन्। उनले प्राप्त गरेका सम्मान नै उनकाे कलायात्राको क्षेत्रमा पुर्याएको उल्लेख्य योगदानको प्रमाण हो।
उनको पहिलो संस्करण स्वरूप यसै वर्ष प्रकाशित ‘नेपाल कला यात्रा’मा १ हजार ५ सय ६१ जना प्रकाशकका नाम समावेश छन्। करिब ५ लाख नेपालीको सहभागितामा गराएर यो कृति अब दोस्रो संस्करणका लागि अझै विस्तारित स्वरूपमा तयार हुँदैछ।
यसै १०० रुपैयाँ अभियानका लागि प्रकाशकको रूपमा स्वैच्छिक सहयोग संकलन समेत भइरहेको छ । साथै अहिलेसम्म १०० भन्दा बढी प्रति पुस्तक बिक्री भइसकेको छ।५ लाख नेपालीहरु द्वारा प्रकाशित कृति नेपाल कला यात्रा बनाउन “७७ जिल्ला स्थलगत कला भ्रमणको क्रममा अहिले हुम्ला पुगेका हुन ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया