
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमी सेकेण्डरी स्कूलमा शुक्रबारदेखि ‘कास्की मोर्डनाइज्ड महोत्सव–२०८२’ शुरु भएको छ ।‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित महोत्सव शनिबार (भोलि) सम्म चल्ने छ ।
कला, साहित्य, शिक्षा, खेल, सृजना र मनोरञ्जनको संगम स्थलको रुपमा हेरिएको उक्त महोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावकको जमघटको थलो बनेको छ ।
विद्यार्थीका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ विद्यालयले पहिलो पटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा विद्यालयलका विद्यार्थीले वनाएका विभिन्न किसिमका वस्तु तथा परिकारहरु अभिभावकले किन्ने छन् । जुन वस्तु तथा परिकार विक्री गरेपछि खर्च कटाएर वचेको रकम स्वयम् विद्यार्थीले नै पाँउनेछन् ।
शुक्रबार भएको महोत्सवमा कक्षा नर्सरी देखि २ सम्म र कक्षा ८ देखि १० सम्मका विद्यार्थी पूर्व विद्यार्थी र अभिभावकको सहभागिता रहेको छ भने शनिबार कक्षा ३ देखि ७ सम्म र कक्षा ११, १२ सम्मका विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको सहभागिता रहने छ । महोत्सवमा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी तथा अभिभावकको प्रस्तुति रहेको थियो ।
हरेक वर्ष गरिने अभिभावक दिवसले सवै विधा समेट्न नसक्ने भएर यस वर्ष दुई दिनको महोत्सव नै आयोजना गरिएको विद्यालयका संस्थापक प्रध्यानाध्यापक राम बहादुर मोचीले जानकारी दिए ।
‘कक्षा कोठाको सिकाईबाट मात्र अब्बल भएका विद्यार्थीहरु जिवनमा सफल नभएको धेरै उदाहारण छन्’ उनले भने, ‘कक्षा कोठा भन्दा वाहिरको सिकाइबाट जिवनलाई सफल र सवल बनाउन सक्ने भएकाले यो महोत्सव आयोजना गरेका हौं ।’ विद्यार्थीका प्रतिभा पहिचान गर्नका लागि यो महोत्सव कोशेढु·ा सावित हुने उनको विश्वास रहेको छ ।
‘यो महोत्सवमा विद्यालयका विद्यार्थीले विभिन्न वस्तु तथा परिकार बनाउँछन् जहाँ अभिभावक ग्राहक वनेर ति सामान किन्छन्’ उनले भने, ‘विद्यार्थीलाई पढाईसँगै वास्तविक सत्य र तथ्य वुझाउन पनि यो कार्यक्रम विद्यार्थीका लागि फलदायी हुनेछ ।’ नाम र दाम दुवै कमाउनका लागि विद्यार्थीहरुलाई महोत्सव सिकाई हुने उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महोत्सवले विद्यार्थीहरुका प्रतिभाको याथर्थ पहिचान गर्ने बताए । ‘ वच्चा जन्मिने वित्तिकै केहि न केहि प्रतिभा लिएर आएको हुुुुन्छ, जसको पहिचान गर्न सक्नु पर्दछ’ उनले भने, ‘यो महोत्सवले तिनै प्रतिभाको पहिचान गरि जिवन बाच्न सिकाउने काम गरेको छ जुन पोखरा महानगरपालिकालाई पनि सिकाई बनेको छ ।
उनले महोत्सवले विद्यार्थीलाई प्लेट फर्म दिएको बताउँदै विद्यालयले सिकाएका सिप र सिकाईलाई अभिभावकले दैनिकीको रुपमा आफ्ना छोरा छोरीलाई प्रेरित गर्न सकेमा मात्र महोत्सवले सार्थकता पाउने बताए । यो महोत्सव रमाईलोको लागि नभई सिकाईको लागि हो भन्ने अभिभावले वुझ्नु पर्ने उनको भनाई थियो ।
एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीहरुको चौतर्फी विकास गर्नेकाम यो महोत्सवले गरेको बताए । ‘एन प्याव्सनमा हुने वाल प्रतिभा पहिचान कार्यक्रमको पनि परिकल्पनाकार यसै विद्यालयका संस्थापका प्रध्यानाध्यापक अध्यक्ष राम बहादुर मोची सर हुनुहुन्थ्यो’ उनले भने,‘ एन प्याव्सनको कार्यक्रमको झल्को दिने गरि कार्यक्रम गर्नुभएको छ यो विद्यार्थीका लागि ठूलो अवसर हो ।’
हिसान कास्कीका अध्यक्ष दिवारक जैसीले विद्यार्थीका विविध क्षमताको प्रतिभा प्रस्फुटन गर्न थलो महोत्सव वनेको बताए । रामेश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता बोधराज बरालले निजि विद्यालयले गरेका यस्ता कार्यक्रम सामुदायिक विद्यालयलाई सिकाई हुने बताए । महोत्सवमा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलावको पुरस्कार वितरण समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विद्यालयका सहायक प्रध्यानाध्यापक शिवलाल उपाध्याय, शैक्षिक प्रमुख शिवु ढकाल, शिक्षक अनुराग अधिकारी, विद्यार्थी जोसना गुरुङ, निशु गुरुङले बोलेका थिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया