
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमी सेकेण्डरी स्कूलमा शुक्रबारदेखि ‘कास्की मोर्डनाइज्ड महोत्सव–२०८२’ शुरु भएको छ ।‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित महोत्सव शनिबार (भोलि) सम्म चल्ने छ ।
कला, साहित्य, शिक्षा, खेल, सृजना र मनोरञ्जनको संगम स्थलको रुपमा हेरिएको उक्त महोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावकको जमघटको थलो बनेको छ ।
विद्यार्थीका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ विद्यालयले पहिलो पटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा विद्यालयलका विद्यार्थीले वनाएका विभिन्न किसिमका वस्तु तथा परिकारहरु अभिभावकले किन्ने छन् । जुन वस्तु तथा परिकार विक्री गरेपछि खर्च कटाएर वचेको रकम स्वयम् विद्यार्थीले नै पाँउनेछन् ।
शुक्रबार भएको महोत्सवमा कक्षा नर्सरी देखि २ सम्म र कक्षा ८ देखि १० सम्मका विद्यार्थी पूर्व विद्यार्थी र अभिभावकको सहभागिता रहेको छ भने शनिबार कक्षा ३ देखि ७ सम्म र कक्षा ११, १२ सम्मका विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको सहभागिता रहने छ । महोत्सवमा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी तथा अभिभावकको प्रस्तुति रहेको थियो ।
हरेक वर्ष गरिने अभिभावक दिवसले सवै विधा समेट्न नसक्ने भएर यस वर्ष दुई दिनको महोत्सव नै आयोजना गरिएको विद्यालयका संस्थापक प्रध्यानाध्यापक राम बहादुर मोचीले जानकारी दिए ।
‘कक्षा कोठाको सिकाईबाट मात्र अब्बल भएका विद्यार्थीहरु जिवनमा सफल नभएको धेरै उदाहारण छन्’ उनले भने, ‘कक्षा कोठा भन्दा वाहिरको सिकाइबाट जिवनलाई सफल र सवल बनाउन सक्ने भएकाले यो महोत्सव आयोजना गरेका हौं ।’ विद्यार्थीका प्रतिभा पहिचान गर्नका लागि यो महोत्सव कोशेढु·ा सावित हुने उनको विश्वास रहेको छ ।
‘यो महोत्सवमा विद्यालयका विद्यार्थीले विभिन्न वस्तु तथा परिकार बनाउँछन् जहाँ अभिभावक ग्राहक वनेर ति सामान किन्छन्’ उनले भने, ‘विद्यार्थीलाई पढाईसँगै वास्तविक सत्य र तथ्य वुझाउन पनि यो कार्यक्रम विद्यार्थीका लागि फलदायी हुनेछ ।’ नाम र दाम दुवै कमाउनका लागि विद्यार्थीहरुलाई महोत्सव सिकाई हुने उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महोत्सवले विद्यार्थीहरुका प्रतिभाको याथर्थ पहिचान गर्ने बताए । ‘ वच्चा जन्मिने वित्तिकै केहि न केहि प्रतिभा लिएर आएको हुुुुन्छ, जसको पहिचान गर्न सक्नु पर्दछ’ उनले भने, ‘यो महोत्सवले तिनै प्रतिभाको पहिचान गरि जिवन बाच्न सिकाउने काम गरेको छ जुन पोखरा महानगरपालिकालाई पनि सिकाई बनेको छ ।
उनले महोत्सवले विद्यार्थीलाई प्लेट फर्म दिएको बताउँदै विद्यालयले सिकाएका सिप र सिकाईलाई अभिभावकले दैनिकीको रुपमा आफ्ना छोरा छोरीलाई प्रेरित गर्न सकेमा मात्र महोत्सवले सार्थकता पाउने बताए । यो महोत्सव रमाईलोको लागि नभई सिकाईको लागि हो भन्ने अभिभावले वुझ्नु पर्ने उनको भनाई थियो ।
एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीहरुको चौतर्फी विकास गर्नेकाम यो महोत्सवले गरेको बताए । ‘एन प्याव्सनमा हुने वाल प्रतिभा पहिचान कार्यक्रमको पनि परिकल्पनाकार यसै विद्यालयका संस्थापका प्रध्यानाध्यापक अध्यक्ष राम बहादुर मोची सर हुनुहुन्थ्यो’ उनले भने,‘ एन प्याव्सनको कार्यक्रमको झल्को दिने गरि कार्यक्रम गर्नुभएको छ यो विद्यार्थीका लागि ठूलो अवसर हो ।’
हिसान कास्कीका अध्यक्ष दिवारक जैसीले विद्यार्थीका विविध क्षमताको प्रतिभा प्रस्फुटन गर्न थलो महोत्सव वनेको बताए । रामेश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता बोधराज बरालले निजि विद्यालयले गरेका यस्ता कार्यक्रम सामुदायिक विद्यालयलाई सिकाई हुने बताए । महोत्सवमा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलावको पुरस्कार वितरण समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विद्यालयका सहायक प्रध्यानाध्यापक शिवलाल उपाध्याय, शैक्षिक प्रमुख शिवु ढकाल, शिक्षक अनुराग अधिकारी, विद्यार्थी जोसना गुरुङ, निशु गुरुङले बोलेका थिए ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया