
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत। नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा सोमबार कुश्मामा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र त्यपछि विकसित विभिन्न घटनाक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा पर्वत जिल्लाको विकास र समृद्धिका लागि के, कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा गहन छलफल गरिएको हो ।
जिल्लाका सरकारी निकायहरुमा भैरहेको भ्रष्टाचार, बेथिति, विसंगति र अनियमिततालाई न्यूनिकरण गरी सुशासन कायम गर्नका लागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाईएको छ ।
यसैगरी स्थानीय तहहरुमा कर्मचारी र जनप्रतिनिधिहरुवाट भैरहेका अनियमितता, विकास निर्माणका कार्यहरुको गुणस्तर बृद्धि, सवारी साधानहरुको बढ्दो दुरुपयोग र शैक्षिक क्षेत्रमा देखिएका कमजोरीहरुलाई सुधार गर्नका लागि पनि साझा एजेण्डा बनाएर अघि बढ्ने सहमति भएको छ । यस्तै आवश्यकता भन्दा बढि विभिन्न राजनीतिक पहुँच वा वा स्वार्थको आधारमा स्थानीय तहमा नियुक्त गरिएका कर्मचारी हटाउन उनिहरुको तलबभत्ताको लागि खर्चिएको रकम विकास निर्माणमा लगाउन माग गरिने भएको छ ।
यसैगरी जिल्लामा अलपत्र भएका विकास निर्माणका कामहरुलाई सुचारु गरि निर्धारित समयमै सम्पन्न गराउनका लागि दुवै निर्माण व्यावसायि र सम्वन्धित कार्यालयलाई खबरदारी गर्ने, दुवै संस्थाबीच आपसी सहकार्यमा विभिन्न प्रवद्धनात्मक काम गर्ने र भावी सम्भावनाहरुको खोजी गर्ने विषयमा पनि सहमति जुटेको छ ।
जिल्लामा रहेका सञ्चारमाद्यामहरुलाई अझै सक्रिय बनाउन र यिनीहरुको दिगो संचालनका लागि सुचना, विज्ञापन, समाचारलाई थप व्यवस्थित गरिदै लैजाने विषयमा सञ्जालले समेत सहकार्य गर्ने भएको छ ।
निजि विद्यालयहरुले विद्यार्थीलाई उपलव्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृत्तिको रकम पारदर्शि नभएकालेले नगरपालिकासँग समन्वय गरी योग्य र आर्थिक रुपमा विपन्न अभिभावकका छात्रछात्रालाई दिनुपर्ने माग समेत उठान गरिएको छ।
आगामी दिनमा दुवै संस्थाबीच आपसी सहकार्य र समन्वय गर्दै अघि बढ्ने सहमति भएको पत्रकार महासंघ पर्वतका सचिब साजन परियारले बताउनुभयो । अन्तरक्रियामा पर्वत युवा सञ्जालको तर्फवाट संयोजक समुन्द्र गिरी, शिवालय युवा विकास मञ्चका अध्यक्ष संविधान गिरी, अभिलास गिरी, मदन पौडेल, आशिष गिरी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, पुर्व अध्यक्ष ओमप्रसाद घायल, निवर्तमान अध्यष सन्तोष थापा प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश गिरी, सञ्चारीका समुहकी अध्यक्ष रन्जना खत्री, प्रेस सेण्टरका गण्डकी प्रदेश सदस्य प्रनिश गिरी लगायतको सहभागिता रहेको थियो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया