
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत,गोबिन्द रिजाल । पर्वत जेसीज सप्ताह–२०२५ अन्तर्गत तेस्रो दिन सशस्त्र प्रहरी चण्डिका गणको खेलमैदानमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । पत्रकार महासङ्घ पर्वत र पर्वत जेसीजबीच भएको खेल सुरुदेखि नै रोमाञ्चक रह्यो । निर्धारित समयमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेल ४–४ को बराबरीमा टुंगिएको थियो । खेल पेनाल्टीमा पुगेपछि पर्वत जेसीजले ४–३ को नतिजासहित पत्रकार महासङ्घलाई पछि पार्दै जित हात पार्न सफल भयो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक कर्णसिंह धामी, अध्यक्षीय क्लबका अध्यक्ष, पत्रकार महासङ्घका अध्यक्ष, पूर्व अध्यक्षहरू तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनायो । कार्यक्रम संयोजक जेसी अर्जुनराज पुरीले स्वागत मन्तव्य दिँदै उपस्थित अतिथि, पदाधिकारी, तथा खेलाडीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै युवालाई सही दिशा र सकारात्मक मार्गदर्शन दिन यस गतिविधि महत्वपूर्ण हुने बताए ।
सप्ताहको मुख्य संयोजन जेसी शर्मिला शर्माले सम्हाल्नुभएको थियो भने कार्यक्रम महासचिव जेसी प्रवेशराज पुरीले सुव्यवस्थित रूपमा सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै पर्वत जेसीजका अध्यक्ष जेसी अच्युत पौडेलले खेलकुद युवाको सीप, व्यक्तित्व र नेतृत्व उदयको साझा उत्सव भएको उल्लेख गर्दै सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गर्नुभयो ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिताले जेसीज सप्ताहले उद्देश्य राखेको युवा सशक्तिकरण, स्वस्थ प्रतिस्पर्धा र सामुदायिक एकताको सन्देशलाई अझ सबल बनाउँदै सफलतापूर्वक सम्पन्न भएको पर्वत जेसीजले जानकारी दिएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया