SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/७/१७ गते
    १८९ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कपिलवस्तु । जिल्लाकाे कृष्णनगरमा रहेकाे शान्ति पुनर्स्थापना गृह शाखाले सामाजिक लेखा परिक्षण सम्पन्न गरेकाे छ ।कृष्णनगरकाे हाेटेल दरबारमा आयाेजित समाजिक परिक्षण कार्यक्रममा शाखाले आर्थिक बर्ष २०८१/०८२ मा विभिन्न देशबाट शाखाले परामर्श , उद्धार, पारिवारिक पुनर्मिलन तथा विभिन्न अभियानहरुबारे जानकारी गराएकाे थियाे ।

    आर्थिक बर्ष २०८१/०८२ मा शान्ति पुनर्स्थापना गृह शाखा कपिलवस्तुले जिल्ला भरिबाट भारत लगायत अन्य मुलुकबाट परामर्श मार्फत उद्धार गरिएका चेलीबेटी ७५३९ छन भने उद्धार गरिएका ३७३ जना रहेका छन । त्यसतै ५ जनामाथि मुद्दा दर्ता समेत गरिएकाे कपिलवस्तु शाखाका प्रमुुख दिनेश तिमिल्सिना ले बताउनुभयाे ।

    शान्ति पुनर्स्थापना गृहकाे कपिलवस्तु जिल्लामा कृष्णनगर शाखा, मर्यादपुर सम्पर्क कार्यालय , चाकरचाैडा सम्पर्क कार्यालय र चन्द्राैटामा सम्पर्क कार्यालय मार्फत कार्यसम्पादन गर्दै आएकाे राष्ट्रिय उद्धार संयाेजक भुमिराज भट्टराईले बताउनुभएकाे छ।खुला सिमाना हुँदै हुने मानवबेचविखनलाई न्यनीकरण गर्न सराेकारवाला संस्थाले निर्णायक भुमिका खेल्दै जानुपर्ने प्रजिअ जनार्दन गाैतमले सुझाउनुभएकाे थियाे ।

    कार्यक्रममा पुर्वमन्त्री अर्जुन केसी, प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , प्रहरी उपरिक्षक सन्ताेष आचार्य, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष रितेश शर्मा , गैसस प्रदेश अध्यक्ष सुशिला बेलबासे महादेव पाेख्रेल , उपप्रमुख शिवकुमारी थारु ,जिल्ला समन्वय समिति पदाधिकारी , वडाध्यक्ष कृष्ण कुमार गुप्ता लगायत जनप्रतिनिधि , समाजसेवी, सुरक्षा निकाय , पत्रकार लगायत सराेकारवालाकाे उपस्थिति थियाे ।
    Ajay

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं