
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत। नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा सोमबार कुश्मामा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा पर्वत जिल्लाको विकास र समृद्धिका लागि के, कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा गहन छलफल गरिएको हो ।
जिल्लाका सरकारी निकायहरुमा भैरहेको भ्रष्टाचार, बेथिति, विसंगति र अनियमिततालाई न्यूनिकरण गरी सुशासन कायम गर्नका लागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाईएको छ ।
यसैगरी स्थानीय तहहरुमा कर्मचारी र जनप्रतिनिधिहरुवाट भैरहेका अनियमितता, विकास निर्माणका कार्यहरुको गुणस्तर बृद्धि, सवारी साधानहरुको बढ्दो दुरुपयोग र शैक्षिक क्षेत्रमा देखिएका कमजोरीहरुलाई सुधार गर्नका लागि पनि साझा एजेण्डा बनाएर अघि बढ्ने सहमति भएको छ । यस्तै आवश्यकता भन्दा बढि विभिन्न राजनीतिक पहुँच वा वा स्वार्थको आधारमा स्थानीय तहमा नियुक्त गरिएका कर्मचारी हटाउन उनिहरुको तलबभत्ताको लागि खर्चिएको रकम विकास निर्माणमा लगाउन माग गरिने भएको छ ।
यसैगरी जिल्लामा अलपत्र भएका विकास निर्माणका कामहरुलाई सुचारु गरि निर्धारित समयमै सम्पन्न गराउनका लागि दुवै निर्माण व्यावसायि र सम्वन्धित कार्यालयलाई खबरदारी गर्ने, दुवै संस्थाबीच आपसी सहकार्यमा विभिन्न प्रवद्धनात्मक काम गर्ने र भावी सम्भावनाहरुको खोजी गर्ने विषयमा पनि सहमति जुटेको छ ।
जिल्लामा रहेका सञ्चारमाद्यामहरुलाई अझै सक्रिय बनाउन र यिनीहरुको दिगो संचालनका लागि सुचना, विज्ञापन, समाचारलाई थप व्यवस्थित गरिदै लैजाने विषयमा सञ्जालले समेत सहकार्य गर्ने भएको छ ।
निजि विद्यालयहरुले विद्यार्थीलाई उपलव्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिको रकम पारदर्शि नभएकालेले नगरपालिकासँग समन्वय गरी योग्य र आर्थिक रुपमा विपन्न अभिभावकका छात्रछात्रालाई दिनुपर्ने माग समेत उठान गरिएको छ।
आगामी दिनमा दुवै संस्थाबीच आपसी सहकार्य र समन्वय गर्दै अघि बढ्ने सहमति भएको पत्रकार महासंघ पर्वतका सचिब साजन परियारले बताउनुभयो । अन्तरक्रियामा पर्वत युवा सञ्जालको तर्फवाट संयोजक समुन्द्र गिरी, शिवालय युवा विकास मञ्चका अध्यक्ष संविधान गिरी, अभिलास गिरी, मदन पौडेल, आशिष गिरी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, पुर्व अध्यक्ष ओमप्रसाद घायल, निवर्तमान अध्यष सन्तोष थापा प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश गिरी, सञ्चारीका समुहकी अध्यक्ष रन्जना खत्री, प्रेस सेण्टरका गण्डकी प्रदेश सदस्य प्रनिश गिरी लगायतको सहभागिता रहेको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया