
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत। विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफलतापूर्वक आरोहण गरेका कुश्मा नगरपालिका–९ निबासी वीर सपूत किरण पि.सी. लाई भव्य सम्मान गरिएको छ । भारतीय सेनाको तर्फबाट आयोजित हिमालयन एक्सपेडिसनको रजत जयन्तीको पावन अवसरमा पि.सी. ले २०८२ जेठ १३ गते हिमाल आरोहणको कीर्तिमानी सफलता प्राप्त गर्नुभएको थियो।
राष्ट्रकै गौरव बढाएका भन्दै स्थानियले उहाँलाई मंगलबार एक भव्य समारोहका बीच स्वागत तथा सम्मान गरेका हुन । भारतीय सेनामा कार्यरत किरण पि.सी. आरोहणपछि तत्काल समय नमिल्दा गृहनगर कुश्मा फर्कन सम्भव भएको थिएन। सफल आरोहण गरेको करिब पाँच महिनापछि उहाँलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो।लामो अन्तराल पछि पनि उहाँप्रति स्थानीयवासीको प्रेम, सम्मान र उत्साहमा भने कुनै कमी आएको थिएन।किरण पि.सी. कुश्मा-९ मा आइपुग्दा समस्त वडावासीले स्वागत कार्यक्रमलाई विशेष बनाउन स्थानीय पन्जेबाजा समूह र भजन समूह परिचालन गरेका थिए ।
परम्परागत पन्जेबाजाको मीठो र उत्साहपूर्ण धुनले सम्पूर्ण वातावरणलाई खुसियालीमा परिणत गरेको थियो भने भजन समूहले देश र माटोको जयगान गाउँदै तथा आरोहीको सफलताको कामना गर्दै स्वागत समारोहलाई धार्मिक र सांस्कृतिक रङ दिएका थिए।
त्यस्तै उहाँले अध्ययन गर्नुभएको श्री सार्वजनिक माध्यमिक विद्यालय का व्यवस्थापन समिति, शिक्षक-शिक्षिका र विद्यार्थीहरूले उहाँलाई विशेष सम्मान अर्पण गरे। त्यस्तै, उहाँको गाउँको आमा समूह लगायत अन्य सामाजिक संघ-संस्थाहरूले पनि उहाँको निधारमा टीका र गलामा माला पहिराएर स्वागत गरे। विद्यालय परिवारले पि.सी. को सफलतालाई सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणाको स्रोतको रूपमा प्रस्तुत गरेको छ।
स्वागत समारोहमा बोल्ने वक्ताहरूले किरण पि.सी. को यो साहसिक कदमले युवा पुस्तालाई ठूला लक्ष्यहरू निर्धारण गर्न र त्यसलाई प्राप्त गर्नका लागि कडा परिश्रम गर्न प्रेरित गर्नेमा जोड दिए। वडा अध्यक्ष तथा अन्य स्थानीय प्रतिनिधिहरूले उहाँको यो उपलब्धि केवल उहाँको व्यक्तिगत नभई समग्र कुश्मा नगरपालिका र पर्वत जिल्लाकै गौरवको विषय भएको बताए।
“किरण पि.सी. ले भारतीय सेनामा रहेर हाम्रो राष्ट्रको गौरव बढाउनुभएको छ। उहाँको समर्पण र त्यागले गर्दा नै हामी आज उहाँलाई यसरी सम्मान गर्न पाएका छौँ। यो भव्य स्वागतले उहाँको पेशागत जीवनमा थप सफलता मिलोस् भन्ने कामना गर्दछौँ।” स्थानियले भने ।
समारोहको अन्त्यमा, किरण पि.सी. ले सम्पूर्ण वडावासी, विद्यालय परिवार र आमा समूहलाई यति भव्य र भावनात्मक स्वागत गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आफ्नो सफलतामा सबैको माया र सद्भावको ठूलो भूमिका रहेको बताउनुभयो।
भारतीय सेनाको साहसिक ‘हिमालयन एक्सपेडिसन’ को रजत जयन्ती (२५ औँ वर्षगाँठ) को अवसरमा गरिएको यो आरोहण निकै चुनौतीपूर्ण र गौरवपूर्ण थियो। पि.सी. ले यो अभियानमा सहभागी भई सफलतापूर्वक हिमालको चुचुरोमा पुगेर आफ्नो राष्ट्रको सान र वीरतालाई थप उचाइ दिनुभएको छ । उहाँको यो कीर्तिमानी सफलताले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली युवाहरूको साहस र क्षमताको प्रदर्शन भएको छ। उहाँले गरेको अथक मेहनत, दृढ सङ्कल्प र अदम्य साहसको फलस्वरूप नै यो उपलब्धि हासिल भएको हो।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया