
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको सातौँ अधिवेशन शनिवार सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिबेशनले अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन गरेको छ ।
साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका लागि पठाइएका प्रतिनिधि प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको उपस्थितिमा जिल्लाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा सूदीप क्षेत्री, द्वितीय उपाध्यक्षमा मञ्जु बि.क. महिला उपाध्यक्षमा साबित्री शर्मा , सचिवमा वसन्त बास्तोला, कोषाध्यक्षमा देवी परियार, सहसचिवमा सन्दीप नेपाली र सह कोषाध्यक्षमा शोभा रिमाल चयन भएका छन् ।
यस्तै सदस्यहरूमा कृष्ण कँडेल, सचिना कुमारी शर्मा, शिव पौडेल, शोभा परियार, प्रकाश पौडेल, शिव पुरी, अप्सन विश्वकर्मा, सफल परियार, गणेश पौडेल, सागर नेपाली, समीर रामदाम, निलम सुनार, शलिना गुरुङ, आश्मिक परियार सर्वसम्मत भएका छन् । सौहार्दपूर्ण वातावरणमा प्रतिष्ठानको विधान अनुसार नै सातौँ अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न भएको केन्द्रीय प्रतिनिधि न्यौपानेले बताए ।शनिवार कुश्मामा भएको अधिवेशनको अवसरमा प्रतिष्ठानले सामाजिक रूपमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेका छ । जसमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेका निजी सचिव राजेन्द्रबहादुर क्षेत्री, गीतकार डा. शिव सुवेदी, शिवालय युवा विकास मञ्च, पत्रकार संजय रेग्मी लगायत रहेका छन् ।
लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेको प्रथम आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । प्रतिष्ठान पर्वतकी निवर्तमान अध्यक्ष पशुपति कार्की (पूजा) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निवर्तमान प्रथम उपाध्यक्ष सन्तोष सुवेदीले गरेका थिए । स्वागत मन्तव्य निवर्तमान द्वितीय उपाध्यक्ष सुदीप क्षेत्रीले गरेका थिए ।
नयाँ बनेको कार्यसमितिले अबको तीन वर्ष आफ्नो पदाधिकार सम्हाल्ने छ ।यस्तै आफ्नो तीन वर्षको अवधिमा निवर्तमान अध्यक्ष कार्कीले सफलतापूर्वक पूरा गरेको र प्रतिष्ठान पर्वतलाई देशभरमै उच्च बनाएको कार्यक्रमका वक्ताहरूले बताएका छन् । महिलाको नेतृत्वमा रहेको प्रतिष्ठानले अन्य जिल्लाको भन्दा नमुना कार्यहरू गरेर सफलता प्रदान गरेको उनीहरूको भनाइ छ ।
कार्की नेतृत्वमा नै सातौँ अधिवेशनको अवसरमा सात दिनसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो । यस्तै तीन वर्षे कार्यकालमा पर्वतको समिति गण्डकी प्रदेशमा दुई पटक र केन्द्रमा एक पटक देशकै उत्कृष्ट जिल्ला बनेको निवर्तमान अध्यक्ष कार्कीले बताइन् ।
विपन्न बालबालिकालाई स्टेशनरी र खाद्यान्न वितरण, कलाकार सम्मान, नभ प्रतिभा सम्मान, महिला कालाकार सम्मान, खाद्यान्न वितरण, वृक्षारोपण, सार्वजनिक स्थल सरसफाइ, कुर्ची तथा सङ्गीतका सामग्री वितरण, अपाङ्गता भएका तथा असहायलाई सहायता वितरण, दीर्घ रोगीलाई नगद सहयोग, बालबालिकाको सहयोगार्थ ’जिबब लाइभ कन्सर्ट’, सडक महोत्सव, लोक तथा दोहोरी प्रतियोगिता, लगायत साङ्गीतिक कार्यक्रमहरू आयोजना, विद्यालयहरूमा खाद्यान्न सहयोग, बिरामीहरूका लागि न्यानो कपडा अभियानहरू सञ्चालन भएका थिए ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया