
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
शिशिर उजाड,पोखरा ।पोखराका शिव मन्दिर परिसरमा दिवङ्गत पितृको मोक्षको कामना सहित सतबीज छरिएको छ ।सतबीज छर्न अधिकांश शिव मन्दिर परिसरमा सवेरै देखि भक्तजनको भीड लागेको थियो ।
धार्मिक पर्यटकिय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ । पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । विभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लागेको थियो ।
रूद्री पुजा गरिसकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भएपनि विहानैदेखि भक्तजनको भिड लागेको स्थानीय प्रेम बहादुर जिसीले जानकारी दिए । स्थानीय नारायण प्रसाद पौडेलको घरबाट विधिपूर्वक पूजा आजा गरि निकालिएको फुलको डोली बाजा गाजा र भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याइएको थियो । फुलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ ।त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला,कुरेचौर,हरिपाउँ,पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताए।सो धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९ , भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन समेत दिएका थिए ।स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए।
पछिल्लो समयमा विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए ।शतबीज छर्नाले भगवान् शिवजी खुसी हुने र अर्को जुनीको लागि खेती हुने भएकाले यसको धार्मिक र शास्त्रीय महत्व रहेकोे पण्डित गुरुदत्त लामिछानेले बताए ।शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वाससमेत रहेको स्थानीय अनिता बराल पौडेलले बताईन् ।।
यसैबिच पोखरा १६ को घार्मीखोलास्थित सर्वेश्वर शिव मन्दिरमा पनि धुमधामका साथ बालाचर्तुदशी पर्व मनाईएको छ । मन्दिर स्थापना भएपछि पहिलो पटक आयोजित धार्मिक कार्यक्रममा सहभागि भक्तजनले आफ्ना दिवंगत पितृको सम्झनामा सतबीज छरेको पण्डित प्रकाश भट्टराइले जानकारी दिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया