
१महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
२जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
३जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
४भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
५मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
६रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
७सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
८जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
९जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
१०फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
११रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
१२पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
अजय मिश्र,कृष्णानगर।मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था आफन्त नेपाल ले विद्यालय–स्तरीय सचेतना अभियानलाई व्यापक रुपमा संचालन गरिरहेको छ । संस्थाले जिल्लाका विभिन्न पालिका विद्यालयहरूमा विभिन्न सचेतनामूलक सत्र सञ्चालन गर्दै आइरहेको छ, जसका कारण सयौँ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
किशोरावस्थालाई जोखिमपूर्ण चरण मानिने भएकाले यस उमेर समूहका बालबालिकाले सही जानकारी, ज्ञान र पहिचान कौशल हासिल गर्न आवश्यक रहेको शाखा प्रमुख बिपना सुनार बताउँछिन्। उनका अनुसार पछिल्ला वर्षहरूमा किशोर–किशोरीहरूबीच अनियोजित यात्रा, मोबाइल तथा इन्टरनेटको गलत प्रयोग, झुटो रोजगारको प्रलोभन लगायत मुद्दा तीव्र रूपमा देखा परिरहेका छन्, जसले उनीहरूलाई मानव बेचबिखन र विभिन्न प्रकारका हिंसामा फसाउने जोखिम बढाएको छ।
तौलिहवा, बुद्धभूमि र कृष्णनगरका विद्यालयमा कार्यक्रम
आफन्त नेपालले विभिन्न समयमा तौलिहवा, बुद्धभूमि र कृष्णनगर क्षेत्रमा रहेका माध्यमिक विद्यालयहरूमा निरन्तर सचेतना सत्र सञ्चालन गरेको छ। कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई मानव बेचबिखनका कारण, प्रक्रिया, रोकथामका उपाय, सुरक्षित यात्रा, आत्म–रक्षा, डिजिटल सुरक्षा, लैङ्गिक हिंसा पहिचान र सहायता सेवा उपयोग गर्ने तरिका बारे विस्तृत जानकारी दिइएको छ।
विद्यालयमा प्रत्यक्ष रूपमा कार्यक्रम पुर्याउँदा विद्यार्थीमा छिटो र दिगो परिवर्तन देखिने कर्मचारी बिकाश श्रीवास्तव बताउँछन्। “कुरा मात्र गर्दा भन्दा प्रत्यक्ष गतिविधि, उदाहरण र अनुभव आदान–प्रदान गर्दा विद्यार्थीहरू धेरै प्रभावमा पर्छन्। यही कारण हामी विद्यालयलाई प्राथमिकता दिँदै आएका छौँ,” उनले बताए।
जिल्लाभर सयौँ विद्यार्थी सचेत
संस्थाका अनुसार विभिन्न समयमा गरेर जिल्लाभरका सयौँ किशोर–किशोरी कार्यक्रमबाट सचेत बनिसकेका छन्। अभिभावक तथा शिक्षकहरूबाट पनि कार्यक्रममा गरेको प्रभावबारे सकारात्मक प्रतिक्रिया प्राप्त भएको आफन्त नेपालले जनाएको छ।
बिपना सुनारका अनुसार, “विद्यार्थीहरूले सिकेका कुरा घर, समुदाय र साथीहरूमा समेत सुनाउँदा प्रभाव अझै बढेको छ। यो केवल जानकारी कार्यक्रम मात्र होइन, दीर्घकालीन व्यवहारिक परिवर्तन ल्याउने अभियान हो।”
विद्यालयसँगै समुदायमा पनि अभियान सक्रिय
विद्यालयमा मात्र सीमित नभई आफन्त नेपालले समुदाय–स्तरमा पनि समान रूपमा सचेतनामूलक कार्यक्रम, अभिभावक संवेदीकरण, महिला समूह छलफल, जोखिम पहिचान तालिम तथा सुरक्षित आवागमनलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया